नवलपरासीमा ट्रक पल्टिँँदा ४ को मृत्यु, १७ घाइते

पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको गैडाकोट नगरपालिका —११ स्थित हर्कपुर चोकमा मिनि ट्रक पल्टिँँदा ४ जनाको मृत्यु भएको छ। सल्यानबाट काठमाडाैं जाँदै गरको बा२क ११३७ नम्बरको मिनिट्रक सडक छेउमा रहेको रुखमा ठोक्किँदा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवपपरासीले जानकारी दिएको छ ।

ट्रकमा सवार २१ मध्ये चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटले बताए। घाइते मध्ये १७ जानाको जिल्ला अस्पताल भरतपुरमा उपचार भैरहेको उपरीक्षक रानाभाटले बताए।

मृतकको नाम ठेगाना अहिलेसम्म खुल्न सकेको छैन् । तीव्र गतिका कारण नियन्त्रण गुमाएपछि सो दुर्घटना भएको हुन सक्ने उपरीक्षक रानाभाटको भनाइ छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *