‘एक मधेस, एक प्रदेश’ असम्भव भनेपछि गच्छदारसँग विच्किए उपेन्द्र यादव

madhesi Morcha

राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टीको केन्द्रीय कार्यालयमा फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार र फोरम लोकतान्त्रिकका अध्यक्ष उपेन्द्र यादवबीच भनाभन परेको छ। आज बिहान साढे ११ बजे संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक बस्ने भनेर हिजो तय गरिएको भए पनि बिहान गच्छदारले आज बैठक नराख्ने आसयको कुरा गरेका थिए। त्यसैले गच्छदार मोर्चाको बैठक स्थल सदभावना कार्यालयमा सवा एक बजे मात्र पुगेका थिए। Continue reading “‘एक मधेस, एक प्रदेश’ असम्भव भनेपछि गच्छदारसँग विच्किए उपेन्द्र यादव”

मुक्त कमैया महिला व्यवसायी बन्दै

भीमदत्तनगर- कञ्चनपुरको दैजी गाविस–३ धरमपुरकी सुनिता चौधरीले गत वर्ष असोजदेखि च्याउ उत्पादनमा समय खर्चिंदै आएकी छिन्। थौरै लगानी तथा कम मेहनतले राम्रो आयआर्जन गर्न सकिने देखेपछि चौधरी च्याउखेतीमा समर्पित भएकी हुन्। यसअघि उहाँको पूरै समय छोराछोरीको रेखदेख र चुलोचौकोमै बित्थ्यो। Continue reading “मुक्त कमैया महिला व्यवसायी बन्दै”

गंगाले थाकस पदाधिकारीलाई ‘झोला बोकुवा’ भनेपछि लेखी आक्रोशित

Rajkumar Lekhi VS Ganga Tharu

सहिद दिवसको भोलिपल्ट थारु कल्याणकारिणी सभाले ‘सहिद स्मरण समारोह’नामक कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा थारु कल्याणकारिणी सभा (थाकस)का केही पदाधिकारी, थारु संघसंस्थाका पदाधिकारी, थारु सभासद् तथा जनजाति सभासद्/अगुवा उपस्थित थिए। कार्यक्रममा वक्ताहरुले सहिदलाई भन्दा पनि आदिवासी जनाजतिका मुद्दाबारे बहस गरिरहेका थिए। Continue reading “गंगाले थाकस पदाधिकारीलाई ‘झोला बोकुवा’ भनेपछि लेखी आक्रोशित”

‘एक मधेस, एक प्रदेश असम्भव कुरा हो, दुइटा प्रदेशमा पनि मिल्ने सम्भावना छैन’

bijay-kumar-gachhedar

संंविधान निर्माणको विषयलाई लिएर राजनीतिक दलहरूबीच ध्रुवीकरण सुरु भएको छ । माघ ११ गते दुई तिहाइको समर्थनमा संविधानसभाले संविधानका विवादित विषयलाई बहुमतीय प्रक्रियाबाट टुंग्याउन प्रश्नावली बनाउन प्रस्ताव समिति घोषणा गरेपछि सत्तापक्ष र विपक्षी मोर्चाबीच ध्रुवीकरण झनै बढेको छ । यद्यपि विपक्षी मोर्चामा रहेका मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले ल्याएको मध्यमार्गी प्रस्ताव यतिबेला सत्तापक्ष र प्रतिपक्ष दुवैतिर चर्चामा छ । Continue reading “‘एक मधेस, एक प्रदेश असम्भव कुरा हो, दुइटा प्रदेशमा पनि मिल्ने सम्भावना छैन’”

आन्दोलनका विषयमा मधेसी मोर्चाभित्र विवाद

madhesi-leaders

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाभित्र सडक आन्लोलन गर्ने विषयमा विवाव बढ्दै गएको छ। वार्ताको औचित्य नभएको भन्दै सडक आन्दोलनको पक्षमा रहेका फोरम नेपाल, तमलोपा र सद्भावना पार्टीका नेताले बताइरहेका बेला फोरम लोकतान्त्रिकले भने संवाद समितिमार्फत् विवाद सुल्झाउनुपर्ने बताएपछि मोर्चाभित्र विवाद बढेको हो। Continue reading “आन्दोलनका विषयमा मधेसी मोर्चाभित्र विवाद”

मधेसी मोर्चाले कस्तो रणनीति बनाउँदैछ ?

madhesi-leaders

प्रमुख प्रतिपक्षीदल एकिकृत (नेकपा)माओवादीसँग मोर्चाबन्दी गरेका मधेसवादी दलहरुबीच पछिल्लो समय खटपट चुलिएको छ। पछिल्लो समय एमाओवादी नेतत्वको मोर्चामा खटपट आएको र सो मोर्चामा आबद्ध मधेसी मोर्चाभित्र पनि विवाद रहेको नेताहरुको सार्वजनिक अभिव्यक्तिबाट प्रष्ट हुन्छ। संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले प्रक्रिया अगाडि बढाएपछि मोर्चाभित्रको प्रमुख दल एमाओवादीका सभासद्हरु संसद्का विभिन्न समितिको बैठकमा आउन छोडेका छन्। उनीहरुले सभाध्यक्षसँग सहकार्य नगर्ने घोषणासमेत गरेका छन्। Continue reading “मधेसी मोर्चाले कस्तो रणनीति बनाउँदैछ ?”

थारु सहिदलाई यसरी सम्झिए थारु नेताहरु

Tha Ka Sa_Tharu Sahid Smaran-7, Tharu Sahid

थरुहट आन्दोलनमा वीरगति प्राप्त गर्ने सहिदहरुलाई थारु अगुवाले सम्झाना गरेका छन्। थारु कल्याणकारिणी सभाले आयोजना गरेको कार्यक्रममा थरुहट आन्दोलनमा ज्यान गुमाउने ५ सहिदहरुप्रति श्रदाञ्जली अर्पण गरियो। २०६५ फागुनमा भएको थरुहट आन्दोलनमा कमल चौधरी, विपिन खड्का, रामप्रसाद चौधरी, प्रकाश चौधरी र धनबहादुर थनेत थारुले ज्यान गुमाएका थिए। कार्यक्रममा सहभागी थारु नेताहरुले थारु हक अधिकारका लागि बलिदानी दिने सहिदहरुलाई कहिल्यै बिर्सिन नसक्ने बताएका थिए। कार्यक्रमका तस्बिर हेर्नुस्: Continue reading “थारु सहिदलाई यसरी सम्झिए थारु नेताहरु”

गच्छदारको पार्टीले भन्यो- ‘आन्दोलन होइन, सहमति’

bijay-kumar-gachhedar

काठमाडौं- मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले ‘आन्दोलनभन्दा सहमतिबाटै संविधान निर्माणका लागि पहलकदमी लिनुपर्ने’ निर्णय गरेको छ। सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा तीन दिन चलेको अनौपचारिक केन्द्रीय समिति बैठकले देशले आन्दोलनभन्दा सहमति खोजेको भन्दै त्यसका लागि पहलकदमीको नेतृत्व फोरम लोकतान्त्रिकले गर्नुपर्ने निष्कर्ष निकालेको हो। Continue reading “गच्छदारको पार्टीले भन्यो- ‘आन्दोलन होइन, सहमति’”

एमाओवादी मोर्चा गच्छदारले छोड्लान्?

Bijay Gachhdar

‘कुनै पनि बेला मोर्चा छाडेर सरकारमा जान सक्ने’ भनि आरोप खेपिरहेका मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले एमाओवादी नेतृत्वको मोर्चा छाड्ने संकेत गरेका छन् । पार्टीको बैठकमा अध्यक्ष गच्छदारले मोर्चामा आफूलाई लक्षित गरी टिक्का टिप्पणी हुने गरेको कारण त्यहाँ बस्न मन नभएको धारणा बैठकमा राखेको स्रोतले जनाएको छ । Continue reading “एमाओवादी मोर्चा गच्छदारले छोड्लान्?”

थाकसको इतिहासमा अर्को धब्बा लाग्दै

Kari Mahtoकारी महतो- इतिहास कहिल्यै लुक्दैन। इतिहासलाई जतिसुकै बङ्ग्याउन खोजे पनि आखिर एकदिन यथार्थ जे हो त्यो प्रकाशमा आइहाल्छ। इतिहास साक्षी छ, विगत अढाई सय वर्ष अघिदेखि नै हक-अधिकार र पहिचानका लागि थारु समुदायले बिगतमा थुप्रै भद्र तर कठोर आन्दोलन गरेका छन् (नेपालका राजा र तराईका थारु)। तर थारु समुदायको स्वतन्त्र र साझा भनिने छाता संगठन थाकसले भने सांगठनिक रुपमा ०६२/६३ को आन्दोलन पश्चात राजकुमार लेखीको थाकसको महामन्त्रीत्व कालमा मात्र आनदोलनको थालनी गरेको हो भन्ने गरिन्छ। त्यसभन्दा अगाडि थाकसले सत्तापक्षको पृष्ठपोषण गरिरहेको इतिहास सुन्न पाइन्छ। केही थारु अधिकारकर्मीहरुका अनुसार थाकस अहिले पनि त्यही बाटोमा रहेको गुनासो छ। Continue reading “थाकसको इतिहासमा अर्को धब्बा लाग्दै”