Thakasa Velaथरुहट/थारुवान संयुक्त संघर्ष समितिले जेठ १६ देखि ३१ गतेसम्म शान्तिपूर्ण आन्दोलन गर्ने प्रस्ताव गरेको छ। राजधानीमा बसेको दुई दिने भेलाको पहिलो दिन समितिले आमहडतालसहितको कार्यक्रम प्रस्ताव गरेको हो।

प्रस्तावमा उल्लेख भएअनुसार जेठ १६ गते काठमाडौं उपत्यकासहित सबै थरुहट जिल्लामा सर्वपक्षीय बैठक बसी आन्दोलनको तयारी गर्ने, १८ गते नागरिक अगुवा, बुद्धिजीवी, पत्रकार, बरघर, विद्यार्थीहरुसँग अन्तरक्रिया कार्यक्रम गर्ने, २० देखि ३० गतेसम्म दशदिन थरुहट क्षेत्रमा जनजागरण, जनचेतना र जनपरिचालनको कार्यक्रम गर्ने उल्लेख छ।

३० गते थारु विरुद्धको संविधानका धाराहरु जलाउने र मसाल जुलुश प्रदर्शन गर्ने र ३१ गते थरुहट जिल्लामा आमहडतालको आयोजना गर्ने प्रस्तावमा उल्लेख छ।

प्रस्तावमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउनेदेखि स्वदेशी तथा विदेशी मानवाधिकारका प्रतिनिधिहरुसँग छलफल र अन्तरक्रिया गर्नेसमेतका छन्।

हेर्नुस् ९ बुँदे प्रस्ताव 

Press Note




Leave a Reply

Your email address will not be published. Required fields are marked *