girl risingएजेन्सी- ओस्करमा नोमिनेटेड भएका निर्देशक रिचर्ड इ रोबिन्सले बर्दियाकी पूर्व कमलरी सुमा थारुको जीवनीमा आधारिता हलिउड फिल्म बनाएका छन्। ‘गर्ल राइजिङ’ नाम दिइएको उक्त फिल्म जुन २२ मा अमरिकी टेलिभिजन सीएनएनबाट प्रिमियर गरिएको थियो। ‘गर्ल राइजिङ’ शिक्षाबाट वञ्चित भएकी किशोरीहरुको कथा हो। फिल्ममा सुमाबाहेक अन्य ८ जना किशोरीको बारेमो देखाइएको छ।
विश्‍वमै ख्याती कमाएको म्यागजिन ‘टाइम’ले पनि सुमाबारे फिचर स्टोरी लेखेको छ। वर्ष ब्याक्तिका रुपमा गत वर्ष प्रकाशित पाकिस्तानी किशोरी मलालासँग दाँजेर सुमालाई हेरिएको छ।
शिक्षाले किशोरीलाई कसरी परिवर्तन गर्छ, शिक्षाको शक्ति कति हुन्छ भन्नेबारे फिल्ममा देखाइएको छ। गरिबीले छोरा र छोरीबीच गरिने भेद्‍भावलाई पनि यस फिल्ममा समेटिएको छ। पढ्न नपाउँदा किशोरीहरुको जेनेरेशन ग्याप हुने र यसले परिवार, समुदाय र राष्ट्रामै पर्ने असरबारे पनि देखाइएको छ।

टेन इन्टु टेन, इन्टेल कर्पोरेसन र सीएनएनको संयुक्त पहलमा निर्माण गरिएको यो फिल्ममा हलिउड/बलिउडका प्रसिद्ध अभिनेत्रीहरुले स्वर दिएकी छन्। केट ब्लान्चेट, मेरिल स्टपि, एना हाथवे, सलमा हायेक, फेरिडा पिन्टो, केरी वासिङ्गटन, सेलेना गोमेज, लिअय निसनले र प्रियंका चोपडाले ती किशोरीहरुको आवाजमा स्वर दिएकी छन्।

सीएनएनको यस फिल्मबारे भनिएको छ- स्कुल जान नपाएका ६६ मिलियन किशोरीको कथा यसले भन्छ। फिल्मले उनीहरुको जीवन संघर्षको कथा भनेका छन्।
सुमाबाहेक फिल्ममा कम्बोडियाकी सोखा, भारतकी रुखसाना, इजिप्टकी यास्मिन, पेरुकी सेना, इथोपियाकी अजमेरा, अफगानिस्तानकी एमिना, हाइटीकी वादली, सेइरा लियोनकी मेरिआमाको कथा समेटिएको छ। सुमाको कथा भने लेखिका मञ्जुश्री थापाले लेखेकी छन्।

सुमाले गत वर्ष तत्काली विदेशमन्त्री हिलारी क्लिन्टनबाट न्युयोर्कमा पुरस्कार पाएकी थिइन्। किहल्यै स्कुल नटेकेकी सुमाले हिलारीकै सामु नेपाली गीत गाएर विरह पोखेकी थिइन्।Suma




Leave a Reply

Your email address will not be published. Required fields are marked *