बक्राहा खोला गाउँ पस्दा दुईसय घर डुबानमा

मोरङको मधुमल्लामा आज बिहान स्थानीय नुनसरी बक्राहा खोला बाँध फुटेर गाउँ पस्दा पाँच वटा वडाका २०० भन्दा बढी घर डुबानमा परेका छन् । गएरातिदेखि नै भएको भिषण वर्षाका कारण बक्राहा खोला फुटेर गाउँ पस्दा मधुमल्लाको ४, ५, ६, ७ र ८ नम्बर वडाका २०० बढी घर डुबानमा परेका हुन् । मधुमल्लाको ४ र ५ नम्बरको दुई ठाउँबाट गरी तीन ठाउँबाट खोला गाउँमा पसेको स्थानीय सन्तोष गौतमले जानकारी दिए ।

बाढीका कारण अलपत्र परेका मधुमल्ला–५ की भूमिका कार्की, श्रीबहादुर कार्की र मुना खड्कालाई प्रहरीले उद्धार गरेर सुरक्षित स्थानमा पु¥याइएको छ । बाढीमा परेका स्थानीयलाई इलाका प्रहरी कार्यालय उर्लाबारी र मधुमल्लाको टोलीले उद्धार गरेर आफन्त, छिमेकी र स्थानीय विद्यालयमा सुरक्षित स्थानमा राखेको छ ।

खोला गाउँ पसेपछि त्रसित स्थानीय बासिन्दाबीच भागदौडसमेत मच्चिएको थियो । बक्राहा खोलामा बलियो तटबन्ध नहुँदा यस वर्ष पनि खोला आसपासका गाउँ बाढीको उच्च जोखिममा परेका हुन् ।

बर्सेनि बक्राहा खोला बाँध फुटाएर गाउँमा पस्दा स्थानीयले जनधनको क्षति बेहोर्दै आएका छन् । सोही ठाउँमा गत वर्ष पनि बाँध फुटाएर खोला गाउँपस्दा चार वर्षका शिशिर थापाको ज्यान गएको थियो भने मधुमल्ला वडा नं ४, ५, ६ र ८ का सयौँ घर डुबानमा परेका थिए । रासस




Leave a Reply

Your email address will not be published. Required fields are marked *