काठमाडौं- भारतको लुधियानामा सम्पन्न नवौँ दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगितामा नेपालका सचित प्रधानले स्वर्ण पदक जितेका छन्। पुरुषको ६० केजीमा सचितले स्वर्ण जितेको नेपाल शारीरिक सुगठन तथा फिट्नेस सङ्घका महासचिव दिनेश राजभण्डारीले जानकारी दिए। सचितसँगै प्रतियोगितामा नेपालबाट तीन खेलाडीले प्रतिस्पर्धा गरेका थिए। ६५ केजीमा मिस्टर हिमालय उपाधि विजेता रामबहादुर दाहालले रजत जिते भने ७० केजीमा श्याम श्रेष्ठ चौथो स्थानमा रहेको सङ्घले जनाएको छ। रासस




Leave a Reply

Your email address will not be published. Required fields are marked *