दाङमा बस दुर्घटना हुँदा एककाे मृत्यु, कमलरी अभियन्ता उर्मिलासहित १९ जना घाइते

दाङमा बस दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ, भने १९ जना घाइते भएका छन् । लमहीमा भएको दुर्घटनामा परी सिसहनिया ६ का मिलन गिरीका छोरा १२ वर्षिय छोरा निरज गिरीको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ ख ४५५ नम्वरको माइक्रो बस लमही नगरपालिका वडानम्वर ११ रातो डाँडामा दुर्घटना भएको थियो । दुर्घटनामा परी गढवा गाविस वडा नं.६ मानपुर का १६ वर्षिय राजेश चौधरी, सोही ठाउँका २३ वर्षिय उर्मिला चौधरी, सिसहनिया ५ का ६८ वर्षिय टेकबहादुर वली, घोराही १० का ४७ वर्षिय अब्दुल हनान, सोही ठाउँका ५० वर्षिय अब्दुल मनान, विजौरी ४ का १८ वर्षिया कोपीला बस्नेत घाइते भएको प्रहरीको भनाइ छ ।

त्यस्तै दुर्घटनामा परी ठेगाना खुल्न नसकेकी २२ वर्षिया रीमा, घोराही नगरपालिका ३ का १२ वर्षिय उर्मिला नेपाली, गंगापरस्पुर ७ का १६ वर्षिया सुमित्रा चौधरी, सोही ठाउँकी १६ वर्षिया सिलसिला चौधरी, ५२ वर्षिया माली चौधरी, सिसहनिया ७ का ३० वर्षिय दील चौधरी, लालमटिया ३ निवासी १९ वर्षिया पुष्पा थापा, बेला १ मटेरीया निवासी १७ वर्षिय युवराज यादव घाइते हुनुभएको वडाप्रहरी कार्यालयका वसन्त केसीले जानकारी दिए।

उहाँका अनुसार घाइतेहरुको कोहलपुर, घोराही र लमहीको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको छ । वसको अगाडिको पट्टा भाँचिदा दुर्घटना भएको थियो । बस र चालक प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *