घरमाथि रुख ढल्दा धनगढीमा जुनकिरी चौधरीको मृत्यु

धनगढी उपमहानगरपालिका–६ शान्ति टोलको एक घरमाथि आज अपराह्न रुख ढल्दा घरमा सुतिरहेकी एक बालिकाको च्यापिएर मृत्यु भएको छ ।

वडा प्रहरी कार्यालय धनगढीका प्रमुख बजिरसिं धामीले स्थानीय नरेश चौधरीको कच्ची घरमाथि खसेको रुखले च्यापिएर उपमहानगरपालिका–१८ फुलवारीका दीलु चौधरीकी १२ वर्षीया छोरी जुनकिरी चौधरीको घटनास्थलमै मृत्यु भएको जानकारी दिए।

आफन्त नरेश चौधरीको घरमा पाहुना बस्न दुई दिनअघि ती बालिका आएकोमा आज उक्त घटना भएको बताइएको छ ।

घरमा सुतिरहेको अवस्थामा घर छेउमा रहेको बर्रोको रुख घरमाथि खसेको थियो । वर्षा भइरहेको समयमा ढलेको रुखले चौधरीको घरमा ठूलो क्षति पुगेको छ । रासस




Leave a Reply

Your email address will not be published. Required fields are marked *