‘संसारको उत्कृष्ट संविधान भन्नेहरु छ महिना नवित्दै किन संशोधन गरे ?’

थारु कल्याणकारिणी सभाका केन्द्रिय सदस्य तथा पूर्व महामन्त्री राजकुमार लेखीले थारुको आन्दोलन जारी रहेको बताएका छन् ।
मंगलबार उदयपुरको सदरमुकाम गाईघाटमा थारु कल्याणकारिणी सभाद्वारा आयोजित समावेशीकरण, दिगोशान्ति, लैङ्गिक मूलप्रवाहीकरण विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै लेखीले अधिकार प्राप्तिका लागि थारु आन्दोलन जारी रहेको बताए । उनले थारु जातीले पूर्णअधिकार नपाएकोले सवै थारु अगुवा बैचारिक आन्दोलनमा होमिन अनुरोध गरेका थिए ।
उनले सरकारसँगको वार्ताको सन्दर्भमा नेता लेखीले भने–‘राज्य पुनसंरचनामा थारु समुदायको युगौंदेखि भएको उत्पीडन अन्त हुनु पर्ने, प्रदेशको सीमांकनमा थारुको जुन चित्त दुखाइ छ, त्यसको सम्बोधन हुन्छ, भन्ने हामी वार्तामा बस्न तयार छौं ।’ ‘सरकार वार्तामा आउँ संविधान संशोधन गर्न तयार छु भन्नु संविधानमा त्रुटी रहेको हुन सक्छ ।’ लेखीले भने– ‘मुख्य राजनीतिक दलका नेताले नेपालको संविधान संसारको उत्कृष्ठको संविधान भने तर किन छ महिना नवित्दै संशोधन गरे त ?’
थारु नेता लेखीका अनुसार सेना, पुलिस, निजामति कर्मचारी, संवैधानिक निकाय, राजदुत लगायतमा जातिय जनसंख्याको आधारमा पूर्ण सामानुपातिक ग्यारेण्टी हुनु पर्ने बताए ।
यस्तै उनले उदयपुरको त्रियुगा भूभागमा आदिम कालदेखि थारु बसोबास गर्दे आएको हुनाले राजनीतिक अधिकारमा पहिलो रोजाई हुनु पर्ने बताए । साथै त्रियुगा क्षेत्रमा जल, जमिन र जंगलमाथिको अधिकार पनि ग्यारेण्टी हुनु पर्ने बताए ।
नेता लेखीले थारु युवा, विद्यार्थी तथा महिलालाई स्थानीय स्तरका साथै प्रादेशिक, केन्द्रिय तहको राजनीतिकमा आउन आग्रह गरेका थिए । हालका युवा, विद्यार्थी तथा महिला राजनीति प्रति वितृष्णा देखिएकोले अवका दिनमा त्यस्तालाई राजनीतिमा ल्याउन सवै अगुवा कार्यकर्ताहरुलाई अनुरोध गरेका थिए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *