मुक्त कमलरीले खोले विद्यार्थी संगठन

Kamalari Student unionबाँके- दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका करिब १२ हजार मुक्त कमलरीले विद्यार्थी संगठन खोलेका छन्। ‘हक अधिकारका लागि आफैं जागौं, मुक्त भएका कमलरी विद्यार्थी एकजुट बनौं’ भन्ने नारासहित उनीहरुले जिल्ला जिल्लामा संगठन विस्तारको अभियानमा जुटेका छन्। बाँके जिल्लाबाट मुक्त कमलरीले ‘मुक्त कमलरी विद्यार्थी युनिययन’ नाम दिएर संगठन विस्तारको सुरुवात गरेका छन्। Continue reading “मुक्त कमलरीले खोले विद्यार्थी संगठन”

उत्कृष्ट खेलाडीको मनोनयनमा तिलक र भरत

Tilakram Tharu and Bharat Khawasकाठमाडौं- एथलेटिक्सका तिलकराम थारु र फुटबलका भरत खवास पल्सर स्पोर्ट्स अवार्ड २०६९ को पुरुषतर्फ उत्कृष्ट खेलाडीको मनोनयनमा परेका छन्। उनीहरुसँगै क्रिकेटका पारस खड्का, क्रिकेटकै बसन्त रेग्मी र कारतेका सुनिल लामा मनोनयनमा परेका हुन्। असार १८ गते हुने पल्सर अवार्ड समारोहमा विभिन्न ८ विधामा अवार्ड वितरण हुने खेलकुद मञ्चले जनाएको छ। Continue reading “उत्कृष्ट खेलाडीको मनोनयनमा तिलक र भरत”

बर्दियाली थारु विकास मञ्चमा सीताराम

bardiyali tharu bikash manch-3काठमाडौं- बर्दियाली थारु विकास मञ्च नेपालको पाँचौं अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ। अधिवेशनले सीताराम चौधरीको नेतृत्वमा १७ सदसीय कार्यसमिति चयन गरेको हो। अधिवेशनले वरिष्ठ उपाध्यक्षमा सन्जु चौधरी, उपाध्यक्षमा भीम चौधरी, महासचिवमा निराजन चौधरी, सचिवमा अंशुमान बखरिया उल्टहुवा थारु र कोषाध्यक्षमा आशा चौधरी चयन भएका छन्। Continue reading “बर्दियाली थारु विकास मञ्चमा सीताराम”

हलिउडमा सुमा (भिडियोसहित)

girl risingएजेन्सी- ओस्करमा नोमिनेटेड भएका निर्देशक रिचर्ड इ रोबिन्सले बर्दियाकी पूर्व कमलरी सुमा थारुको जीवनीमा आधारिता हलिउड फिल्म बनाएका छन्। ‘गर्ल राइजिङ’ नाम दिइएको उक्त फिल्म जुन २२ मा अमरिकी टेलिभिजन सीएनएनबाट प्रिमियर गरिएको थियो। ‘गर्ल राइजिङ’ शिक्षाबाट वञ्चित भएकी किशोरीहरुको कथा हो। फिल्ममा सुमाबाहेक अन्य ८ जना किशोरीको बारेमो देखाइएको छ। Continue reading “हलिउडमा सुमा (भिडियोसहित)”

माग पूरा नगरेको भन्दै पूर्वकमलरीद्वारा फेरि सिंहदरवार घेर्ने चेतावनी

Kamalari Lifestyleदेवेन्द्र बस्नेत, दाङ- सरकारसँग भएको १० बुँदे सम्झौता कार्यान्वयन हुने ‘छाँट’ नदेखिएपछि पूर्वकमलरीहरु फेरि आन्दोलनको तयारीमा जुटेका छन्। आन्दोलनरत पूर्वकमलरी र सरकारबीच जेठ २४ मा भएको १० बुँदे सहमति कार्यान्वयनमा सरकार उदासीन बनेको भन्दै पूर्वकमलरीहरुले फेरि आन्दोलनको तयारी थालेका हुन्। Continue reading “माग पूरा नगरेको भन्दै पूर्वकमलरीद्वारा फेरि सिंहदरवार घेर्ने चेतावनी”

केशरी सम्मानित

Kesari Chaudhary-1काठमाडौं- एथलेटिक्स खेलाडी केशरी चौधरी सम्मानित भएकी छन्। बर्दियाली थारु विकास मञ्च नेपालको पाचौं अधिवेशनको उद्‍घाटनमा खेलमार्फत् थारु समुदायलाई चिनाएको भन्दै उनलाई सम्मान गरिएको हो। थरुहट तराई पार्टी नेपालका वरिष्ठ नेता गोपाल दहितले उनलाई प्रमाण पत्र र खादा ओढाइ सम्मान गरेको थियो। Continue reading “केशरी सम्मानित”