फ्रान्सलाई हराउँदै पोर्चुगलले जित्यो युरोकपको उपाधि

इडरको अतिरिक्त समयमा गरेको गोलले आयोजक फ्रान्सलाई पराजित गर्दै पोर्चुगलले युरोकप २०१६ को उपाधि कब्जा गरेको छ। गएराति स्टाडे फ्रान्समा सम्पन्न खेलमा पोर्चुगलले फ्रान्सलाई १-० गोलले पराजित गरेको हो।

पहिलो हाफको २१औं मिनेटमा कप्तान क्रिस्टियानो रोनाल्डो चोटका कारण मैदानबाट बाहिरिँदा पोर्चुगल दबाबमा आएको थियो। पोर्चुगलका गोलरक्षक रुई प्याट्रीसोले एन्टिनो ग्रिजम्यान र सिजारेको उत्कृष्ट प्रहार बचाएका थिए।

निर्धारित ९० मिनेटमा दुवै टोली गोलरहित बराबरीमा रोकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयको १०९औं मिनेटमा इडरले गोल गर्दै पोर्चुगललाई १-० गोलको अग्रता दिलाएका थिए। यसअघि गुरेरोको फ्रिकिक गोलपोस्टमा लागेर फर्कदाँ पोर्चुगल अग्रता लिनबाट चुकेको थियो। त्यसपछि खेलमा कुनै गोल भएन र खेल पोर्चुगलले जित्यो।

-18502-12पोर्चुगलले युरोकप जितेको यो पहिलो अवसर हो। यसअघि सन् २००४ मा घरेलु मैदानमा भएको फाइनलमा  ग्रिससँग पराजित भएको थियो।

पोर्चुगल जारी प्रतियोगिताको समूह चरणको तीनै खेले बराबरी खेल्दै उत्कृष्ट तेस्रो टोलीको रुपमा नकआउट चरणमा प्रवेश गरेको थियो। यससँगै पोर्चुगल फ्रान्सविरुद्धको हारको शृंखलामा पनि रोकेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *