छतबाट खस्दा रिसमान चौधरीको मृत्यु

घरको छतबाट खस्दा आज एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मृत्यु हुनेमा सिसहनिया गाविस–१ निवासी २० वर्षीय रिसमान चौधरी छन् । घर निर्माणको कामका लागि घोराहीमा बस्दै आएका चौधरी आज बिहान घर निर्माणमा संलग्न रहेको अवस्थामा घोराहीमा घरको छतबाट एक्कासि खस्दा घटनास्थलमा नै मृत्यु भएको दाङका प्रहरी प्रवक्ता प्रकाश शर्माले जानकारी दिए ।

अहिले निजको शव परीक्षणका लागि राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा राखिएको छ । यसैबीच केही दिनदेखि हराइरहेका घोराही–८ रातामाटाका १६ वर्षीय अर्जुन सुनारको शव स्थानीय मनकामना सामुदायिक वनमा फेला परेको छ । रासस




Leave a Reply

Your email address will not be published. Required fields are marked *