चार शक्ति भनिएका पार्टीविरुद्ध थाकसले भण्डाफोर अभियान चलाउने

Tharu Indtraction Prgm

संविधानसभाका मुख्य चारवटै शक्ति बेइमान भन्दै भण्डाफोर अभियान चलाइने भएको छ । थारु कल्याणकारिणी सभाले त्यस्तो भण्डाफोर अभियान चलाउन लागेको हो ।संविधान बनाउन मुख्य चारशक्ति इमानदार नभएको, सत्ता र शक्तिको दम्भ देखाएर संविधान निर्माणलाई नै अनिश्चित बनाएको भन्दै सभाले भण्डाफोर अभियान चलाउन लागेको हो ।  Continue reading “चार शक्ति भनिएका पार्टीविरुद्ध थाकसले भण्डाफोर अभियान चलाउने”

विहे खर्च कटाएर सभासद्द्वारा कमलरीलाई सहयोग

Bihe Kharcha

काठमाडौं- बाजा बजिरहेको थियो। सँगै नाच्नेहरु आफ्नै धूनमा मस्त। भोजमा लाइन लागेकाहरु कसरी छिटो पालो आउँछ भन्नेमै ब्यस्त। यसैबीच सुकेधारास्थित सेलिब्रेसन पार्टी प्यालेसको एउटा भागमा माइकमा बोलेको आवाज सुनिन थाल्यो। उद्घोषकको अनुरोधसँगै दुलाहा र दुलही एकैसाथ उठेर एमाले अध्यक्ष केपी ओलीसँगै मिलेर मुक्त कमलरी उर्मिला चौधरी र दिलकुमारी चौधरीलाई पैसाको मुठो हस्तान्तरण गरेपछि उपस्थितबीच खासखुस चल्न चाल्यो। सबै जान्न चाहन्थे कि यो पैसा किन र कसलाई दिएको होला? Continue reading “विहे खर्च कटाएर सभासद्द्वारा कमलरीलाई सहयोग”

बर्दाियाका तेस्रोलिंगी प्रकाश थारूले नागरिकता पाए

Prakash-Tharu-baradiyaधधवार १ का प्रकाश थारू बुधबार बर्दियाका प्रशासकीय अधिकृत डिल्लीराम आचार्यको कार्यकक्षमा थिए । उनले दुवै हातका बूढीआंैलाले पुरानो ढड्डामा पालैपालो ल्याप्चे लगाए । आचार्यले एकटक उनको अनुहारमा हेरेर नेपाली नागरिकताको परिचयपत्रमा हस्ताक्षर गरिदिए । लिंगमा लेखिएको थियो- ‘अन्य’ । ‘अन्य’ भनेर प्रकाशले ४० वर्षको उमेरमा नागरिकता पाएका हुन् । नागरिकताका लागि जिल्ला प्रशासन कार्यालय धाउँदैमा उनका थुप्रै वर्ष बिते । नयाँ परिचय र पहिचानसाथ नेपाली नागरिकता लिन खोजेका प्रकाशको त्यो सपना त पूरा भएन तर ‘अन्य’ भनेर नागरिकता पाउँदा केही हदसम्म आफ्नो संर्घष पूरा भएको उनले बताए ।  Continue reading “बर्दाियाका तेस्रोलिंगी प्रकाश थारूले नागरिकता पाए”

तेजुलाल चौधरी भन्छन्- ‘नेम्वाङको निर्णय गलत थियो, म सत्तापक्षसँग सन्तुष्ट छैन’

Tejulal Chaudhary

नेपाली कांग्रेसकै सभासद् तेजुलाल चौधरीले आफू सत्तापक्षसँग असन्तुष्ट भएको बताएका छन्। उनले विपक्षी दल एमाओवादी, मधेसीलगायतलाई संविधान निर्माण प्रक्रियामा समेट्नुपर्ने बताउँदै असन्तुष्टि जनाएका हुन्। ‘द भ्वाइ अफ मधेस’नामक अंग्रेजी साप्ताहिक पत्रिकासँग कुरा गर्दै चौधरीले प्रश्नावली समिति गठन गर्नुको मतलब नभएको बताएका छन्। ‘विपक्षी गठबन्धनलाई साइड लगाएर संविधान निर्माण निर्माणको प्रक्रिया अगाडि बढाइएको छ। तर उनीहरुको अनुपस्थितिमा बनाइएको संविधान दीर्घकालीन टिक्न सक्दैन।’ Continue reading “तेजुलाल चौधरी भन्छन्- ‘नेम्वाङको निर्णय गलत थियो, म सत्तापक्षसँग सन्तुष्ट छैन’”

थरुहट राज्यबारे राजनीतिक बहस

CN Tharuसीएन थारू- थरुहट आन्दोलन एथ्नोनेशनालिज्मको धार हो कि यो इन्डिजिनिष्ट मुभमेन्टको धार हो वहस यहि नै देखिन्छ। अर्को तथ्य के भने हामीसँग एक दशक आन्दोलनको अनुभव पनि छ। यस प्रकारको अनुभवको विचबाट वहसको गति हेर्दा पहिचान सहितको संघीयता संश्लेषण गरी आन्दोलनलाई धेरैजसो राजनीतिक तथा दवाव समूहले अगाडि बढाउने गरेको अवस्थामा विपक्षी शक्तिहरूले यो सम्भव नरहेको बताउदै आएका छन्। विपक्षीहरूको तर्क के रहेको पाईन्छ भने जातीय पहिचानको आधारमा संघात्मक संरचनाको व्यवस्था गर्न पुगे सामाजिक सदभाव विथोलिने तथा देशमा विग्रह पैदा हुनेछ। पक्ष र विपक्षमा यस प्रकारको तर्कहरू उठ्नु आवश्यक पनि छ। त्यसकारण विपक्षी मत अनुसार थरुहट राज्यको सम्भावना छैन। यसले नेपालको अखण्डतामा असर पुर्‍याउनेछ भने नेपाली राष्ट्रियतालाई कमजोर बनाउनेछ। विपक्षीहरूको यो तर्क सम्बन्धि मनोविज्ञान के छ? त्यसो भए थरुहट स्वायत्त राज्यसम्बन्धि प्रस्तुत अवधारणा के बौद्धिक विलासिताको लागि मात्र हो? यो लेखमा ती प्रश्नहरूको जवाफ खोजिने छ। Continue reading “थरुहट राज्यबारे राजनीतिक बहस”

माघी, मदिरा र थारू अगुवा

KRISHNA SARBAHARI PHOTO.docकृष्णराज सर्वहारी- पिउनेहरूलाई बहाना चाहिन्छ। माघ महिनाभरी माघी नै हो भनेर धेरैले लगातार पिइरहेका छन्। माघ १ गते राजधानीको टुँडिखेलमा माघी महोत्सवमा मदिराको छेलोखेलो थियो, जो विगत एक दशकदेखि देखिँदै आएको दृश्य हो। त्यो दिन झमक्क साँझमा कीर्तिपुरको गाडी उक्लिँदा एक थारू युवा मदिराले लठ्ठ अर्को अधवैंशेलाई ठेल्दै शहीदगेटमा गाडी चढाए। सीट नपाएर अधवैंशेलाई सम्हालेका युवालाई आफै उभिन गाह्रो भएपछि एक यात्रु कराए- ‘खान पाएपछि ठीक्कको खानु नि। माघी हो भन्दैमा घाँटीसम्मै पुग्ने गरी घिच्नुपर्छ?’ त्यो दृश्यले थारू समुदायको यो पंक्तिकारलाई शरम लाग्नु स्वाभाविक थियो। राजधानीको टुँडिखेलमा थारूको माघी महोत्सवमा मात्रै होइन, अन्य जनजतिको ल्होछार, साकेला लगायतको महोत्सवमा मदिराको बाढीले धेरैलाई बगाइरहेको हुन्छ। Continue reading “माघी, मदिरा र थारू अगुवा”

बहुप्रदेशको भूमरीमा अल्झिएको थाकस

मिनराज चौधरी

मीनराज चौधरी– राज्य पुनर्संरचनाको सबालमा थारु कल्याणकारिणी सभा (थाकस)को झापामा सम्पन्न भएको २१औं राष्ट्रिय महाधिवेशनबाट पारित २१ बुँदे घोषणापत्रअन्तर्गत ७ नम्बर बुँदामा ‘थरुहट तराईमा बहुप्रदेश हुनुपर्छ’ भन्दै प्रदेशको संख्या नै एकीन नगरी, साँध सीमाना पनि स्पष्ट नपारी हिमाल पहाडमा जति वटा प्रदेश बन्छन् त्यति वटा थरुहट तराईमा प्रदेश बन्नुपर्छ भन्ने धारणा ल्यायो। त्यसैगरी थारु जागरण अभियान २०७१ कात्तिक १५ को अवधारणाको (ख)मा राज्य पुनर्संरचनाको सबालमा धेरैभन्दा धेरै प्रदेश थरुहटमा बन्नुपर्छ भन्ने अमूर्त धारणा ल्याएपश्चात् थारु कल्याणकारिणी सभा आम थारु समुदाय, आदिवासी जनजाति र नेपालको राष्ट्रिय राजनीतिमा फरक कित्तामा उभिएको हो किजस्तो भान भइहेको छ। Continue reading “बहुप्रदेशको भूमरीमा अल्झिएको थाकस”

तराईका २२ जिल्लामा स्वार्थको टक्कर, कसको के स्वार्थ?

terai jilla

संविधानसभाभित्र तराई–मधेसका २२ जिल्लालाई कसरी प्रदेशमा विभाजन गरी मुलुकलाई संघीयतामा लैजाने भन्नेमा ‘आक्रामक’ बहस चलिरहेको छ। संघीयताको सीमांकन र नामांकनमा मुख्य विवादित ती २२ जिल्लाका क्षेत्रलाई कसरी सीमांकन र नामांकन गर्ने भन्नेमा दर्जनौं ‘इन्ट्रेस्ट समूह’ सक्रिय रहँदा संविधान निर्माणमा सहमति हुन सकेको छैन। मुलुका पहाडी र हिमाली क्षेत्रका प्रदेश निर्माणभन्दा पनि तराई–मधेसका २२ जिल्लामा गरिने प्रदेश निर्माण बढी पेचिलो बन्दै गएको छ जसले संविधान निर्माणमै संघीयताको अड्किएको छ।  Continue reading “तराईका २२ जिल्लामा स्वार्थको टक्कर, कसको के स्वार्थ?”

‘दाहाललाई रोक्ने’ गच्छदार

Bijay-Kumar-Gachchhadar

संविधानसभा नै छाडेर हिँड्ने विपक्षी गठबन्धनका संयोजक तथा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको प्रस्तावलाई मोर्चाकै अर्का नेता विजयकुमार गच्छदारले ठाडै अस्वीकार गरिदिए। ‘संविधानसभा छाडेर कुनै पनि आन्दोलनमा जान सकिँदैन, आफूहरुलाई लागेको कुरा संविधानसभाभित्रै लडेर भन्न सकिन्छ, लड्ने ठाउँ नै त्यही हो,’ आइतबार गच्छदारले मोर्चाको बैठकमा अडान कसे। मधेसी मोर्चाभित्र संविधानसभा नछाड्ने निर्णय गराउन प्रमुख भूमिका खेलेका गच्छदारको अडानले दाहाल हच्किन बाध्य हुनुपर्यों।  Continue reading “‘दाहाललाई रोक्ने’ गच्छदार”

मिस नेपालले आवेदन खुल्यो

Miss Nepal Application opensमिस नेपाल २०१५ को २० औं संस्करण आउँदो वैशाख ४ मा अन्नपूर्ण होटलमा हुने भएको छ। प्रतियोगिताका लागि नेपालभरका युवतीका लागि आवेदन खुला गरिएको घोषणा आइतबार अन्नपूर्ण होटलमा गरियो। प्रतियोगितामा भाग लिन चाहने युवतीहरुले आउँदो फागुन १६ सम्म फारम भरी ६ हप्ते गहन तालिममा सामेल हुनुपर्ने बताइएको छ। वन्यजन्तु तथा प्रकृति संरक्षण र महिला हिंसाविरुद्ध प्रशिक्षण गराइने आयोजक हिडन ट्रेजरले जानकारी गरायो। Continue reading “मिस नेपालले आवेदन खुल्यो”