अई थारु तुँ कहाँ बाटो

अई थारु तुँ कहाँ बाटो
सब्ज आपन हिस्सा अग्वारट
जग्गा जग्गाम खुँटा गारट
अँग्नक रुख्वक फल झ्वारट
तुँ कहाँ बिल्लाइल बाटो
तुहाँर मिझ्यारीम टाँग पसारट
तुँ काकर चुपचाप बाटो ?
यी धर्ती तुहाँर आपन हो Continue reading “अई थारु तुँ कहाँ बाटो”

वैवाहिक जीवनको रजत वर्ष

कृष्णराज सर्वहारी- यो फागुनको महिना, विवाहको मौसम। समयले कति चाँडै कोल्टे फेर्छ भने हेर्दाहेर्दै यो पंक्तिकारको विवाह भएको पनि २०७० माघ २७ गते रजत बर्ष अर्थात् पच्चीस वर्ष पार भएछ। थारू समुदायमा त्यसै पनि चाँडै विवाह गर्ने चलन छ। यो ज्यान आईए पहिलो वर्षको जाँच दिइ सकेर सत्र वर्षको अल्लारे उमेरमा २०४५ साल माघ २७ गते पञ्चै बाजा बजाएर डोली चढेर दुलही भित्र्याएको थियो। अहिले वैवाहिक जीवनको प्रमाणपत्रको रुपमा ३ छोरी छन्, जो वीवीएसदेखि हाइस्कूलसम्म अध्ययनरत छन्। थाहा छैन, जीवनको घुम्तीमा उनीहरूले कहिले, कस्ता जीवनसाथी रोज्ने हुन्। Continue reading “वैवाहिक जीवनको रजत वर्ष”

गुर्वावक् जल्मौटी र थारू समुदायको धर्म

somसोम डेमनडौरा– गुर्बाबा शब्द गुरू±बाबा दुई शब्दबाट बनेको हो। गुरू भन्नाले थारू भाषामा गुर्वा (झारफुक गर्ने व्यक्ति, पुजारी) लाई बुझिन्छ। गुर्वा थारू समुदायको गुरू हुन्, ज्ञानी पुरुष हुन्, जसले थारू गाउँको देबी देउताको पूजा गर्ने गर्दछन्। थारू समुदायमा गुर्वा पूज्य पुरुष हुन्। यिनीहरूको ज्ञान र मन्तरले गाउँमा धर्म कर्म, पूजापाठ गरिन्छ। गाउँघरमा कुनै किसिमको रोगब्याधीले सतायो या यस्तै खाले समस्या आयो भने गुर्वाको सहयोगले पूजापाठ गर्ने, देवीदेवतालाई मनाउने गरिन्छ। Continue reading “गुर्वावक् जल्मौटी र थारू समुदायको धर्म”

थारु विवाहमा गाइन्छ ‘माँगर’

बाराको डुमरवानामा थारु समुदायका युवाको विहापछि घरमा पूजा गर्दे।
बाराको डुमरवानामा थारु समुदायका युवाको विहापछि घरमा पूजा गर्दे।

सन्जु चौधरी, बर्दिया- थारु जातिमा माँगर बिहेको समयमा गाउने एउटा भाका हो। माँगर अरु समयमा गाइँदैन्। माँगर बिहेको सीजनमा गाइन्छ। ठोकौनी (मग्नी)को समयमा गाउने माँगरको लय एउटै भए नि शब्द फरक-फरक हुन्छ। पश्चिमतिरको थारु जातिमा बिहेको बेला प्रचलित गीत हो। थारु जातिमा मग्नीको बेला अर्थात् ठेकौनीमा समेत बुढापाकाहरु माँगर गाउँने गर्छन्। Continue reading “थारु विवाहमा गाइन्छ ‘माँगर’”

आउँदै छ आई–फोन ६

iphone6पोहोर एप्पलले आफ्नो उत्पादन आई–फोनको नयाँ संस्करण ल्याउँदा आई–फोन ६ ल्याउनुको साटो पुरानै आई–फोन फाइभका दुई परिस्कृत संस्करण पेश गर्यो , आई–फोन फाइभ एस र आई–फोन फाइभ सी। फाइभ सीलाई सस्तो मोडलका रूपमा प्रचार गरिए पनि यो त्यति सस्तो भने रहेन। सस्तोको साटो यो कलरफुल रह्यो। यद्यपि, बजारमा फाइभ एस जति फाइभ सी बिकेन। धातुको साटो प्लास्टिक रोजेको कारण पनि उपभोक्ताले यो त्यति नरुचाएको हो कि भन्ने बहस चल्यो। हुन त सामसुङका उत्पादनहरू प्लास्टिक कभरमै हुन्छन्। Continue reading “आउँदै छ आई–फोन ६”

वेटरदेखि सुपरस्टारसम्म

akshya kumarबलिउडमा ‘खेलाडी’ का नामले चर्चित छन्, अक्षय कुमार। ‘एक्सन हिरो’को रूपमा करिअरको सुरुवात गरे पनि उनको ‘रोमान्टिक हिरो’ को छवि र ‘कमेडी’लाई पनि दर्शकले त्यति नै मन पराएका छन्। मध्यमवर्गीय परिवारमा जन्मेका थिए उनी। छोरो एक दिन बलिउडको ‘सुपरस्टार’ बन्छ भन्ने सरकारी जागिरे बुवाले सपनामा पनि सोचेका थिएनन्। उनको वास्तविक नाम राजीव हरिओम भाटिया थियो। अमृतसरमा जन्मेका उनी बाल्यकालमै मुम्बई सरेका थिए। Continue reading “वेटरदेखि सुपरस्टारसम्म”

भ्यालेन्टाइन्स एप्स

avocado-iphone-android-appफेब्रुअरी प्रेमको महिना हो। चारैतिर प्रेमकै कुरा चलिरहँदा स्मार्टफोनभित्र पनि प्रेम अछुतो रहने कुरै भएन। यहाँ हामी भ्यालेन्टाइन्स डेका अवसरमा तपाईंका प्रियजनसँगको सम्बन्धलाई अझै दरिलो बनाउन मद्दत गर्ने केही एप्सबारे जानकारी गराउँदैछौँ। यी एप्सले यो विशेष दिनलाई अ्कभै विशेष बनाउन सहयोग गर्नेछ। Continue reading “भ्यालेन्टाइन्स एप्स”

बलियो बलिउड जोडी

Ajay Devgan and Kajoएजेन्सी- बलिउडमा अजय देवगन र काजोलको प्रेमलाई निकै सम्मानका साथ हेर्ने गरिन्छ। अभिनयको क्षेत्रमा विशिष्ट उचाइ बनाएका दुवै कलाकारले ‘अनस्त्रि्कन’ प्रेमलाई ‘अफस्त्रि्कन’ प्रेममा रूपान्तरण गरे। उनीहरूको प्रेम विवाहसम्म पुग्यो। दुई सन्तानसहित उनीहरूको सुखमय दाम्पत्य जीवनलाई बलिउडमा ‘सफल प्रेम’को उदाहरणका रूपमा प्रस्तुत गरिन्छ। Continue reading “बलियो बलिउड जोडी”

भादा बरी दूरः कार्यक्रम भर झूर (थारु भाषा)

सागर कुश्मी ‘संगत’- बुडीक् रोटीपानी ओर्वाके गाउँसे धनगढी ओर लग्लुँ। परम प्यारीहे डेरम् पुगाके मुटसले जन्तीराम जीहे फोन करलुँ। उहाँक निर्देशन अनुसार राजधानीसे पहुना लोग आसेकल ओरसे महिहे सन्‰यासम भादा गाउँ पुग्ही पर्ना बाध्यता हुइल।
ना साइकिल ना भरभड्डा, भादा पुग्ना लगा सेक्ले रहुँ हरबड्डा। आब हुइल कर्रा, कुछ समझमे नै आके उँखारे लग्लुँ ढर्रा। टबसम् टे छुटकी भैयक् टंकी हाउसफूल होसेकल रहिस्। Continue reading “भादा बरी दूरः कार्यक्रम भर झूर (थारु भाषा)”

थारू भाषा श्रृंखलाके बरस दिन पूरा

kipu kabitaकाठमाण्डौ- थारू भाषा तथा साहित्यिक श्रृंखला, कीर्तिपुरके एक बरस पूरा हुइलबा। २०६९ माघ महिनासे सुरु हुइलक श्रृंखलाको वार्षिक उत्सव इह माघ २५ गते विश्वविद्यालय क्याम्पस कीर्तिपुर परिसरम एक साहित्यक माहौलम मनागिल। Continue reading “थारू भाषा श्रृंखलाके बरस दिन पूरा”