५६औं स्मिृत दिवस : गुम्रा थारुले देखाएको बाटोमा लाग्न आग्रह

सन्तोष दहित/दाङ।

किसान आन्दोलनको पहिलो शहिद नेता गुम्रा थारुलाई अखिल किसान महासंघले सम्झेको छ। एक कार्यक्रम आयोजना गरेर शहिद किसान नेता थारुलाई सम्झेको हो। थारुको ५६औं स्मिृत दिवसको अवसरमा घोराहीको ट्राफिकमा रहेको शालिकमा माल्यार्पण गरिएको छ।

शहिद गुम्रा थारुको शालिकमा माल्यार्पण गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य मेटमणि चौधरीले शहिद गुम्रा थारुले देखाएको बाटोमा सबै किसान एक भएर लाग्नुपर्ने बताएर उनले भने, ‘गुम्रा थारुले देखाएको बाटो विरायौं भने सबै किसान आन्दोलन उपलब्धविहीन हुनेछ।’ कार्यक्रमको प्रमुख अतिथिसमेत रहेका नेता चौधरीले शहिद थारुको त्याग र वलिदानले मात्रै आम किसानहरु पक्षमा परिवर्तन भएको दाबी गरे।

लक्ष्मीपुर ६ बेलुवा बन्जाडेका किसान नेता गुम्रा थारुले लामो समयदेखि किसान आन्दोलनको पक्षमा आवाज उठाका थिए। पटक–पटक भइरहेको किसान आन्दोलनको नेतृत्व गर्दै आइरहेका नेता थारुलाई २०१७ साल ६ गतेका दिन खेत जोतिरहेको बेला पुलिसले थारुलाई गोली हानी हत्या गरेको थियो।

सोही अवसरमा शहिद गुम्रा थारुको शालिक वरिपरि सरफाई गरिएको थियो।

यो पनि पढ्नुस्:

थारु शहिदको अपमान, जीर्ण बन्दै गुम्रा थारुको शालिक




Leave a Reply

Your email address will not be published. Required fields are marked *