Rangeli-5

मोरङको रंगेलीमा प्रहरीले चलाएको गोली लागेर एक महिलाको मृत्यु भएको छ। मृतक महिला रंगेली-४ की ५८ बर्षीया द्राैपदीदेवी चाैधरी रहेको प्रहरीले जनाएको छ। बिहीबार नेकपा एमालेको युवा संघ नेपालले आयोजना गरेको आमसभामा अवरोध गर्न पुगेका मधेसी मोर्चाका कार्यकर्तासँग भएको झडपमा प्रहरीले चलाएको गोली लागेर चाैधरीको मृत्यु भएको हो।
झडपमा केही अान्दोलनकारी र सुरक्षाकर्मी घाइते छन्। सद्भावना मोरङका जिल्ला अध्यक्ष चन्द्रप्रसाद राजबंशीका अनुसार मोर्चा कार्यकर्ताहरू सत्यनारायण शाह, महादेव ऋषिदेव, मुना मण्डल लगायत घाइते छन्।

प्रधानमन्त्री केपी शर्मा अोली सहभागी हुने भनिएको अामसभा विथोल्न मोर्चाले बुधबारदेखिनै प्रचार र तयारी गरेको थियो। मोर्चाको विरोधका कारण प्रधानमन्त्रीको भ्रमण स्थगित गरिएको थियो। रंगेलीमा प्रहरी र अान्दोलनकारीबीच तनाव जारी छ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास तथा हवाइ फायर गरेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *