सङ्घीय गठबन्धनबाट तीन दल अलग

सङ्घीय गठबन्धनले आन्तरिक छलफल नगरी राजधानी केन्द्रित आन्दोलन सुरु गरेको भन्दै मोर्चाभित्रका तीन साना दलले असहमति जनाएका छन् ।

लोक दलका अध्यक्ष कौशलकुमार सिंह, बहुजन समाज पार्टी नेपालका अध्यक्ष, गङ्गा महरा, लोकतान्त्रिक पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र यादवले आज विज्ञप्ति जारी गरी तयारी नभएका कारण आन्दोलनले लक्ष्य प्राप्त गर्न नसकेको जनाएका छन्।

संयुक्त मधेसी मोर्चाका नेताले गठबन्धनको अस्तित्वलाई स्वीकार गर्न नसकी नयाँ गठबन्धनको २६बुँदे माग छाडेर मोर्चाकै नामबाट सरकारसँग आफ्नो ११ बुँदे माग उठाएका कारण उहाँहरुले असहमति जनाएका हुन्।  उनीहरुले सो विषयमा सहमति नभएका कारण आफूहरु गठबन्धनबाट अलग भएको घोषणा पनि गरेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *