थाकस कैलालीद्वारा ६ जना थारू अभियन्ता सम्मानित

विभिन्न क्षेत्रमार्फत योगदान पुर्याएको भन्दै थारु कल्याणकारिणी सभा (थाकस) कैलालीले ६ जना थारु अभियन्ताहरुलाई सम्मानित गरेको छ ।

हरेरी पुजाको अवसर पारी थाकस कैलालीले नयाँ प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल र सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीलाई स्वागत गर्दै अभियन्ताहरुलाई कदरपत्रसहित दोसल्ला ओढाएर समानित गरेको हो ।

थारु समुदायको संस्कृति संरक्षणमा टेवा पु¥याएको भन्दै दुुर्गौली गाविस–४ धर्मापुरका बरकुलाल चौधरी, कमैया प्रथा उन्मुलनमा योगदान पुर्याएको भन्दै सीताराम चौधरीलाई सम्मानित गरेको छ ।

त्यस्तै पत्रकारिता क्षेत्रमार्फत योगदान पुुर्याएको भन्दै कान्तिपुर दैनिकमा कार्यरत पत्रकार गणेश चौधरी, थारु युुवा अभियन्ता ठाकुर प्रसाद करियाप्रधान, गायक तथा साहित्यकार मनिराम चौधरी र गजलकार तथा साहित्यकार रविना चौधरी रहेकी छिन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *