राजधानीमा थारुहरुको दिउँसै लाल्टिन जुलुस [१३ तस्बिर हेर्नुस्]

Laltin Julus- Tharu Aandolan 01

थरुहट/थारुवान संयुक्त संघर्ष समितिले राज्यले आफ्नो माग सम्बोधन नगरेको भन्दै लालटिन जुलुस प्रदर्शन गरेको छ। राजधानीको नयाँ बानेश्वरमा आइतबार दिउँसो आफ्ना विभिन्न मागबारे सरकार मौन रहेको भन्दै ध्यानाकर्षणका लागि जुलुस निकालिएको समितिले जनाएको छ।

मूल आन्दोलन परिचालन समितिको आयोजनामा भएको कार्यक्रममा थारु अगुवा तथा संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो। टीकापुर घटनामा पक्राउ परेकाहरुको निसर्त रिहाई, झुठामुद्दा खारेज, थारुले उठाउँदै आएको मागको संविधानमा परिचार्जनको माग थारु समुदायले उठाएका छन्।

सांसद रुक्मिणी चौधरीले थारु समुदायले उठाएको मागको सम्बोधन गर्न सरकार गम्भीर नदेखिएकाले आन्दोलन जारीराख्ने बताइन्। टीकापुर घटनामा पक्राउ परेकाहरुको विनासर्त रिहाई तथा झुठा मुद्दा खारेज तत्काल गर्न उनले सरकारसँग माग गरिन्।

थारु कल्याणकारिणीसभाका उपाध्यक्ष प्रेमीलाल चौधरीले थारुको माग सम्बोधन गर्नेखालका रहेकाले सरकारलाई गम्भीर हुन आग्रह गरे। टीकापुर घटनासहित कपिलबस्तुमा भएको महिला माथिको बलात्कारको घटनाको उचित छानविन गर्न उनले सरकारसँग माग गरे।

Laltin Julus- Tharu Aandolan 13

Laltin Julus- Tharu Aandolan 12

Laltin Julus- Tharu Aandolan 11

Laltin Julus- Tharu Aandolan 10

Laltin Julus- Tharu Aandolan 09

Laltin Julus- Tharu Aandolan 08

Laltin Julus- Tharu Aandolan 07

Laltin Julus- Tharu Aandolan 06

Laltin Julus- Tharu Aandolan 05

Laltin Julus- Tharu Aandolan 04

Laltin Julus- Tharu Aandolan 03

तस्बिर : मदन चौधरी




Leave a Reply

Your email address will not be published. Required fields are marked *