संविधान पुनर्लेखनको सपना नदेख्न आन्दोलनकारीलाई गच्छदारको चेतावनी

उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री विजयकुमार गच्छदारले संविधानको पुर्नलेखनको सपना नदेख्न मधेसी आन्दोलनरत दललाई चेतावनी दिएका छन्। हजारौं सहिदको रगत र वलिदानवाट बनेको संविधानलाई पुर्नलेखन गर्ने कुरा सोच्नपनि नसकिने गच्छेदारको भनाइ थियो।

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्षसमेत रहेका गच्छदारले मधेसी दलहरुले उठाएका मागलाई संविधानको संशोधनवाट सम्वोधन गर्न सकिने भएकोले उनीहरुलाई वार्तामा आउन आग्रह गरे। सोमबार छिन्चु जाजरकोट सडक खण्ड अन्तरगत सुर्खेतको राकममा निर्माण भएको भेरी पुलको उद्घाटन गर्दै गच्छेदारले मधेशी दलले गरिरहेको आन्दोलनको कुनै आवश्यत्ता नरहेको वताए।

उनले पुर्खाको सपना र सहिदको रगतको मूल्य स्वरुप आएको संविधानलाई फेरि लेख्ने भन्ने कुरा सोच्न पनि नसकिने र सवै आन्दोलनका काम छोडेर वार्ता र सम्वादको वाटोमा आउन मधेसी दलहरुलाइ आग्रह गरे।

राष्ट्रिय सहमति निर्माण गरेर अघि बढे देशका सवै समस्या समाधान हुने भन्दै आफना लागि मधेस भन्दा ठूलो देश भएकोले एउटा जाति दल र वर्गको समस्यालाइ उठाएर देशलाइ वर्वाद गर्न नहुने गच्छेदारले वताए। ‘मधेश भन्दो ठूलो नेपाल हो नेपालै नरहे केका मधेस केका पहाड केको हिमाल? त्यसैले आफनो आफनो स्वार्थ छोडेर राष्ट्रिय सहमति निर्माणमा लागौं,’ गच्छेदारले भने।

राष्ट्रिय सहमतिका लागि प्रमुख चार दल नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र र मधेसी जनअधिकार फोरम लोकतान्त्रिक मिल्नै पर्ने जरुरी रहेको उनको भनाइ थियो । चार दलकै सहमति र एकताका कारण संविधान आएकोले यी दलबीचको एकता र सहमति विना संविधान कार्यान्वयनक हुनै नसक्ने उनले ठोकुवा गरे ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *