राजनीति

यी हुन् लेखीको टार्गेटमा परेका ७ नेता र मानवअधिकारकर्मी

थरुहट/थारुवान आन्दोलनका अगुवा तथा आदिवासी जनजाती केन्द्रीय महासंघका पूर्व केन्द्रीय अध्यक्ष राजकुमार लेखीले गत सोमबार कैलालीको टिकापुरमा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ८ प्रहरी र डेढ बर्षीय बालकको ज्यान जाने गरी भएको विभत्स घटनाको जिम्मेवार नेपाली कांग्रेस, नेकपा–एमाले, र एमाओवादीले जिम्मा लिनुपर्ने बताएका छन्।

थारूवान

महावीर चौधरी प्रधानमन्त्रीज्यू, थारुहरु को हुन्? के थारुहरु नेपालका जनता होइनन्? यदि थारुहरु नेपालका जनता हुन् भने थारुलाई राज्यबाटै दमन् शोषन, अन्याय र अत्यचार किन? के सम्पूर्ण नेपाली जनताको सुरक्षाको जिम्मेवारी नेपाल सरकारको होइन?

थारूवान

सेना परिचालन र कर्फ्यू लगाएर गरिएको वार्ता आह्वानको औचित्य नरहेको थारु कल्याणकारणी सभाका पूर्व महासचिव राजकुमार लेखीले बताएका छन्। वार्ताको माहोल बनाउन पहिला सेना र कर्फ्यू हटाउनुपर्ने लेखीको सर्त छ।

थारूवान

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका नेता लक्ष्मण थारुले हतियार उठाउने चेतावनी दिएका छन्। उनले सोझासाझा सर्वसाधारण र थारुको घरमा आगजनी गरेकोमा आपत्ति जनाउँदै सक्छ भने आफूलाई मार्न चेतावनी दिए। ‘टीकापुरमा छु। सक्छौं भने हामीलाई मार। किन थारुको घरमा आगो लगाउँछौं,’ उनले फेसबुकमा लेखेका छन्।

थारूवान

नेपाली कांग्रेसका सभासद् सुरेन्द्र चौधरीले गृहमन्त्री बामदेव गौतमका कारण देशमा अशान्ति मच्चिएको बताएका छन्। उनले गृहमन्त्रीकै सुरक्षा प्रमुखसँग सम्बन्ध बिग्रेको बेला देशमा कस्तो सुरक्षा हुन्छ भनी प्रश्न गरेका थिए। उनले दुई सुरक्षा बलको पनि सम्बन्ध चिसिएकाले टीकापुर घटना घटेको बताए। उनले राज्यले श्वेत आंतक मच्चाएको आरोपसमेत लगाए।

थारूवान

थारू नेताहरूले मुख्य तीन दलसँग वार्ता निम्ति पूर्वसर्त राखेका छन् । बुधबार बिहान थारू र मधेसीसँग वार्ता गर्ने कांग्रेस, एमाले र एमाओवादीको निर्णयपछि सिंहदरबारमा बसेको संयुक्त थारू संघर्ष समितिको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

थारूवान

थरुहट\थारुवान संयूक्त संघर्ष समितिले आफूहरु वार्ताविरोधी नभएको स्पष्ट पार्दै सरकारले लिखित रुपमा आग्रह गरे आफूहरुले त्यस विषयलाई गम्भीरतापूर्वक सोच्ने बताएको छ। समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै समितिका संयोजक धनिराम चौधरीले बार्ता गर्ने हो भने त्यसका लागि वातावरण निर्माण गर्नुपर्ने भन्दै झुटा मुद्दा खारेजी, क्षतिको पूर्ति, मृतकलाई सहिद घोषण गर्ने...

थारूवान

गिता दृष्टि सदियौंदेखि यही भूमिमा जन्मियौं, यही माटोमा हुर्क्यौं। आफ्ना नग्रा यही भूमिलाई उर्वर बनाउनका निम्ति खियायौं। हाम्रा पुर्खाहरुले औँलोको प्रवाह नगरी बाघ भालुको चङ्गुलबाट घना जंगललाई बस्ती बस्न लायक बनाए। त्यही उर्वर भूमिबाट उत्पादन गरी देशको आर्थिक उन्नतीसँगै देश विकासमा टेवा पुर्यांएको कुरा नेपालमा बस्ने सम्पूर्ण जातजातिले प्रशंसा...

थारूवान

थारु आन्दोलनका अगुवा राजकुमार लेखीले राज्यको हेपाहा प्रवृत्तिको कारण कैलालीको टिकापुरमा हिंसा भड्कीएको आरोप लगाएका छन् । थारु आन्दोलनलाई तुहाउन नियोजित रुपमा कैलालीको टिकापुर सरकारी पक्षले नै हिंसा भड्काएको उनको आरोप छ ।

थारूवान

थरुहट/थारुवान संयुक्त संघर्ष समितिका मूल संयोजक धनिराम चौधरीले टीकापुरको आन्दोलन सुनियोजित र आन्दोलन मत्थर गराउनका निम्ति घटाइएको बताएका छन्। बीबीसी नेपाली सेवासँग कुराकानी गर्दै थारु कल्याणकारिणी सभाका अध्यक्षसमेत रहेका चौधरीले आन्दोलनमा घुसपैठ भएको बताए। ‘निहत्था जनतामाथि गोली वर्षाइएपछि घटना घटेको हो। आन्दोलनमा घुसपैठ पनि भएको छ। यसको जिम्मेवारी राज्यले लिनुपर्छ,’ उनले...

थारूवान