Videos

थारु र नेपाली भाषाको मिक्स गीत ‘मोबाइलको घन्टी’

थारु र नेपाली भाषाको मिक्स गीत सार्वजनिक भएको छ। गायक सुरेश चौधरीले इशिका भुजेलसँग ‘मोबाइलको घन्टी’बोलको गीत सार्वजनिक गरेका हुन्। गायक सुरेशको शब्द र राजीव शाहको संगीत रहेको म्युजिक भिडियो सविता कुमारी चौधरीले निर्माण गरेका हुन्। सूर्यनारायण चौधरीको निर्देशनमा म्युजिक भिडियो हरिनारायण चौधरीले खिचेका छन्। म्युजिक भिडियोमा गायक सुरेश...

थारूवान

कपिलवस्तुका सञ्चारकर्मी श्याम सिटीले धेरैपछि सांगीतिक क्षेत्रमा पुनरागमन गरेका छन्। उनले मै ते होगैलु दिवाना गीतमार्फत् यो क्षेत्रमा पुनरागमन गरेका छन्। आप्नै शब्द रहेको गीतमा श्याम सिटी र वसन्ती चौधरीले स्वर दिएका छन् भने संगीत श्रीनिवास चौधरीको रहेको छ। गीतको एरेन्ज गणेश चौधरीले गरेका छन्। यसअघि थुप्रै म्युाजिक भिडियो...

थारूवान

अभिनेत्री अनुराधा चौधरी धेरै वर्षको अन्तरालपछि थारु म्युजिक भिडियोमार्फत् पुनरागमन गरेकी छन्। जिनगी तोहार नाउ नामक चितवनको थारु भाषाको गीतमा अभिनेत्री चौधरी मोडल जितेन्द्र महतोसँग रोमान्स गरेकी छन्। श्रीनिवास चौधरी र समीक्षा चौधरीको स्वर रहेको गीत बुद्ध चौधरीले लेखेका हुन्। संगीत पनि उनै भरेका छन्।

थारूवान

रुपा रौतार थारुको आफ्नै जीवनमा आधारित म्युजिक भिडियो सार्वजनिक भएको छ। सरला गाहाको शब्द र सुरेश सेन्चुरीको संगीतमा रुपा रौतारको आफ्नै स्वर रहेको ‘लेख्दैछु म आफ्नै कहानी’ सार्वजनिक भएको हो।

थारूवान

गायिका रुपा रौतारको एकल स्वर रहेको ‘हिम्मत भाकी छोरी’ एल्बम सार्वजनिक भएको छ। राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै उक्त एल्बम सार्वजनिक गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार हरिवंश आचार्य सहित संगीतकार सुरेश सेन्चुरी र समाजसेवी विकास घिरैयाले एल्बम एकसाथ विमोचन गरेका थिए।

थारूवान

थारु फिल्मस् प्रोडक्सनले दोस्रो कोसेली ‘सिरुवा पवैन मे जुर शितल’को म्युजिक भिडियो सार्वजनिक गरेको छ। रामलाल चौधरीको शब्द र विकास चौधरीको संगीत रहेको गीतमा चितवनका गायक मनोज महतो र कैलालीकी गायिका समीक्षा चौधरीले स्वर दिएका छन्। दुबैले पूर्वीया लवज यो गीत गाएका छन्।

थारूवान

थारु फिल्मस् प्रोडक्सनले पहिलो म्युजिक भिडियो सार्वजनिक गरेको छ। चर्चित गायिका टीका प्रसाइँको स्वर रहेको ‘साजन से मिले’ गीत सार्वजनिक गरेको हो।

थारूवान

नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले केपी शर्मा ‌ओलीको सरकारलाई राजा ज्ञानेन्द्र शाहको सरकारसँग तुलना गरेका छन्। उनले विभिन्न ठाउँमा निषेध लगाउने, लोकतन्त्रमा ठाउँठाउँमा बोल्न नपाउनेजस्ता कार्य गरेर ओली सरकारले हिटलर शैली अपनाएको भन्दै विरोध गरे।

थारूवान