Sandip-Lamichhaneनेपालका स्पिनर सन्दीप लामिछाने बंगलादेशमा सम्पन्न यू-१९ विश्वकप क्रिकेटको उत्कृष्ट- ११ भित्र परेका छन् । प्रतियोगितामा १४ विकेट लिँदै उनी सर्वाधिक विकेट लिनेको सुचीमा दोस्रो स्थानमा रहेका थिए । आईसीसीले ‘फ्युचर स्टार’ भनेर बनाएको सूचीमा उनलाई ११ औं नम्बरमा राखिएको हो ।

प्रतियोगितामा एक मात्र ह्याटि्रक सन्दीपको नाममा दर्ता भएको छ । उनले आयरल्याण्डविरुद्धको खेलमा २७ रन खर्चेर ह्याटि्रकसहित पाँच विकेट लिएका थिए । यू-१९ विश्वकपमा हृयाटि्रक गर्ने उनी पाँचौ बलर हुन् भने नेपालका पहिलो । ‘उनले यो टिमको स्पिन विभागको नेतृत्व गर्नेछन्,’ आइसीसीले लेखेको छ ।

उत्कृष्ट- ११ को सुचीमा उपाधि विजेता वेस्टइन्डिजका चार खेलाडी छन् । वेस्टइन्डिजका गिड्रोनन पोपे र इर्ंग्ल्यान्डका ज्याक बुर्नामलाई ओपनरको भूमिका दिइएको छ । पोपेले वेस्ट इन्डिजलाई उपाधिसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका निभाएका थिए । आक्रामक ब्याटिङ शैलीका कारण उनलाई युवा क्रिस गेलको उपमा समेत दिइएको छ । बुर्नाम यो प्रतियोगिताका सर्वाधिक रन स्कोरर हुन् । उनले प्रतियोगितामा तीन शतक हानेका थिए, जून यसअघि भारतका शिखर धवनले बनाएको रेकर्डको बराबरी हो ।

वेस्टइन्डिजकै सिमरोन हेटमेयरलाई क्याप्टेनको भूमिकासहित तेस्रो क्रममा राखिएको छ । उनले प्रतियोगितामा प्रेरणादायी कप्तानी गरेको आइसीसीले जनाएको छ । उपविजेता भारतका सरफराज खान चौथो नम्बरमा रहेका छन् । उनले उत्कृष्ट र्फम देखाउदै ६ खेलमा पाँच अर्धशतकका साथ ३५५ रन बनाएका थिए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *