धारिलो हतियार प्रयाेग गरी बालिका चाैधरीकाे हत्या

दाङमा एक जना महिलाको धारिलो हतियारको प्रहारबाट हत्या भएको छ । दाङ देउखुरीको सतवरिया–८ रिहारमा २७ वर्षीया बालिका चौधरीको घरमै चक्कु प्रहारबाट मृत्यु भएको जिल्ला प्रहरी प्रमुख धीरजप्रताप सिंहले जानकारी दिए । रिहारमा किराना पसल गर्दै आएकी चौधरी सोही घरमा डेरा बस्दै आएकी थिइन् । उनको गएराति हत्या भएको प्रहरीले बताएको छ ।

चौधरीको शव नजिकै एउटा धारिलो चक्कु फेला पर्नुका साथै उनको शरीरमा खत समेत देखिएकाले चौधरीको हत्या भएको आशङ्का गरिएको एसपी सिंहले बताए । घटनाको बारेमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ । रासस




Leave a Reply

Your email address will not be published. Required fields are marked *