देश

मधेसी मोर्चाले असहयोग आन्दोलन थाल्ने

नयाँ संविधानप्रति असहमति दर्शाई आएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अबदेखि असहयोग आन्दोलन थाल्ने निर्णय गरेको छ । रौतहटको गौरमा आज बसेको मधेसी मोर्चाको बैठकले राज्यलाई कर नतिर्न जनतासँग आह्वान गर्दै असहयोग आन्दोलन थाल्ने निर्णय गरेको हो ।

थारूवान

मधेश आन्दोलनमा समर्थन जनाउन भन्दै मंगलबार जनकपुर आएका बाबुराम भट्टराईलाई आन्दोलनकारीले लखेटेका छन्। दिउँसो करिब एक बजे हवाइमार्ग हुँदै जनकपुर आइपुगेका उनले केही वेरसम्म बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को सभाकक्षमा एमाओवादीका मधेशी नेता रामकुमार शर्मा, रामचन्द्र झा, रामरिझन यादव, तराई मधेश राष्ट्रिय अभियानका संयोजक जेपी गुप्ता लगायत स्थानीय केही...

थारूवान

एकीकृत माओवादीले नेपालको संविधान जारी भइसकेको अवस्थामा मुलुकका महत्वपूर्ण र रणनीतिक महत्वको स्थानमा प्रमुख तीन राजनीतिक दलका तर्फबाट आमसभा गर्नुपर्नेमा जोड दिएको छ।

थारूवान

नयाँ संविधानको विरोध गर्दै आन्दोलन गरिरहेका मधेसी, थारुलगायत समुदायसँग वार्ता गर्न तीनदलले तीन सदस्यीय समिति गठन गरेका छन् । समितिमा नेपाली कांग्रेसका वन मन्त्री महेश आचार्य, नेकपा (एमाले)का संसदीय दलका प्रमुख सचेतक अग्नि खरेल तथा एकीकृत नेकपा (माओवादी)का एक प्रतिनिधि रहेका छन् । एमाओवादीका प्रतिनिधिको नाम अझैँ आएको छैन...

थारूवान

थरुहट/थारुवान संयुक्त संघर्ष समितिका नेता राजकुमार लेखीले मधेसी मोर्चा र थारुहरुको आन्दोलन सहकार्यमा अघि बढ्ने बताएका छन् । विराटनगरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले भने-अवको आन्दोलन अधिकार प्राप्तीको आन्दोलन हुनेछ र यसका लागि आजैवाट मधेसी मोर्चा र थारुहरुको आन्दोलन एकसाथ शुभारम्भ हुँदैछ।’

थारूवान

विजय गच्छदार नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चाले तीन सदस्यसीय वार्ता टोली गठन गरेको छ। मधेस-थरुहटमा आन्दोलनरत विभिन्न पक्षसँग वार्ता गर्न फोरम लोकतान्त्रिकका महासचिव रामजनम चौधरी नेतृत्वमा ३ सदस्यीय वार्ता टोली गठन गरेको हो। 

थारूवान

थारु कल्याणकारिणी सभाका पूर्वमहामन्त्री एवं थरुहट/थारुवान संयुक्त संघर्ष समितिका सचिवालय सदस्य राजकुमार लेखीले भारतीय विदेश सचिव जयशंकरसँग आफ्नो कुनै भेटवार्ता नभएको बताएका छन्। उनले विज्ञप्ती जारी गर्दै भारतीय राजदूत रञ्जित रे र जयशंकरसँगको भेटवार्ता नभएको बताउँदै उनले सञ्चारमाध्यममा आएको समाचारलाई खन्डन गरेका छन्।

थारूवान

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले भारतविरुद्ध टिप्पणी गर्ने कार्यलाई मूर्खतापूर्ण भन्दै त्यसो नगर्न सुझाव दिएका छन् । बीहीबार एक विज्ञप्ति प्रकाशित गर्दै अध्यक्ष यादवले भनेका छन्- ‘भारतले कुनै नाकाबन्दी नगरेको नेपालका भन्सार प्रमुखहरु र भारत स्वयंले प्रष्ट पारिसक्दा पनि भारतविरुद्ध अनावश्यक टिकाटिप्पणी गर्नु मूर्खतापूर्ण कार्य भएको फोरम नेपालको...

थारूवान

नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले नयाँ संविधान निर्माणमा दुईवटा गल्ती भएको बताएका छन् । साथै उनले अब संविधान संशोधन गरेर त्यसलाई सच्याउन आफूले पहल गर्ने समेत बताएका छन् । बिहीबार राति साढे ९ बजे न्यूज २४ मा प्रशारित हुने सौजन्य मिडियाको प्रस्तुती ‘इन्फोटक’लाई दिएको अन्तरवार्तामा देउवाले समानुपातिक समावेशी र...

थारूवान

नेपाल आदिवासी जनजाति महासंघका पूर्व प्रमुखहरुले अध्यक्ष नागेन्द्र कुमाल र महासचिव पेम्बा भोटेको राजीनामा माग गरेका छन् ।  पूर्व अध्यक्ष तथा महासचिवहरुले बिहीबार संयुक्त पत्रकार सम्मेलन गरेर कुमाल र भेटेले जनजातिलाई धोका दिएको आरोप लगाएका छन् । 

थारूवान