थारु गायक गायिकाले गाए कुमार सानु र अल्काको स्वरमा माघी गीत

गायक तथा सञ्चारकर्मी श्रीनिवास चौधरीले थारु नयाँ वर्ष माघीको नयाँ गीत सार्वजिनक गरेका छन्। आदिबासी थारु हमरे धर्तिपुत्र तराईकेलगायत चर्चित दुई सय पचासभन्दा बढी थारु नेपाली भोजपुरी गीत गाएका उनले आइल रे आइल माघी नामक गीत सर्वजनिक गरेका हुन्। थारु जनकबि बमबहादुर चौधरीको शब्द रहेको गीतमा उनलाई नवगायिका अनु चौधरीले साथ दिएकी छन्। गीतमा विकास चौधरीले संगीत दिएका छन् भने महाराजा थापाले संगीत संयोजन गरेका छन्।

नवगायिका अनु चौधरीको स्वरलाई बिलउडकी ख्यातीप्राप्त गायिका अल्का याज्ञनिकसँग तुलना गरिएको गायक श्रीनिवास चौधरीले जानकारी दिए। उनको स्वरले प्रभावित भएर आफूले पनि कुमार सानुको स्वर दिएको उनले बताए।

‘नवप्रतिभा अनु चौधरीको स्वर उत्कृष्ट छ। उनको संगीतप्रतिको भविष्य पनि राम्रो छ,’ गायक चौधरीले भने। गीत धेरैले मन पराउने विश्वास उनले लिएका छन्।