विश्व

हिलारी क्लिन्टन अस्पताल भर्ना

एजेन्सी- अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनलाई आइतबार राति अस्पताल भर्ना गरिएको छ। रगतका कारण समस्या देखिएपछि उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको हो। ‘फलो अप परीक्षण गर्दा रगतमा समस्या देखिएपछि क्लिन्टनका चिकित्सकले भर्ना हुन भनेका हुन्,’ उनका प्रवक्ता फिलिप रेनसले विज्ञप्तीबाट जानकारी गराए। उनलाई न्युयोर्कस्थित प्रिसवाइटेरियन अस्पतालमा भर्ना गरिएको छ।...

थारूवान

असाम, एजेन्सी- भारतको असाम राज्यका चिया मजदुरको समूहले आगो लगाएर मालिक र उनका पत्नीलाई मारेका छन्। असामको एक चिया बगानका मालिक मृदुलकुमार भट्टचार्य र उनकी पत्नी रितालाई बुधबार घरमै आगो लगाएर मारिएको हो। करिब ७ सय मजदुरले घर घेरेर घरमा आगो लगाएका थिए। उनीहरुलाई बाहिर निस्कन नदिएर भित्रै जलाइएको...

थारूवान

नयाँ दिल्ली, एपी- एक छात्रामाथि भएको सामूहिक बलत्कारको विरोधमा उत्रिएका सर्वसाधारणमाथि प्रहरीले लाठी चार्ज गरेको छ। राजधानी नयाँ दिल्लीस्थित इन्डिया गेडमा धर्ना गरिरहेका सर्वसधारणमाथि प्रहरीले मानीको फोहोरालेसमेत हानेका थिए। भीड नियन्त्रण गर्न केही सेल आँश्रु ग्यास पनि प्रहरीले हानेका थिए। हेरौं केही तस्बिरहरु :

थारूवान

एजेन्सी- भारतको दिल्लीस्थित वसन्त विहार क्षेत्रमा एउटा गुड्दै गरेको बसभित्र एक युवती बलात्कृत भएकी छिन्। गएराति भएको यो घटनामा पीडित युवती मेडिकल विद्यार्थी रहेको भारतीय मिडियाले जनाएका छन्। बलात्कारपछि उनलाई नाङ्गै बनाएर सडकमा फ्याँकिएको थियो। सफदरजंग अस्पतालमा उनी र उनका साथीको उपचार भइरहेको छ। उनीहरुको अवस्था चिन्ताजनक रहेको छ।

थारूवान

काठमाडौं- कतारको राजधानी दोहामा हालै सम्पन्न जलवायु परिवर्तनसम्बन्धी पक्षराष्ट्रहरुको १८औं कोप सम्मेलन अपेक्षाअनुरुप सन्तोषजनक भएको बताइएको छ। नेपाल वातावरण पत्रकार समूहले आज यहाँ आयोजना गरेको कोप–१८ दोहा सम्मेलनमा भएका निर्णयहरुसम्बन्धी सञ्चार माध्यमसँगको अन्तर्क्रियाका वक्ताहरुले सम्मेलनमा नेपालको पूर्ण तयारी र समन्वयकारी सहभागिताले पनि विगतको भन्दा उपलब्धिमूलक भएको बताए।

थारूवान

एजेन्सी – एक युवकले अमेरिकाको न्युटाउनस्थित एक स्कुलमा जथाभावी गोली चलाउँदा २० स्कुले केटाकेटीसहित २७ जनाको मृत्यु भएको छ। दुई सेमी अटोमेटिक पेस्तोल चलाएर २६ जनाको ज्यान लिएपछि युवकले आफूलाई पनि गोली ठोकेका थिए। प्रहरीले गोली चलाउने २० वर्षीय एडम लेन्ज रहेको जनाएको छ। उनले स्यान्डी हुक इलिमेन्टरी स्कुलमा गोली...

थारूवान

एजेन्सी- अमेरिकी अन्तरीक्ष अनुसन्धान केन्द्र (नासा) ले आफ्नो बेबसाइटमा राखेको तस्वीर सच्याएको छ । सगरमाथा भन्दै राखिएको तस्वीर भारतीय एक हिमाल भएको पाइएपछि सर्वत्र बिरोध भएको थियो। नेपालसहित विश्वभरका सञ्चारमाध्यमले उक्त तस्वीर सगरमाथाको नभएर भारतको काश्मिर क्षेत्रको सासेर मुस्तागको भएको औंल्याएपछि बिहीबार नासाले उक्त तस्वीर सच्याएको हो।

थारूवान

ओस्लो, एजेन्सी)– युरोपेली महासङ्घ (इयू) लाई आज नोवेल शान्ति पुरस्कार औपचारिक रुपमा हस्तान्तरण गरिएको छ। करिब ६ दशकपछि पहिलो पटक आर्थिक मन्दीको चरम सङ्कट भोगिरहेको सो संस्थालाई सन् २०१२ को नोवेल शान्ति पुरस्कार प्रदान गरिएको निर्णय यसअघि नै घोषणा गरिएको थियो।

थारूवान

वासिङटन, एजेन्सी– चिकित्सा क्षेत्रमा सेक्स चेन्ज अर्थात लिंग परिवर्तनले अहिले पनि समाजमा बहस निम्त्याउने गरेको भए पनि विश्वमा पहिलो लिंग परिवर्तन भएको ६० वर्ष पुगेको छ। विश्वमा नै सफल लिंग परिवर्तन भएको वर्ष सन् १९५२ मा शल्यक्रियाका साथै हर्मोन थेरापी समेत गरिएको थियो। त्यसबेला एक अमेरिकाली अखबारले लिंग परिवर्तनको पहिलो...

थारूवान

एजेन्सी- जापानको उत्तरपूर्वी भेगमा ७.३ म्यागनिच्यूडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पका कारण सुनामी आउने चेतावनी दिइएको एजेन्सीहरुले बताएको छ। राजधानी टोकियोबाट ४ सय ९२ किलोमिटर उत्तरपूर्वमा रहेको कामिआशीमा केन्द्र बिन्दु बनाइ भूकम्प गएको अमेरिकी भूगर्भ मापन विभागले जनाएको छ। 

थारूवान