उपचार गराउँदै राजकुमारी राना। तस्बिर : कान्तिपुर
उपचार गराउँदै राजकुमारी राना। तस्बिर : कान्तिपुर

धनगढी- कैलालीको बेलादेवीपुर-८ मा शुक्रवार विहान बोक्सीको आरोपमा एक बृद्धालाई दिशा खुवाई, निवस्त्र पारी गुप्तागंमा लठ्ठी घुसाउने लगायत क्रुर ढंगले कुटपिट गरिएको छ। बोक्सीको आरोपमा अमानवीय ढंगले कुटपिट गरिएकी ६५ वर्षिय बृद्धा राजकुमारी रानाको अवस्था गम्भीर छ।

धनगढी नगरपालिकासँगै जोडिएको बेलादेवीपुर-८ निवासी ६५ वर्षीया बृद्धा राजकुमारीलाई गाउँकै निरा राना, रामसिंह रानाले निर्वस्त्र पारेर दिशा खुवाई कुटपिट गरेका हुन। अमानवीय रुपमा कुटपिट गर्ने कार्यमा गाउँका अन्य ३०-३५ जनाले समेत सघाएका थिए।
शुक्रवार विहान चार बजेतिर रामकुमारी टायलले छाएको घरभित्र सुतिरहेकी थिइन्। ढोका खोल्न लगाएर भित्र छिरेका निरा राना लगायतकाले उनलाई लछार्दै तानेर बाहिर आँगनमा ल्याए। शरीरमा लगाएका सबै लुगा जबरजस्तो खोलेर जलाइदिएका थिए। निबस्त्र पारिएकी उनको टाउको खौरिदिए। त्यसपछि शौचालयबाट दिशा ल्याएर खुवाए। दिशाले नै टाउकोमाथिबाट खन्याएर नुहाए। निर्ममतापूर्वक रुपमा कुटपिट गरे।

‘सुतिरहेका बेला घरभित्रबाट निकालेर सबैलुगा च्यातेर जलाइदिए। दिशा खुवाए,दिशाले शरिरमा खन्याए। उचाल्दै भुईमा बजार्दै कुट्दा मुखबाट रगत आयो’, मुख सुनिएर राम्रोसँग राम्रोसँग कुरा गर्न नसक्ने अवस्थाकी रामकुमारीले भनिन्- ‘निर्वस्त्र बनाएर डण्डा गुप्तांगमा समेत घुसारे।’ डण्डा घर्सादा गुप्तांगबाट रगत आइरहेको उनले सुनाइन्।

कुटपिटका कारण उनका माथिल्ला बंगारा भाँचिएका छन्। आँखा र मुख निलडामले पुरै सुन्निएको छ। शरिरभरि चोट छन्। कुटपिट गर्ने कार्यमा निरा राना र उनका देवर रामसिंहलाई ३- ३५ गाउँलेले सहयोग गरेकाका कारण आमालाई बचाउन नसकेको उनका ३५ वर्षिय छोरा दलवहादुर रानाले बताए। ‘आखाँ अगाडि मेरो आमालाई दिशा खुवाएर निर्मम रुपमा कुटपिट गरे। पुरै गाउँको समुह भएकाले डरले मैले प्रतिकार गर्न सकेन’, उनले भने, ‘गाउँकाले उसैलाई साथ दिए, तँलाई पनि पिट्छु भनेर धम्काए।’Rajkumari rana

दुई वर्ष अघि पनि यिनै बृद्धालाई बोक्सीको आरोपमा दिशा खुवाई कुटपिट गरिएको थियो। त्यो बेला डरले कुरा बाहिर नल्याएको पीडितले बताएका छन्। यो पटक पनि गाउँमै समाज बसेर घटना मिलाउने निर्णय गरेका थिए। ‘दुई वर्ष पहिला पनि यस्तै गरे, बारबार यस्तै व्यवहार गरिन्छ। सधैँ पीडा भइरहने, अनि न्याय नपाउने हुन्छ? ‘, छोराको भने।

विहान ४ वजेदेखि उज्यालो हुन्जेल करिव १ घण्टँसम्म निर्मम रुपमा कुटपिट गरेर गम्भीर घाइते भएकि वृद्धलाई शुक्रवार दिउसो १ वजेसम्म पनि अस्पताल लगिएको थिएन। शुक्रवार विहानै गाउँकै करिव ६४ वर्षिय बृद्ध बन्दी रानालाई पनि निरा राना र राम कुमारी रानाले वोक्सीको आरोपमा कुटपिट गरेका छन्।
निरा रानाले बृद्धा रामकमारीलाई दिशा खुवाई कुटपिट गरेको स्विकारेकी छन्। उनले वोक्सी लगाएर आफ्नो छोरा मारेको र आफूलाई पनि विरामी बनाएकोले भगवानले नै कुटपिट गर्न लगाएको उनले दाबी गरेकी छिन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *