माग सम्बोधन नगरेसम्म कुनै निर्वाचन गर्न दिन्नौं : महतो

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता एवम् सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेसको मुद्दा सम्बोधन नभएसम्म मुलुकमा कुनै निर्वाचन गर्न नदिने घोषणा गरेका छन्। उनले संविधानमा मधेसीको अधिकार सुरक्षित गर्दै सीमाङ्कनको टुङ्गो नलगाएसम्म स्थानीय निकाय वा अन्य निर्वाचन कुनै पनि हालतमा गर्न नदिने दाबी गरे।

सद्भावना पार्टी नगर कार्यसमिति वीरगन्जले आज वीरगन्जमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष महतोले मोर्चाले उठाएको मागलाई सम्बोधन गरेपछि मात्र मुलुकमा शान्तिपूर्ण रुपमा निर्वाचन सम्भव रहेको बताए।

अब बन्ने नयाँ सरकारमा मधेसी मोर्चा सहभागी हुने बताउँदै नेता महतोले मधेसको माग सम्बोधन नभएसम्म सरकारमा मधेसवादी दल नजाने प्रस्ट पारे। उनले मधेसको माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताउँदै अध्यक्ष महतोले काठमाडौँ केन्द्रित आन्दोलनको स्वरुप परिवर्तन गर्दै कडा संघर्षमा जान आवश्यक रहेको धारणा व्यक्त गरे।

पार्टीका नगरअध्यक्ष ओमप्रकाश सर्राफको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी सद्भावना पार्टीमा प्रवेश गरेका महिला पुरुषलाई अध्यक्ष महतोले फूलको माला र अबिरको टीका लगाई पार्टीमा स्वागत गरेका थिए। रासस




Leave a Reply

Your email address will not be published. Required fields are marked *