Tharuhat Protest at Dhangadhi

भुवन अधिकारी

राजनीति मेरो चियाको प्याला होइन। न म देश विकासको लागि अहोरात्र खटिने नागरिक नै। म तराईमा जन्मिएको एक नागरिक हुँ। मेरा पुर्खा पहाडबाट आएका हुन भन्ने सुनेको मात्र छु। मधेसी मेरा मित्र हुन, छिमेकी छन्। काठमाडौंमा मैले पाएका केही अवसर उपयोग पनि गरेको छु। तर तराईमा रमाउने हुनाले त्यस्ता अवसर छोडेको पनि छु।

विगत ३ महिनामा असहज परिस्थिति छिचोल्दै मैले बर्दियादेखि मोरङसम्मको यात्रा गरेको छु। मैले हामो अव्यवस्था वा सामान्य समन्वयको अभावका कारण अनाहकमा दुःख पाएका अनेकौ नागरिक भेटेको छु। भेटेको छुइन त दुःख पाएर छटपटाएका किंग एण्ड किंग मेकर।

तपाईँहरुले दुःख पाउनै नहुने जस्तो। किन तपाईँहरुलाई देश दुख्दैन? किन आज बिना हिचकिटाहट अधिकांश नागरिकले खुलेआम भन्छन‍्- तपाईँहरुलाई भन्दा बढी देशको माया त पारस र ज्ञानेन्द्रलाई छ भनेर?

सबैलाई थाहा छ तपाईँहरुलाई लाज लाग्दैन। तर देशको अलिअलि माया त गर्नुस्। तराई जलिरहेको छ। तपाईँहरु काठमाडौं सिरक ओढेर मस्त हुनुहुन्छ। मधेसी र थारुको माग पूरा गर्दैमा देश टुक्रिन्छ भन्ने कस्तो पछौटे सोँचवाट ग्रस्त हुनुभएको। बरु त्यस्तै डरलाग्छ भने माग पूरा गरेर सेना परिचालन गर्नु। आन्दोलन गरे पनि नगरे पनि जनता बिद्रोहको मोडमा नै छन्। पहाड, तराई वा हिमालका जनता गरिबीबाट उन्मुक्त हुन जे पनि गर्न सक्ने अवस्थामा छन। अति गरिब र प्रताडित जनताले अब गुमाउनुपर्ने केही छैन। तपाईँहरु यसलाई मात्र इन्धन अभावको रुपमा हेर्नुहुन्छ। यो त श्रीमती मरेर जाँदा खाना पकाउने मान्छे मात्र मरी भने जस्तो भएन र?

भवानी गुप्ताले भिक्षु किन लेख्थे? दार्जिलिङका साहित्यकारले नेपालमा किन नाम नै फेर्नु परेन। अहिलेसम्म खुला सीमाना भए पनि किन त्यति ठूलो सामरिक शक्तिले देशको भुगोल हत्याएन। अवैतनिक सीमा सुरक्षा बल को हुन्? काठमाडौंबासी त अवश्य होइनन्। यी सबै तथ्य हामीसामु छँदैछन। त्यही पनि किन हामी बुझ्ने प्रयास गरिहरेको छैनौं।

माग पूरा गर्नुस् र त्यस्ता बिखण्डनकारी गतिवि हुन्छ भने नियन्त्रण गर्नुस्। तपाईँहरुको काम नै त्यही होइन र? यसरी अल्छी गरेर धेरै नलम्बयाउनुस्। विद्रोह गर्ने अधिकार सबैको हुन्छ। काठमाडौ‌बासी गोविन्द केसीलाई मात्र होइन। उल्ने अस्पताल अस्तव्यस्त पार्न पाउने, बल प्रयोग नहुने अनि मधेसी मान्छे सडकमा उत्रिए गोलि चलाउने। यही काठमाडौं‌वादको अन्त्य चाहन्छ तराई। तपाईँको बारेमा समाजिक सञ्जालमा केही बोल्दा मोरङको थारु नागरिक समातिने, अनि राजेन्द्र महतोलाई जे भने पनि काठमाडौंबासी नसमातिने। यो चालाको अन्तय गर्नुस्।

साह्रै अप्ठायारो पर्छ जस्तो लाग्छ भने जनमत संग्रहमा जानु नि। किन तपाईँहरु आफू मात्र सीमारेखा कोर्न लालयित हुनुभयो। जनतालाई चित्त बुझ्नेगरी सीमाकंन गर्नुस्। तपाईँहरुले चुनाव जित्नु हुन्छ, क्षेत्र जता परे पनि। जनता साह्रै सचेत छन्, हाललाई यति कुरा मात्र बुझ्नू। जनतालाई तपाईँहरुले गर्ने भष्टाचारको फेहरिस्त थाहा छ, कति खाल्का र कति परिमाणमा गर्नु हुन्छ, कसरी पालो पुर्‍याउनु हुन्छ। त्यही पनि चुप छन्। आखिर तपाईँ पनि गरिब को छोरो हो। गरिखाओस भनेको मात्र हो। तर यसलाई कमजोरी नठान्नुस्।

कतिपय काम चुटकिको भरमा गर्न सकिन्छ त्यही पनि गर्नु हुन्न किन? के तपाईँ मधेस आन्दोलनका घाइते वा मृतक परिवार भेटन जानुभयो? के तिनीहरु घैँटे वा चरिभन्दा तल्लो दर्जाका नागरिक हुन्? के तपाईँहरु दंगाग्रस्त क्षेत्रमा जानुभयो? जानु भएन। मधेसी नेताले तराईमा वार्ता गरौँ भन्दा अल्छी गर्नुभयो। हेलिकोप्टर चढेर कालापत्थरमा बैठक गर्न जाँदा अल्छी गर्नुभएन? किन? दान बहादुर शाही शैलीमा माओवादी वार्तामा आएनन् अब के हुन्छ भन्दा नआए अब सक्किन्छन् भने जस्तो चाडवाडको आडमा आन्दोलनकारी गल्छन् भन्ने सोँच किन राख्नुभयो? ३० वर्षमा पन्चायत ढलाउनु तपाईँहरु आफैँ गल्नु भएको थियो र?

सबै मधेसी नेता असल स्वार्थका अवश्य छैनन्। सत्ताको हड्डी फाल्नुस् न। कतिपय ती नेता तपाईँको शरणमा आउँछन। तर आन्दोलन गरिरहेकामा अधिकांश अधिकारकै लागि गरिरहेका छन् भन्ने तथ्य बुझनुस्। माओवादी विद्रोहमा अधिकांशले परिवर्तनका लागि लडेका थिए। एक आधामात्र प्रचण्ड बाबुरामजस्ता सत्तालिप्त थिए। त्यसैले आन्दोलनको ओझ बुझनुस्। कर्मचारी तन्त्रमा तपाईँकै रंगको छाला भएकाको बाहूल्य छ, प्रहरी सेनामा पनि छ। किन डराउनुहुन्छ। मागे जति दिनुस् अनि कडा बनेर प्रस्तुत हुनुस्। पुराना भ्रष्टाचारको मुद्दामा बिखण्डनकारी आन्दोलनरत नेताहरुलाई कारबाही गर्ने थुप्रै ठाउँ छ। तर यस्तो कदम आफ्नै पार्टी र वरपरवाट सुरु गर्नुस्। सधैँ चुनाव जित्नु हुन्छ तपाईँहरुले। बेलामा बुद्धि पुराए राष्ट्रपति होइन राष्ट्रपिता बन्ने अवसर छ।

राष्ट्रवादको नाममा देशलाई उत्तर कोरिया नबनाउनुस्। सगरमाथा बन्धकी राखेर भए पनि जनतालाई गरिबीबाट मुक्त गराउनुस्। भुगोल साटेर हुन्छ कि मासेर सबैलाई हामी नेपाली नै हौं भन्ने भावना जगाउनुस्। जातपातकै राजनीती गर्नु हुन्छ भने डिभी र पिआर पाएर विदेशिने तपाईँकै मूलका छन्। विदेशिएका नेपालीलाई फिर्ता बोलाउनुस्। गोर्खा सैनिक र ब्रिटिस आर्मीमा पनि तपाईँकै आफन्त छन्। अनि मधेसीलाई देशको माया नै छैन भन्न कसरी सक्नु भएको? यसरी विदेशिनेमा तपाईँहरुकै जात र भुगोलकै अधिकांश मतदाता छन्। भुमण्डलीकरणमा आउनु वा बिश्वव्यापी अर्थतन्त्र भनेको नया साम्राज्यवाद हो। हामी पनि यसको पाटो हौं। यसबाट अलग रहन सकिँदैन। भारतसँगको व्यापारिक सम्बन्ध बिना देश अगाडि बढ्दैन। भावनामा नबगौं। यतिकुरा के बुझौँ भने भारतको नेपालमा स्वार्थ भनेको विश्व परिदृश्यमा नेपाल-भारतको दयामा चलेको राष्ट्र भनेर देखाउन चाहन्छ। सेटेलाइट स्टेट चाहन्छ भन्ने भ्रम हटाऔं। मर्सी स्टेट चाहन्छ भन्ने बुझौं। त्योभन्दा बढी भारतको कुनै स्वार्थ छैन। विदेशी सहयोगमा चल्ने राष्ट्रलाई मर्सी स्टेट भन्दा हिनता बोध हुनुपर्ने कारण छैन।

नेपालको बजार दिल्ली शहरको जत्रो पनि छैन। नेपालको नदीमा बग्ने पानी भारतको एउटा दोस्रो ठूलो नदीको सहायक पानी मात्र हो। त्यसैले जलस्रोतमा आँखा लगायो भनेर पाखे तर्क नर्गनुस्। जहाँसम्म दयाको कुरा छ, नेतागणले आशिवार्द लिने परिपाटीको अन्त्य गर्नुस् र हरेक कुरामा सहयोग नमाग्नुस्। जनता नै किंग र जनता नै नं किंग मेकर बनाउने प्रयास गर्नुस्। तपाईँहरु बस मेरो देश बनाइदिनुस्। मेरो तराईलाई लातमा होइन काखमा राखि दिनुस्। मधेसी वा थारुको तपाईँसँग रंगरुप मिलेन भनेर उनीहरु हत्यामा शुभकामना आदान प्रदान नगरिदिनु।




Leave a Reply

Your email address will not be published. Required fields are marked *