नेपाली कांग्रेसले पार्टीकातर्फबाट संविधान सभामा जाने समानुपातिक सभासदको सूची टुंगो लगाएको छ। केन्द्रीय कार्यालय सानेपामा बसेको संसदीय बोर्डको बैठकमा उपसभापति रामचन्द्र पौडेलसहित १५ जनाले असहमति रहँदा रहँदै पार्टीले सूचिलाई अन्तिम रुप दिएको हो। कांग्रेसको ९१ जना समानुपातिक सभासदमध्ये ६ जना थारु ब्यक्ति परेका छन्। जसमध्ये सावित्रीदेबी चौधरी, भोटनी देवी खवास, शान्ति देबी चौधरी, बुद्धिसागर चौधरी, डिल्ली बहादुर चौधरी र प्यारेलाल राना छन्। भोटनी देबी खबास यसअघि पनि कांग्रेसको समानुपातिक सभासद् बनेकी थिइन्। यसअघि नेकपा एमालेले समानुपातिकमा चार जना थारु ब्यक्ति छनोट गरेको थियो।
सबैभन्दा बढी २४ लाख १८ हजार ३७० मत ल्याएको कांग्रेसले समानुपातिकमा ९१ सिट पाएको थियो। लामो विवादपछि कांग्रेसले समानुपातिकतर्फका सभासद चयन गरेको हो।
२२ लाख ३९ हजार ६०९ मत ल्याएको एमालेले ८४ सिट पाएको थियो भने १४ लाख ३९ हजार ७२६ मत पाउँदै एमाओवादीले ५४ सिट हात पारेको थियो।Congress samanupatik list-1 newCongress samanupatik list-2 new




Leave a Reply

Your email address will not be published. Required fields are marked *