Nepal(Blue)  Vs  Bahrain(Red)Final Match 1

फिफा बरियतामा नेपालले ८ स्थान माथि उक्लिएको छ । नेपाल १८८ औं स्थानमा पुगेको छ । बंगलादेशमा सम्पन्न बंगबन्धु गोल्डकप फुटवल प्रतियोगिताको उपाधि जितेसंगै नेपाल फिफा बरियतामा आठ स्थान माथि उक्लेर १८८ औं स्थानमा पुगेको छ । भारतमा सम्पन्न साफ च्याम्पियनसीपमा गरेको निराशाजनक प्रदर्शनसंगै नेपालले फिफा बरियतामा अहिलेसम्मकै तल १९६ औं स्थानमा पुगेको थियो ।
दक्षिण एशियामा नेपालले भुटान र श्रीलंकालाई पछाडि पारेको छ । भुटान १ स्थान तल झर्दै १९३ औं र श्रीलंका १ स्थान तल झर्दै १८९ औं स्थानमा पुगेका छन् । दक्षिण एशियामा शीर्षमा रहेको अफगानिस्तान १५४ औं स्थानमा, माल्दिभ्स १५७ औं स्थानमा, भारत १६२ औं, बंगलादेश १७७ औं र पाकिस्तान १८५ औं स्थानमा छन् । फिफा बरियताको शीर्ष स्थानमा बेल्जियम यथावत छ । अर्जेन्टिना दोस्रो, स्पेन तेस्रो र बिश्वबिजेता जर्मनी चौथो स्थानमा यथावत छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *