बाढीपहिरोबाट सूदुरपश्‍चिमका ६ सय ७१ परिवार विस्थापित

Darchula Floodकञ्चनपुर- सुदूरपश्चिमका छ जिल्लाका छ सय ७१ परिवार बाढी र पहिरोबाट पूर्ण रुपमा विस्थापित भएका छन्। असार ३ र ४ गतेको निरन्तर रुपमा परेको वर्षाका कारण बाढी र पहिरोबाट ती परिवार विस्थापित भएका हुन्। नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय समन्वय समितिको कार्यालय महेन्द्रनगरले दिएको जानकारीअनुसार बाढी र पहिरोबाट ६ जिल्लामा चार सय ८९ परिवारले आंशिक रुपमा क्षति व्यहोर्नु परेको छ। Continue reading “बाढीपहिरोबाट सूदुरपश्‍चिमका ६ सय ७१ परिवार विस्थापित”

थारुलाई मधेसी बनाउने दुस्प्रयास

Gopal Dahitगोपाल दहित- थरुहट तराईमा थारुहरुको जनसंख्या अहिले पनि सबैभन्दा बढी छ। ल्याबमा ट्यूव बच्चा जन्माएजस्तै नभएर थारुहरुले थरुहट भूगोलमा रहेको बनजंगल, हिंस्रक जनावर, बिषालु सर्प, विच्छी र किरा, महामारी रोजब्याध, जातीय तथा धार्मिक दमन, नरसंहार, प्राकृतिक प्रकोप, राजनीतिक तथा आर्थिक शोषणजस्ता समस्यासित लड्दै स्थापित भएको जातीय जनसंख्या हो। तराईलाई आजको मानव वस्तीयोग्य बनाउने पहिलो श्रेय आदिवासी थारुहरुले पाउँछ। यसर्थ यो भूगोलको ऐतिहासिक नाम थरुहट हो। Continue reading “थारुलाई मधेसी बनाउने दुस्प्रयास”

प्रविधिले बिगार्‍यो बानी

childकम्प्युटरको प्रयोगपछि तपाईं कलम कत्तिको चलाउनुहुन्छ? लामो समयसम्म कम्प्युटरमा नै टाइप गर्ने बानी बसेपछि परीक्षा दिन बस्दा कस्तो अनुभव गर्नुभएको छ? धेरैले दिने उत्तर हो– कठिन। हो, सूचना प्रविधिमा अब्बल हुने होडमा कलम समात्ने बानी बिर्सने क्रम बढ्दो छ। अनि अक्षर नि? कुनै समय राम्रैमा गनिने तपाईंको अक्षर अहिले देखाउन लाज लाग्ने भइसकेको हुनसक्छ। Continue reading “प्रविधिले बिगार्‍यो बानी”

गुगल चस्माबाट यौन ‘आउट’

Google-HUD

गुगल ग्लासका लागि तयार गरिएको एप्सले पोर्न किनमेलका लागि बाटो खुलाएको थियो। ग्लासमा नै पोर्न सामाग्री किन्न मिल्ने सुविधा यसले दिन्थ्यो। मानिसहरूले यो चस्मा लगाएर पोर्न फिल्महरू किन्न र हेर्न सक्थे। यतिमात्र होइन यो चस्माबाट मानिसहरूले नजिक नरही एक आपसमा यौनको सुख लिन सक्थे। टाढा रहेका गुगल ग्लास प्रयोगकर्ताले यौन आनन्द लिनसक्ने व्यवस्था यो एप्समा तयार गरिएको थियो। Continue reading “गुगल चस्माबाट यौन ‘आउट’”

हात–हातमा ट्याब्लेट

sony-tablet-s-wifi-tablet‘तपाईं कुन ट्याब्लेट प्रयोग गर्नुहुन्छ? आइप्याड कि अरू?’ नेपालमा ट्याब्लेट कल्चर छिर्दै गर्दा यस्तै सुनिन थालेको छ, शहरबजारमा। इन्टरनेट प्रयोग गर्ने जनसंख्या २० प्रतिशत पुगिनसकेको देशमा ट्याब्लेटले कत्रो हिस्सा लेला? एडिएसएलका कारण इन्टरनेटको प्रयोगकर्ता जुन रफ्तारमा बढेका छन्, त्यो रफ्तार अन्य आइएसपीहरूले लिन सकेका छैनन्। ट्याब्लेटको प्रयोग गर्ने प्रवृत्ति नेपाली समाजमा कछुवा गतिमा भइरहेको छ। Continue reading “हात–हातमा ट्याब्लेट”

बर्दियाका ११ गाविस उच्च जोखिममा

बर्दिया- आइतबार रातिदेखिको अबिरल वर्षाले कर्णाली नदीमा बाढी आएपछि राजापुर क्षेत्रका ११ गाबिस उच्च जोखिममा रहेको भन्दै पूर्व सतर्कताका लागि स्थानीय प्रशासनले आग्रह गरेको छ। मंगलबार बिहान १० बजे कर्णाली नदीमा पानीको सतह १३ मिटर ७० सेन्टिमिटर पुगेको छ। Continue reading “बर्दियाका ११ गाविस उच्च जोखिममा”