युरो कपमा आयोजक फ्रान्सको सनसनीपूर्ण जीत

अन्तिम मिनेटमा डिमिट्री प्येटले २५ यार्ड टाढाबाट गरेकाे प्रहार गोलमा परिणत हुँदा युरोकप आयोजक फ्रान्सले विजयी सुरूवात गरेकाे छ। ८९ औं मिनेटमा डिमिट्रीले गरेकाे गाेलसँगै अायाेजक राष्ट्र फ्रान्सले राेमानियामाथि २—१ ले हराएकाे हाे।
स्टाडे दि फ्रान्स रंगशालामा सम्पन्न उद्घाटन खेलका लागि कडा सुरक्षा अपनाइएकाे थियाे।

समूह ए अन्तर्गतको सो खेलमा पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको सुरुदेखि नै आक्रमक देखिएको फ्रान्सका लागि ५९ औँ मिनेटमा ओलिभर गिराउडले गोल गर्दै टोलिलाई अग्रता दिलाए। यो गोलका लागि पनि डिमिट्रीले मुख्य भूमिका निर्वाह गरेका थिए।

खेलको ६५ औ मिनेटमा इभ्राले रोमानियाका बोकडान स्टानसूईलाई डि एरिया भित्र खराब ट्याकल गरेपछि प्राप्त पेनाल्टीमा बोकडान स्टानसूइले गोल गर्दै खेललाई बराबरीमा ल्याए।

अन्तिम सिट्टी बज्न १ मिनेट बाँकी हुँदा ८९ औ मिनेटमा डिमिट्री प्येटले गृहमैदानमा विजयी गोल गर्दै आयोजक फ्रान्सलाई २–१ को जित दिलाए। उनी म्यान अफ द म्याच भए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *