सप्तरीको सीतापुरमा आगलागी, लखन चौधरीको घरसहित छ घर जले

सप्तरीको सीतापुर–१ मा गएराति आगलागी हुँदा रु १० लाख बराबरको क्षति भएको छ। स्थानीयवासी राजु चौधरीको गाईगोठबाट अचानक सल्किएको आगोले निजका तीन घर र छिमेकी लखन चौधरीको दुई घर तथा महेश चौधरीको एक गरी जम्मा छवटा घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

गोठमा लामखुट्टे धपाउन बालिएको घुरबाट आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन र नगद गरी करिब रु १० लाख बराबरको क्षति भएको प्रहरी निरीक्षक गौरव महतले बताए ।

आगो स्थानीयवासी, नेपाल प्रहरी र सिरहाको लहानबाट आएको बारुणयन्त्रबाट नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक महतले जानकारी दिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *