लोकसेवा विज्ञापनविरुद्ध माइतीघर मन्डलामा विशाल प्रदर्शन गर्दै

लोकसेवा आयोगले जारी गरेको विज्ञापन समावेशी नभएको भन्दै आदिवासी जनजाति समर्थकले देशभरि विरोध प्रदर्शन गर्दै आएका छन्। जसअनुरुप आइतबार राजधानीलगायत देशैभर मसाल जुलुस र सोमबार सिठी जुलुस निकालिएको थियो। जेठ १५ गते लोकसेवा आयोगले खुलाएको विज्ञापन समावेशी नभएको र संविधानको मर्मविपरित भएको भन्दै आदिवासी जनजाति समर्थकले विरोध प्रदर्शन गर्दै आएका हुन् । Continue reading “लोकसेवा विज्ञापनविरुद्ध माइतीघर मन्डलामा विशाल प्रदर्शन गर्दै”

एसइईमा उत्कृष्ट नतिजा ल्याउने थारु विद्यार्थीलाई समाजले छात्रवृत्ति दिने

एसइईमा उत्कृष्ट नतीजा ल्याउने थारु विद्यार्थीलाई थारु विद्यार्थी समाजले छात्रवृत्ति प्रदान गर्ने भएको छ। समाजका अध्यक्ष चन्द्रप्रसाद चौधरीका अनुसार जिपिए ४ ल्याउनेलाई नाइटिङ्गेल स्कुलबाट प्लस टुका लागि फुल छात्रवृत्ति प्रदान गरिनेछ। त्यस्तै ए प्लस ल्याउनेलाई पचास प्रतिश त र ए ल्याउनेलाई २५ प्रतिशत छात्रवृत्ति प्रदान गरिनेछ।  Continue reading “एसइईमा उत्कृष्ट नतिजा ल्याउने थारु विद्यार्थीलाई समाजले छात्रवृत्ति दिने”

थाकसले भदौ ७ गते विद्रोह दिवस मनाउने, यस्तो छ २१ बुँदे सौरहा घोषणा पत्र

कारी महतो, चितवन।
चितवनको सौराहामा असार २१ र २२ गते भएको थारु कल्याणकारिणी सभा (थाकस) को एकीकृत थरुहट राष्ट्रिय भेला सम्पन्न भएको छ । भेलाले तयार पारेको २१ बुँदे सौराहा घोषणा पत्र आज भरतपुरमा पत्रकार सम्मेलन गरी जारी गरिएको छ । थाकसका महामन्त्री प्रेमीलाल चौधरीद्वारा हस्ताक्षरित सौराहा घोषणा पत्रको केही बुँदामा सरकारसँग विभिन्न मागहरु गरिएको छ भने केही बुँदामा भेलाको निर्णय र आगामी कार्यक्रमहरु बारे जानकारी गराइएको छ । Continue reading “थाकसले भदौ ७ गते विद्रोह दिवस मनाउने, यस्तो छ २१ बुँदे सौरहा घोषणा पत्र”

रेशम चौधरी १९ दिनपछि आज डिस्चार्ज हुँदै

उपचारमा सुधार भएपछि राजपाका निलम्बित सांसद रेशम चौधरी आज डिस्चार्स हुने भएका छन्। ढाडमा समस्या आएपछि उनी विगत १९ दिनदेखि वीर अस्पतालमा उपचार गराउँदैछन्। डाक्टरहरुले उनलाई दैनिकरुपमा चेकजाँच गराउन भनेको छ। सोहीअनुसार उनी नियमित चेकजाँच गराउनेछन्। उनी आज दिउँसो ३ बजे डिल्लीबजारस्थित करागार फर्किने उनको परिवारले जनाएका छन्।  Continue reading “रेशम चौधरी १९ दिनपछि आज डिस्चार्ज हुँदै”

चितवनको सौराहामा एकिकृत थरुहट राष्ट्रिय भेला

कारी महतो/चितवन।
थारु समुदायको पहिचान, प्रतिनिधित्व, स्वायत्तता, समानता र स्वाभिमानको सवाल बारे बृहत छलफल तथा अन्तरक्रियाका लागि चितवनको सौराहामा एकिकृत थरुहट राष्ट्रिय भेला आयोजना गरिएको छ । भेलामा सहभागी हुनका लागि काठमाडौं उपत्यका लगायत तराई र भित्री तराईका २५ जिल्लाबाट २५० थारु नेता तथा कार्यकर्ताहरु उपस्थित भएका छन् । थारु कल्याणकारिणी सभा (थाकस) केन्द्रिय समितिको आयोजनामा भएको भेलामा थाकसका केन्द्रीय पदाधिकारीहरु, केन्द्रीय पार्सदहरु, विभिन्न जिल्लाका जिल्ला सभापति लगायत प्रनिनिधिहरु थारुवान÷थरुहट आन्दोलनका अगुवा तथा सकृय कार्यकर्ताहरुको सहभागीता रहेको छ । भेला २२ गतेसम्म जारी रहनेछ । Continue reading “चितवनको सौराहामा एकिकृत थरुहट राष्ट्रिय भेला”

एकीकृत थरुहट राष्ट्रिय भेलामा धनिराम चौधरीको राजीनामा माग

थारु कल्याणकारिणी सभाका अध्यक्ष धनिराम चौधरीको राजीनामा माग गरिएको छ। चितवनको पर्यटकीय नगरी सौरहामा आजदेखि भइरहेको एकीकृत थरुहट राष्ट्रिय भेलामा बोल्ने जिल्ला सभापतिहरुले राजीनामा माग गरेका हुन्। धनिराम चौधरीका कारण आन्दोलन अगाडि बढ्न नसकेको भन्दै नवलपुरका सभापतिले अध्यक्ष धनिराम चौधरीले कि राजीनामा दिनुपर्ने वा कार्यबाहक दिनुपर्ने माग गरेका हुन्। Continue reading “एकीकृत थरुहट राष्ट्रिय भेलामा धनिराम चौधरीको राजीनामा माग”

थाकस उपमहामन्त्री मीनराज चौधरीको स्पष्टीकरण विवाद, कसको दबाबमा काटियो पत्र?

थारु कल्याणकारिणी सभा (थाकस)को अनुशासन तथा जाँचबुझ समितिले उपमहामन्त्री मीनराज चौधरीलाई तीन दिने स्पष्टीकरण सोधेको छ। मानबहादुर चौधरीको संयोजकत्वमा एक महिना अगाडि गठित समितिमा नेमनारायण सिंह थारु र रामराज चौधरी सदस्य छन्। Continue reading “थाकस उपमहामन्त्री मीनराज चौधरीको स्पष्टीकरण विवाद, कसको दबाबमा काटियो पत्र?”

आएर हेर टीकापुरमा [कविता]

एउटा जीन्दगी शिर उठाएर बाँच्न पाउँ भन्दै
एउटा मन्दारी सखिया झुमरा नाच्न पाउँ भन्दै
जसलाई,
जबरजस्त शालीभाटुको भाका खोक्न लगाइयो
मलिक्‍वाको अट्टहासमा मादल ठोक्न लगाइयो
अब त अति भो को अनुभुतिमा,
समानताको गीत गाउँछु भन्दा
आफ्ना वीर पुर्खाका गाथा सजाउछु भन्दा,
मुक्तिको ट्रासन ठोक्नेहरु जेल कोचिन्छन् कसरी
हातमा हतकडी खुट्टामा नेल ठोकिन्छन् कसरी
आएर हेर टीकापुरमा ।

भिडियोमा सुन्नुस्

Continue reading “आएर हेर टीकापुरमा [कविता]”

पुस्तक बेचेर उपचार गराउँदै रेशम चौधरी, भेट्न जाँदैनन् राजपा नेता

ढाडको समस्याले वीर अस्पतालमा उपचाररत रेशम चौधरीले आफूद्वारा लिखित पुस्तक (चिरफार) बेचेर उपचार खर्च जुटाइरहेका छन्। कैलाली क्षेत्र नं १ बाट निर्वाचित रेशमको उपचारमा उनको पार्टी  राजपा र सरकारले चासो नेदेखाएपछि भूमिगत रहेको अवस्थामा प्रकाशन गरेको किताब चिरफार बेचेर औषधि उपचार गराइरहेका छन्। Continue reading “पुस्तक बेचेर उपचार गराउँदै रेशम चौधरी, भेट्न जाँदैनन् राजपा नेता”

थरुहट थारुवान राष्ट्रिय सम्मेलनको तयारी तिव्र, सप्तरी र उदयपुरमा कमिटी गठन

भदौ ७, ८ र ९ गते टीकापुरमा हुने थरुहट थारुवान राष्ट्रिय सम्मेलनको तयारी समितिले सप्तरी र उदयपुरमा कमिटी गठन गरेको छ। थरुहट नेता लक्ष्मणए थारु, राजकुमाार लेखी, मीनराज थारु र राजपाका सांसद चन्द्रकान्त चौधरीको उपस्थितिमा उचित लाल चौधरीको संयोजकत्वमा २१ सदस्यीय सप्तरी कमिटी गठन भएको सलस्य सतिव तुल्सी चौधरीले जानकारी दिए। Continue reading “थरुहट थारुवान राष्ट्रिय सम्मेलनको तयारी तिव्र, सप्तरी र उदयपुरमा कमिटी गठन”