प्रमुख निर्वाचन आयुक्तमा अयोधीप्रसाद यादव अनुमोदित

व्यवस्थापिका संसदको संसदीय सुनुवाई विशेष समितिले प्रमुख निर्वाचन आयुक्तमा अयोधीप्रसाद यादवको नाम अनुमोदन गरेको छ। शुक्रबार बसेको बैठकले यादवको नाम सर्वसम्मतले अनुमोदन गरेको समितिका सभापति कुलबहादुर गुरुङले जानकारी दिए। यादवलाई प्रमुख निर्वाचन आयुक्तमा नियुक्ति गर्ने बाटो अब खुलेको छ।

संवैधानिक परिषदको सिफारिस संसदीय समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ। यसअघि संवैधानिक परिषदले गत वर्षको पुसमा यादवलाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरेको थियो।

बैठकमा समितिका सदस्यहरुले निर्वाचन कसरी स्वच्छ र निष्पक्ष बनाउनेबारे पनि छलफल गरेका थिए। बैठकमा कुन भोटिङ सिस्टमबाट मतदान गर्नेबारे पनि छल भएको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *