bijay party 01

मधेसी लोकतान्त्रिकको विराटनगरमा जारी प्रथम महाधिवेशनबाट ४२ जना केन्द्रिय सदस्य चुनिएका छन् । सर्वसम्मतिबाट चुन्नका लागि नवनिर्वाचित अध्यक्ष विजयकुमार गच्छदारलाई जिम्मा दिइएपछि उनले सदस्य छनोट गरेका हुन् । यसका लागि राति १२ बजेसम्म गच्छदारले विभिन्न चरणमा छलफल गरेका थिए ।

सदस्यका लागि ९७ जनाले उम्मेद्वारी दिएका थिए ।

छानिएका सदस्यहरूको नामावली निर्वाचन समितिले करिव १ बजे घोषणा गरेको थियो। खुलातर्फ २१ र समावेशीतर्फ छुट्याइएको आरक्षण कोटामा २१ सदस्य छानिएका हुन् ।

खुलातर्फको सदस्यमा नन्दकुमार सरदार, कामेश्वर प्रसाद साह, गणेश लामा, मो, मुस्ताक आलम, शिवकुमार गुर्मछाने, छेदीलाल चौधरी, उमाशंकर अरगरिया, सिध्दीकुमार महर्जन, सपनकुमार दास छन् ।

यसैगरी खुलातर्फकै सदस्यमा योगेन्द्र चौधरी, लक्षमण यादव, सुबोधकुमार पोखरेल, प्रेम बिसी, तौफिक खान, निरू कार्की, वेदनारायण गच्छदार, अनिलकुमार गौंड, हरेन्द्र सिंह, राजकुमार नाल्बो, प्रदीपकुमार चौधरी र बासुदेव राना चुनिएको निर्वाचन समितिले जनाएको छ ।

महिलातर्फको सदस्यमा जस्वी मन्डल र रूक्मणी मन्डल चुनिए । हिमाल पहाडका आदिवासीका लागि छुट्याइएको कोटामा सार्कीमान बल र जयराज संयोक लिम्बू छनिए ।

यस्तै तराई मधेसका आदिवासी जनजातिबाट उषा राजबंशी र शिवनारायण उराउ चुनिए भने तराई मधेसका दलित कोटामा कलावतीदेवी पासवान र रमणी राम छानिए ।

हिमाल पहाडका लागि छुट्याइएको दलित कोटामा सन्तोशी विश्वकर्मा र हस्तबहादुर विश्वकर्मा छनिए । पिछडा बर्गबाट राम लखन ठाकुर र देव्नारायण मुखिया सदस्य चुनिए । यस्तै खस आर्य सदस्यमा शिवप्रसाद दंगाल र दुर्गादेवी कोइराला छानिए ।

मधेसी सदस्यको चारवटा कोटामा चन्दा साह, अर्जुनप्रसाद शर्मा, जवाहरलाल यादव र नारायणप्रसाद मेहता परे ।

मुस्लिम समुदायबाट गफार अन्सारी र मो, महताब आलम छनोटमा परे । कर्णाली क्षेत्रका लागि भनेर छुट्याइएको कोटामा धनप्रसाद पाण्डे केन्द्रीय सदस्यमा चुनिएका छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *