Lathi Julus_Saptari

थारु नेता राजकुमार लेखीले तीन दलका शीर्ष नेताहरुका कारण देश २० वर्ष पछाडि धकेलिएको आरोप लगाएका छन् । सप्तरीमा थारु मधेसीको संयुक्त आयोजनामा भएको लाठी जुलुसपछि बोल्दै लेखीले सुशील कोइराला, केपी ओली र पुष्पकमल दाहालका कारण देश झनझनै पछाडि धकेलिँदै गएको बताए।
थारु मधेसी कसैको गुलाम भएर नबस्ने भन्दै उनले थारु मधेसीको आन्दोलन माग पूरा नभएसम्म जारी रहने बताए । ‘थारु मधेसी अब कसैको गुलाम बनेर बस्न सक्दैन,’ लेखीकले भने, ‘थारु मधेसीको माग पूरा नभएसम्म आन्दोलन जारी रहन्छ ।’
उनले मुलुक बर्बाद गर्ने नेता सांसदहरुलाई थारु मधेसीले कारबाही गर्नुपर्ने बताए । उनले ती नेताहरुलाई समुदायबाटै बहिष्कार गर्नुपर्ने बताए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *