मनाङ साठौंपटक लिग च्याम्पियन

manang_marshyangdiकाठमाडौं- मनाङ मर्स्याङ्दी क्लबले आज नेपाल प्रहरी क्लबलाई पराजित गर्दै सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ। दशरथ रङ्गशालामा भएको सो प्रतियोगितामा मनाङले प्रहरी २–० गोलअन्तरले पराजित गर्दै एक खेल अगावै उपाधिमाथि कब्जा जमाएको हो। Continue reading “मनाङ साठौंपटक लिग च्याम्पियन”

एमालेबाट आठ नयाँ अनुहार

तस्बिर : प्रदीपराज वन्त/रासस
तस्बिर : प्रदीपराज वन्त/रासस

काठमाडौं- नेकपा एमालेका तर्फबाट आज मन्त्री बन्नुभएका दशमध्ये आठ मन्त्री नयाँ अनुहार छन्। उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतम र ऊर्जामन्त्री राधा ज्ञवालीबाहेक अन्य आठ जना पहिलो पटक मन्त्री बनेका छन्। पार्टीका केन्द्रीय सदस्य ज्ञवालीले यसअघि डा बाबुराम भट्टराईको प्रधानमन्त्रीत्वकालमा १२ दिन सोही मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए। Continue reading “एमालेबाट आठ नयाँ अनुहार”

शान्ति सुरक्षा सदृढ गर्न प्राथमिकता दिनेछु : गौतम

तस्बिर : प्रदीपराज वन्त/रासस
तस्बिर : प्रदीपराज वन्त/रासस

काठमाडौं- नवनियुक्त उपप्रधानमन्त्रीद्वयले एक वर्षभित्र संविधानसभाबाट संविधान जारी गर्न र जनताको आर्थिक, सामाजिक जीवनस्तर माथि उकास्न वर्तमान सरकारको प्राथमिकता रहने बताएका छन्। पद तथा शपथग्रहणपछि राष्ट्रपति भवन शीतल निवासबाट बाहिरिने क्रममा उनीहरूले सरकारको नीति तथा कार्यक्रम शीघ्र सार्वजनिक हुने जानकारी दिए। उपपप्रधानमन्त्रीद्वय वामदेव गौतम र प्रकाशमान सिंहले सरकार गठन सहमति र सहकार्यबाटै भएको बताए। Continue reading “शान्ति सुरक्षा सदृढ गर्न प्राथमिकता दिनेछु : गौतम”

नवनियुक्त मन्त्रीद्वारा शपथग्रहण

oath_sushil_cabinetकाठमाडौं- प्रधानमन्त्री सुशील कोइरालाले नवनियुक्त उपप्रधानमन्त्री तथा मन्त्रिमण्डलका सदस्यलाई राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ गराएका छन्। राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्री कोइरालाले पहिले उपप्रधानमन्त्रीद्वय वामदेव गौतम र प्रकाशमान सिंहलाई र पछि मन्त्रिमण्डलका अन्य सदस्यलाई पद तथा गोपनीयताको शपथ गराए। समारोहमा उपराष्ट्रपति, संविधानसभाका अध्यक्ष, संवैधानिक अङ्गका प्रमुख, कूटनीतिक नियोगका प्रमुख एवं विभिन्न राजनीतिक दलका नेताको पनि उपस्थिति थियो। Continue reading “नवनियुक्त मन्त्रीद्वारा शपथग्रहण”

माघीको सम्झना र मेरो प्रतिज्ञा (अनुभूति)

surya bcसूर्य बी. सी.- झण्डै पन्ध्र बर्ष भएछ गाउँमा माघी नमनाएको। अर्थात् गाउँका बाल सखाहरूसँग नजिकबाट भेटघाट गर्न नपाएको, मनभरि–भरि मिठा–मिठा बात मार्न नपाएको। अथवा यसरी भनुँ चोखो गाउँले मायाको मीठो अनुभुति गर्न नपाएको। गाउँका मेरा थारू समुदायका आत्मीय साथीहरूका निश्चल बोली, निर्दोषपन, आत्मीयता, न्यानो स्वागतले निथ्रुक्क भिजेँ म यसपाली २०७० को माघीमा। Continue reading “माघीको सम्झना र मेरो प्रतिज्ञा (अनुभूति)”

यसकारण थारु मधेसी होइन

Tharu_lawmakers-4, Rajkumar Lekhiकाठमाडौं- थारु कल्याणकारिणी सभा (थाकस)ले आइतबार आयोजना गरेको कार्यक्रममा थाकसकै पूर्व महामन्त्री राजकुमार लेखीले अवधारणा पत्र प्रस्तुत गरे। उनले अवधारणा पत्रमा मुख्यतः राज्यपुनर्संचना र संघीयताबारे थारुहरुले कस्तो भूमिका खेल्नुपर्नेबारे ब्याख्या गरेका छन्। Continue reading “यसकारण थारु मधेसी होइन”

थाकसको सम्मान खाए थारु सभासद् (फोटो फिचर)

Tharu_lawmakers-1काठमाडौं– थारू कल्याणकारिणी सभाले विभिन्न दलबाट प्रतिनिधित्व गरेका थारू सभासदलाई आइतबार सम्मान गरेको छ। नेपाली कांग्रेसका पद्मनारायण चौधरी, रामचन्द्र चौधरी, दिलीप गच्छदार खवास, भोटनीदेवी खवास, नेकपा एमालेका बलवीर चौधरी, मञ्जु चौधरी, एकीकृत माओवादीका दिलमाया धामी, अञ्जना चौधरी, दुर्गा चौधरी, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका जनकराज चौधरी, कल्पना गच्छदार, थरुहट तराई पार्टी नेपालकी गंगा थारूलगायत सभासद सम्मानित भएका हुन्। Continue reading “थाकसको सम्मान खाए थारु सभासद् (फोटो फिचर)”

स्कूल जान र बाख्रा चराउन आलोपालो

School Nigaliमुकेश टेंर्रा, कैलाली- निगाली गाउँ विकास समिति वडा नम्बर ७ सिमली कक्षा ४ पढ्ने भरत विक हप्तामा तीन दिन मात्रै स्कूल जान्छन्। उनका कक्षा ३ मा पढ्ने भाइ कमल, दाजु (भरत) स्कूल गएको तीन दिन बाख्रा चराउन जंगल पस्छन्। आफ्नै गाउँको भैरौं प्राविमा पढ्ने भरत र कमल स्कूल जान र बाख्रा चराउन आलोपालो गर्ने गरेका हुन्। त्यसै स्कूलका कक्षा ४ पढ्ने मुकेश विकका दुई भाइ र एक बहिनी छन्। उनीहरूका अभिभावकले पनि भाइबहिनीमा स्कूल र बाख्रा चराउन जाने आलोपालोको नियम बनाइदिएका छन्। Continue reading “स्कूल जान र बाख्रा चराउन आलोपालो”