6

यी जिल्लामा चुनिएका नेकपाका थारु कमान्डर (सूचीसहित)

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पाँच जिल्लाको नेतृत्व थारु नेतालाई सुम्पेको छ। नेकपाको सचिवालय बैठकले कैलाली, नवलपरासी पश्चिम, पर्सा, बारा र उदयपुरमा थारु नेतालाई प्रमुख कमान्डर चुनेका हुन्। त्यस्तै ११ जना थारु नेतालाई सहइन्जार्च तोकिएको छ। 

थारूवान

नवराज मैनाली/नयाँ पत्रिका दैनिकबाट साभार अस्पताल भर्ना गरेपछि सामान्यतया कुनै पनि कैदीबन्दीलाई नेल–हत्कडी लगाइँदैन । तर, फोक्सो र बोनम्यारोमा समस्या देखिएर थलिएका निलम्बित सांसद रेशम चौधरीलाई वीर अस्पतालमा भर्ना गर्दा भने प्रहरीले खुट्टामा फलामे साङ्लो लगायो । कारागार व्यवस्थापन नियमावलीविपरीत नेल लगाइएपछि प्रधानमन्त्री केपी ओलीले नेल खोल्न र संलग्न कर्मचारीमाथि कारबाही...

थारूवान

कैलाली क्षेत्र नं १ बाट प्रतिनिधिसभामा विजयी भएका सांसद रेशम चौधरीको खुट्टामा नेल ठोकेर उपचार भइरहेकोछ। फोक्सो र बोनम्यारोमा समस्या भएपछि सांसद चौधरीलाई बिहीबार दिउँसो वीर अस्पतालको ट्रमा सेन्टरमा भर्ना गरिएको थियो।

थारूवान

तराईका अधिकांश जग्गा थारुको नाममा रहेको र उनीहरु भारतीय भएको अभिव्यक्ति दिने नेकपाकी सांसद राधा ज्ञवालीले थारुसँग माफी माग्नुको सट्टा समाचार प्रकाशित गर्ने अनलाइनविरुद्ध खेद प्रकट गरेकी छन्। उनले संसदको शुन्य समयमा बोल्दै पित पत्रकारिता गरेर आफूलाई बदनाम गराएको आरोप लगाइन्।

थारूवान

सत्तारुढ नेकपाका सांसद गंगा चौधरी सत्गौवाले गुठी विधेयक फिर्ता हुँदा गुठी पीडितको भावनामा ठेस पुगेको बताएकी छन् । बुधबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले भूमीहीन, जोताहा किसानले सरकारले ल्याएको गुठी विधेयकको स्वागत र समर्थन गरे पनि फिर्ता लिएपछि उनीहरुको भावनामा ठेस पुगेको बताएकी हुन् ।

थारूवान

गुठी विधेयकबारे थारु सांसदहरुले संसदमा राखेको व्यतव्य हेर्नुहोस्। 

थारूवान

कारी महतो/चितवन। थारु आयोगलाई थारु/थरुहट आन्दोलनकै उपजको रुपमा लिनका लागि अध्यक्ष विष्णु प्रसाद चौधरीले आग्रह गरेका छन् । आज थारु आयोगले चितवनको सौराहामा रहेको होटल अर्थलाइटमा आयोजना गरेकोे छलफल तथा अन्तरक्रियामा सहभागीहरुले थारु आयोगलाई हकअधिकार दिलाउन नसक्ने अधिकारविहिन आयोग भनेर टिकाटिप्पणी गरेका थिए । प्रत्युत्तरमा आयोगका अध्यक्ष चौधरीले थारु...

थारूवान

कैलाली क्षेत्र नं १ बाट निर्वाचित रेशम चौधरी बिरामी परेका छन्। उनी काठमाडौंस्थित सदर जेलमा बिरामी परेको उनका भाइ मिठुलाल चौधरीले जानकारी दिए। रेशमको फोक्सोमा समस्या भएपछि बिरामी भएको भाइले बताए। यसबारे पार्टीमा खबर गर्दा पनि कसैले मतलब नगरेको उनको गुनासो थियो। ‘दाइ दिनप्रति दिन सिकिस्त हुँदै गइरहनुभएको छ।...

थारूवान

प्रमुख विपक्षी नेपाली कांग्रेसले छायाँ सरकार बनाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको विधानको धारा ९ को उपधारा ५ (क) अनुसार छायाँ सरकारको रुपमा काम गर्न मन्त्रालय स्तरीय समन्वय समिति बनाएका हुन् ।

थारूवान

लखन चौधरी/कैलाली। टीकापुर घटना मुद्दाअन्तर्गत थरुहट नेतासहित २३ जनाले मुद्धाको पुनरावेदन गरेका छन् । जिल्ला अदालत कैलालीले फागुन २२ गते गरेको फैसला विरुद्ध उनीहरूले मुद्धाको पुरावेदन गरेका हुन् । जिल्ला अदालत कैलालीका निमिक्त श्रेष्तेदार नरबहादुर नेगीले जिल्ला अदालत कैलालीको फैसला चित्त नबुझेपछि १२ जना प्रतिवादीले बिहीबार जिल्ला अदालतमार्फत नै...

थारूवान
1 2 3 36