विजय गच्छदारले लक्ष्मण थारुसहित १६ थारुलाई बनाए केन्द्रीय सदस्य

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले ७७ जना केन्द्रीय सदस्य मनोनित गरेको छ। फोरम लोकतान्त्रिकको गत वैशाखमा सम्पन्न प्रथम महाधिवेशनपश्चात् बसेको प्रथम केन्द्रीय कार्यसमिति बैठकले ७७ जना केन्द्रीय समिति मनोनयन गरी १२० सदस्यीय कार्यसमिति बनाएको छ।
विजय गच्छदार नेतृत्वको पार्टीले थारु समुदायका १६ जनालाई केन्द्रीय समितिमा राखेको छ। १६ जनामध्ये सांसद जनकराज चौधरी, गीता चौधरी र प्रमिला गच्छदार पनि अटाएका छन्।

नामावली अनुसार केन्द्रीय समितिमा गोविन्द चौधरी, दानबहादुर चौधरी, रामजनम चौधरी, हरिनारायण चौधरी, लक्ष्मण चौधरी, भुपेन्द्र प्रसाद चौधरी, देवीप्रसाद चौधरी, मंगल प्रसाद थारु, रामकुमार थारु, हरिबाबु चौधरी, त्रियुगी नारायण चौधरी, जनकराज चौधरी, कल्पना चौधरी, प्रमिला चौधरी, गीता चौधरी, सरिता चौधरी छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *