चितनवको रत्‍ननगर र कालिका नगरमा विजय गच्छदार नेतृत्व पार्टीबाट उम्मेदवारी

चितवनको रत्ननगर र कालिका नगरपालिकामा विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक पार्टीले मेयर पदका लागि उम्मेदवारी दर्ता गराएको छ। सो पार्टीबाट रत्ननगर नगरपालिकाको मेयरमा कृष्ण चौधरी र उपमेयरमा धन्जु महतोले उम्मेदवारी दिएका हुन्। रत्ननगरमा ठूला, साना र स्वतन्त्र गरी मेयरमा १२ जना र उपमेयरमा ११ जनाको उम्मेदवारी परेको छ।

त्यस्तै कालिका नगरपालिकामा नेपाल लोकतान्त्रिक फोरमबाट मेयरमा कमानसिंह चौधरीले उम्मेदवारी दर्ता गराएका छन्। उपमेयरमा भने कसैले उम्मेदवारी दिएका छैनन्। यो नगरपालिकामा मेयरका लागि ९ जना र उपमेयरमा ४ जनाको उम्मेदवारी परेको छ।