प्रकाश तिमल्सिना- सत्तारुढ एकीकृत माओवादीले मंगलबारको प्रमुख दलको वैठकमा विपक्षी कांग्रेससँग प्रधानमन्त्रीको उम्मेदवार माग गर्‍यो। सोहीअनुसार लामो समयदेखिको आन्तरिक विवाद मिलाउँदै कांग्रेसले सभापति सुशील कोइरालालाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा उभ्यायो। जब कांग्रेसले कोइरालालाई प्रधानमन्त्रीको रुपमा सर्वसम्मत उभ्यायो तव माओवादीसहित सत्तारुढ दलले नयाँ संविधानको अन्तवस्र्तुमा सहमति नभईकन कांग्रेस नेतृत्व स्वीकार गर्न सकिँदैन भन्दै शर्त राखिदिए। जसकाकारण भइसकेको भनिएको सहमतिको प्रयासमा फेरि अल्झन आयो। 
हिजो दिनभर कोइरालाको नाममा सहमति बन्न सक्ने कुरा पनि भयो, आशा अपेक्षा र विरोध सबै सवै कोण र तरहवाट आयो। आम मानिसलाई के पनि लाग्यो भने, ‘चुनावी सरकारको नेतृत्व कांग्रेसलाई दिन र स्वीकार गर्न माओवादी अबचाहिँ तयार भयो।’ सानेपामा कांग्रेसको वैठकले कोइरालाको नाम औपचारिक निर्णय भइरहदाँ सत्तारुढको बैठकले भने भित्रभित्रै कांग्रेसलाई चक्मा दिने निर्णय गरिसकेको थियो। अर्थात् आफैँले आग्रह गरे अनुसार निर्णय गरिरहेको कांग्रेसलाई माओवादीले अर्को सर्त राखेर अलमलाउनु नै थियो।
तर, त्योबीचमा मंगलवारका धेरै कुरा उल्टो हुँदै गइसकेको थियो। त्यही मध्येको एउटा कुरा भारतीय राजदुत जयन्त प्रसादको प्रसङ्ग पनि मेरो कानसम्म आइपुग्यो। शनिबार भारत जान लागेका दूत जयन्तप्रसादले कसैसँग कोइराला प्रधानमन्त्री हुनै नसक्ने गुह्य कुरा खोली दिइसकेका पो रहेछन्। ‘यो चरणमा कोइराला प्रधानमन्त्री हुनै सक्दैनन’ मंगलबार जयन्तको भनाई थियो, ‘शनिबार म दिल्ली जाँदैछु, उतावाट केही आयो भने हुन सक्दा तर अहिलेसम्म भने कुनै नि हालतमा कोइरालाको प्रधानमन्त्रीको सम्भावना नै छैन्।’ जयन्तका कुरा सुनेर म पनि निकै दंग परे। हिजो दिनभर दोधारमा नै रहे। सुनेको कुरा नभनौ कसरी भनौ कसरी?

एक जना “प्रभावशाली” लाई कोइराला प्रधानमन्त्री हुनै नसक्ने संकेत प्रमुख चार दलको वैठक अघि नै जयन्तले दिइसकेका रहेछन्। नभन्दै, सत्तारुढ गठबन्धनले संविधानका अन्तर्वस्तुतमा सहमति नभइकन कांग्रेस नेतृत्व स्वीकार नगर्ने अडान राखे पछि म छर्लङ भए। कोइराला प्रधानमन्त्री हुन सक्ने एक प्रतिशत मात्र पनि सम्भावना नै नराखी, प्रमुख दलको छलफल बिना निष्कर्ष नै टुंगियो।

जयन्तका अनुसार पहिलो त कोइराला प्रधानमन्त्री यो कारण हुन सक्दैनन कि उनी १२ वुदेँ सहमतिका हस्ताक्षरकर्ता नै होइनन्। न त त्यो योजनाका सहभागी पात्र नेता हुन्। १२ बुँदे सहमति भइसके पछि मात्र सो बारेमा मात्र जानकारी पाएका कोइरालाले सो को मर्म अनुसार काम गर्न सक्दैनन् अर्थात सरकार चलाउन नै सक्दैनन्। भारतको मध्यस्तामा भनिएको सो १२ बुँदेलाई वुझ्ने ल्याकत कोइरालासँग नभएकाले उनी प्रधानमन्त्री बन्न सक्दैनन् भन्नेमा भारत स्पष्ट छ। किनभने, १२ वुदेँ सहमतिको औचित्य अझै पनि नेपालको राजनीतिमा सकिएको छैन।

भारतीय राजूत जयन्तप्रसाद

दोस्रो, संविधानसभा विघटन हुनु अघि बिरगञ्जस्थित भारतीय काउन्सुलर एसडी मेहत्ताले दिएको अभिब्यक्तिको विरोधमा निकालिन लागिएको बिज्ञप्तिमा कोइरालाले हस्ताक्षर गर्नु भारतको नजरमा निकै ठूलो गल्ति थियो। ‘छुट्टै मधेस बनाउनुपर्छ भनेर माग गर्नुहोस र भारत त्यसको पछाडि छ’ भन्ने आशयको अभिब्यक्तिको बिरोधमा भोलि पल्ट प्रमुख चार राजनीतिक शक्तिको वैठकले विज्ञप्ति निकाल्ने निर्णय गरेको थियो। त्यसमा कांग्रेस सभापति कोइराला र एमाले अध्यक्ष झलनाथ खनालले हस्ताक्षर पनि गरे। तर, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका तर्फवाट बिजयकुमार गच्छदारले हस्ताक्षर भने त्यो बेला आनकानी गरिदिए, मतलब गरि दिएनन्। बानेश्वरस्थित संविधानसभा मै हस्ताक्षर गर्ने भन्दै गच्छदार कहाँ पु¥याइएको सो विज्ञप्ति एकाएक बैठक स्थलवाटै हरायो। संविधा नसभा भवनमा सो विज्ञप्तिको बारेमा एमाले नेता भीम रावलले सोधपुछ गरे तर कतै पनि पाइएनन्। प्रचण्डले गच्छदारले लगे भनेर जवाफ दिए। कसैगरी पनि विज्ञप्ति नभेटिए पछि अन्तिममा त्यो विज्ञप्ति सार्वजनिक हुन पाएनन्, त्यो कता हरायो? अझै सम्म बाहिर आउन सकेको छैन।

तर, सोही साँझ हराएको त्यही विज्ञप्ति बोकेर जयन्तप्रसाद महराजगन्जस्थित कोइराला निवास पुगे। र, भारतीय काउन्सलर बिरुद्धको विज्ञप्तिमा किन हस्ताक्षर गरेको भनेर कोइरालासित आक्रोशित भए। सह–सचिव स्तरको एक राजदुतले निकै चर्को स्वरमा सोधखोज गरेपछि स्वाभाविक रुपमा कोइरालाले पनि ‘आप कौन हो, जो मेरेको पुछताछ कर रही हे ?’ भन्दै जयन्तलाई उल्टै हप्काइदिए। बीपी कोइराला पछि पहिलो पटक कांग्रेसको डकुमेन्टमा ‘राष्ट्रियता खतरामा’ उल्लेख गरेको मात्रै होइन, कांग्रेस र भारत विचको सम्वन्धमा कांग्रेस सदैव पोजिटिभ भइरहेको अवस्थामा कोइरालाले पार्टी सभापति भएपछि अनावश्यक रुपमा भारतीय हस्तक्षेप भएको भन्दै आक्रोशित भइरहेको अवस्था पुरानो भइसकेको थिएन्। कोइरालाले उल्टै हप्काएर पठाए पछि जयन्तप्रसाद सो साँझ चुपचाप अध्याँरो मुख लगाएर लैनचौर फर्किए। कोइराला र जयन्तविचको यो कुरा पछि शेखर कोइराला सम्म पुग्यो। ‘सुशिल दा, तपाईसँग खुबै रिसाउनु भा’ छ, किन?’ भन्दै शेखरले राजदूतलाई सोधे तर उनले कुनै जवाफ दिएनन्। जुन घटना अहिले सुशिलका लागि मंहगो सावित भएको राजदुत जयन्तको तर्क छ।
तेस्रो, नेपाल गेम प्लान नामक एउटा गोप्य रिर्पोटले सुशिल कोइराला पाकिस्तानी खुफिया संस्था ‘आइएसआइी’ निकट रहेको दावी गरेको छ। जुन रिर्पोट भारतीय संस्थापन पक्षको उपल्लो तहमा मात्र पुगेन, त्यो एउटा भारतीय दैनिकवाट पनि सार्वजनिक भइसकेको छ। यता, नेपालको राजनीतिमा अनावश्यक भारतले हस्तक्षेप गरेको भनेर रिसाईरहेका कोइराला ‘आइएसआइ’ निकट भएको सार्वजनिक भए पछि भारतलाई यतिखेर त्यो ठुलो इश्यु हुन पुगेको छ। सभापति भए पछि कोइराला एकपटक पनि भारत गएका छैनन, उनलाई भारतले अझैसम्म पनि निम्तो गरेको पनि छैन् । कारण, सोही रिर्पोट र कोइरालाको ब्यवहारले पनि उनी भारत अनुकुल छैनन भन्ने देखाइसकेको छ। उसलाई आंशका छ कि भोली कोइराला प्रधानमन्त्री भएमा त्यो आफू अनुकूल भन्दा पनि प्रतिकूल बढी हुने खतरा उत्तिकै छ।

चौथो, भारतीय खुफिया संस्था ‘रअ’को नेपाल प्रमुखको रुपमा लामो समय काठमाडौंमा रहेका आलोक जोशी संयोग नै मान्नु पर्छ, अहिले सो संस्थाको मुख्य पदको जिम्मेवारीमा छन्। नेपालमा लामो समय रहेर अध्ययन र खेल दुवैमा सहभागी रहेका जोशीले भारतीय सरकारलाई ‘इमर्जिङ पावर’लाई साथमा लिएर अघि बढने तर ‘डिपोजिट पावर’लाई अहिलेको अवस्थामा सन्तुलनमा राखे मात्र पुग्छ भन्ने प्रतिवेदन वुझाएका छन्। राजदूत जयन्तका अनुसार, भारत नेपालको हकमा सोही नीति अनुसार चलिरहेको छ।

जोशीले आफ्नो प्रतिवेदनमार्फत एकीकृत माओवादी र मधेसवादी दललाई ‘इर्मजिङ’ र कांग्रेस र एमालेलाई ‘डिपोजिट पावर’को संज्ञा दिदै अहिलेको अवस्थामा ‘इमर्जिङ पावर’लाई हातमा लिनु नै भारतका लागि अनुकुल र फाइदा हुनसक्छ, त्यसको लागि सरकारले प्रयास गर्नु पर्छ भन्ने सुझाव दिएका छन्। ‘रअ’ त्यही संस्था हो, जसको सुझावमा भारतले आफ्नो परराष्ट्र नीति र सुरक्षा नीति दुवैका अनिवार्य झै लागु गरेको हुन्छ । माधव नेपाल सरकारलाई समर्थन गर्दा माओवादीले भारत विरोधी भावना वढाउने काम गरेको निष्कर्ष निकाल्दै जोशीले सो प्रतिवेदन वुझाएका हुन्।
यसैवीच, कांग्रेसका संस्थापन पक्षलाई भारतीय अनुकुल मिलाउन प्रयासका लागि आफ्नो निवास आएका अमरेश सिंहलाई कोइरालाले आठ महिना यता घर प्रवेश मै बन्देज लगाइ दिएका छन्। ‘राष्ट्रियता र राष्ट्रिय स्वाधिनतामा म सम्झौता गर्दिन र नेपालको राजनीतिमा अनावश्यक हस्तक्षेप पनि मलाई स्विकार्य छैन्’ सुशिल कोइरालाले प्रस्ट भाषामा यसो मात्रै भनेर जवाफ दिएनन, महाराजगन्जमा नआउन चेतावनी नै दिए। त्यहाँवाट अध्याँरो मुख लगाएर अमरेस सिंह फर्केका आजसम्म गएका छैनन्। यो घटना सामान्य भए पनि नेपालको राजनीतिमा भने निकै अर्थ राख्छ। किन पनि भने, नेपाली नेताको निरन्तर अपमानमा ब्योहोरेका अमरेस भने भारतका विश्वासिला नेताको रुपमा परिचित छन्। अमरेस सिंह बनाउन त सक्दैनन, तर भत्काउने क्षमता भने प्रशष्त राख्छन्, उनीहरुलाई वुझ्नेहरु यसै भन्छन्।
prakashujyalo.blogspot.com




Leave a Reply

Your email address will not be published. Required fields are marked *