प्रवास

कोरियामा गठन भयो थारु कल्याणकारिणी सभा, अध्यक्षमा पुष्प चौधरी

दक्षिण कोरियामा बसोबास गर्ने थारुहरुले थारु कल्याणकारिणी सभाको च्याप्टर विस्तार गरेको छ। आदिवासी जनजाति महासंघ दक्षिण कोरियाका उपाध्यक्ष एवं कार्यबाहक पवन राईको प्रमुख आतिथ्यमा सम्पन्न प्रथम अधिवेशनले पुष्प चौधरी (सप्तरी)को अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको छ।

थारूवान

थारु कल्याणकारिणी सभा कतार च्याप्टरले माघी पर्व– २०१६ भव्यताका साथ मनाएको छ । सल्वारोड स्थित क्वालिटी हाईफर मार्केटको सभाहलमा नेपालबाट आएका तिन कलाकारहरुको साथमा माघी महोत्सव सम्पन्न भएको छ । अन्जनी कुमार थारुको सभापतित्वमा सम्पन्न कार्यक्रममा कतार स्थित नेपाली दुतावासका द्वितिय सचिव हरिप्रसाद अर्यालको प्रमुख आतिथ्यता रहेको थियो ।...

थारूवान

दुबईस्थित थारु समुदायले माघी पर्व मनाएका छन्। प्रवासी थारु समाज युएईको आयोजनामा माघी पर्व मनाइएको हो। शुक्रबार आयोजित समारोहमा युएईस्थित नेपाली राजदूत धन्नजय झाको उपस्थिति थियो। आदिबासी जनजाति महा संघका पूर्वअधक्ष्य एवं थारु नेता राजकुमार लेखीले समारोहको उद्‍घाटन गरेका थिए। कार्यक्रममा गायक सन्जय चौधरीले आफ्नो प्रस्तुतीसमेत दिएका थिए। कार्यक्रममा...

थारूवान

थारु नेता राजकुमार लेखी माघी पर्वमा सहभागी हुन दुबई पुगेका छन्। प्रवासी थारु समाज युएईको निम्तोमा उनी दुबई पुगेका हुन्। शुक्रबार बरदुबईस्थित एभरेस्ट इन्टरनेशनल होटलमा आयोजना हुने माघी पर्वमा उनी प्रमुख अतिथि बन्ने प्रवासी थारु समाजका संरक्षक नेत्र थनेतले जानकारी दिए। लेखीसँगै गायक सन्जय थारु पनि दुबई पुगेका छन्।...

थारूवान

अष्ट्रेलियाको विभिन्न सहरमा बसोबास गर्दै आएका नेपालीहरुले मधेश आन्दोलनप्रति समर्थन जनाउँदै प्रदर्शन गरेका छन् । उनीहरुले आन्दोलनको क्रममा भएका मानव अधिकारको हननको विरुद्धमा अष्ट्रेलियाको संसद भवन अगाडि प्रदर्शन गरेका हुन् ।

थारूवान

थारु एण्ड फ्रेन्ड्स एसोसिएसन अमेरिकाको आठौं साधारण सभा सम्पन्न भएको छ। गत बिहीबार ‘थ्यांकसगिभिङ डे’को दिन अमेरिकाको सिकागोमा साधारण सभा सम्पन्न भएको हो। अमेरिकाका विभिन्न राज्यहरू नेब्रास्का, न्यु मेक्सीको, एरिजोना, क्यालिफोर्नियालगायतका स्थानमा छरिएर रहेका थारुहरुले टेलिकन्फरेन्समार्फत साधारण सभामा उपस्थिति जनाएका थिए।

थारूवान

नाकाबन्दीको कारण विभेदकारी नेपालको संविधान रहेको भन्दै अमेरिकामा प्रदर्शन भएको छ । मधेशी–थारुको हत्या बन्द गर, माग पुरा गर जस्ता नारासहित वाईट हाउस अगाडि प्रदर्शन भएको हो ।

थारूवान

मधेश–थरुहटमा जारी आन्दोलनको समर्थनमा आज अमेरिकामा प्रदर्शन हुँदैछ । अमेरिकामा रहेका मधेशी–थारुहरुको संगठनहरुले संयुक्त रुपमा वसिङ्गटन डीसीमा प्रर्दशन गर्न लागेको हो । आन्दोलन सय दिन पुरा गरेको अवसरमा प्रदर्शन हुने आयोजक संस्था मध्येका एक मधेश मानव अधिकारका राम मनोहर साहले बताए । यता एशोसिएशन आफ नेपाली तराईयन इन अमेरिका...

थारूवान

युएनडिपीको एनपिस अवार्ड विजेता कौशिला चौधरी र शर्मिला चौधरीलाई अमेरिकाको सिकागोस्थिति नेपालीहरुले भब्य स्वागत गरेका छन्। एनआरएन इल्लिनोइज च्याप्टरको मुख्य आयोजना र सिकागोस्थित सिकागोल्याण्ड नेपाली समाज, सिकागोल्याण्ड थारु समाज र थारुज एण्ड फ्रेन्ड एसोसिएसनको संयोकत्वमा भएको हो। कार्यक्रममा एनआरएनको तर्फबाट हेमनारायण चौधरीले स्वागत गर्दै एनपिस अवार्डबारे प्रकास पारेका थिए।

थारूवान

कावासोती नगरपालिका-१६ डण्डामा रहेको राष्ट्रिय थारु संग्रहालय व्यवस्थित गर्न नेपाली युएई प्रवासी ग्रुप र युएई थारु प्रवासी समाज तयार भएको छ। दुबै समूहले राष्ट्रिय थारु संग्रहालयलाई ब्यवस्थित र नमूना संग्रालय बनाउन सहयोग गर्ने भएको छ।

थारूवान