टीकापुर सम्मेलनले दिएको सन्देश

सिताराम थारु।

‘त्यो हत्यारा, त्यो पुलिस मार्ने रेशम थारुको वकालत गर्नु हुन्छ तपाईं ? म नि एउटा पुलिसको श्रीमती हुँ, मैले एसएसपीको बुढीको आँशु देखेको छु । पीडा के हो मैले महसुस गरेको छु । मान्छे मार्ने थारुहरु जंगली हुन्, आतंककारी हुन, दुई बर्षको बच्चालाई नि छोडेनन् यी थारुहरु ?’ एउटा ठूला दलका युवा नेतृले एकपीक्षय मसँग आक्रोश पोख्दै थिइन् । सायद उनले जे सुने, जे बुझे, राज्य हाक्ने शासक र यो देशको नस्लबादी मिडियाले जे बुझाए उनी पनि त्यही बुझिन् । Continue reading “टीकापुर सम्मेलनले दिएको सन्देश”

थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजकमा लक्ष्मण थारु

टीकापुरमा आयोजित तीन दिने सम्मेलनले थरुहट थारुवान राष्ट्रिय मोर्चा गठन गरेको छ। आइतबार सम्मन्न भेलाले लक्ष्मण थारुको संयोजकत्वमा १०१ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ। मोर्चामा प्रवक्ताका रुपमा मिनराज चौधरी र महासचिवमा तुल्सी थारुलाई राखिएको छ। आजै पत्रकार सम्मेलनमार्फत् १५ बुँदे टीकापुर घोषणापत्र सार्वजनिक गरिँदैछ। Continue reading “थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजकमा लक्ष्मण थारु”

टीकापुर सम्मेलन : थरूहट थारूवान प्रदेशका लागि आन्दाेलन प्रस्ताव

टीकापुरमा भइरहेको थरुहट/थारुवान राष्ट्रिय सम्मेलनमा संविधान संशोधनसहित थरुहट प्रदेशका लागि फेरि आन्दोलन गर्नुपर्ने मुद्दा प्रस्ताव गरिएको छ । Continue reading “टीकापुर सम्मेलन : थरूहट थारूवान प्रदेशका लागि आन्दाेलन प्रस्ताव”

बीस हजारको सहभागिता रहेको टीकापुर सम्मेलनको फोटो फिचर

थरुहट थारुवान राष्ट्रिय सम्मेलनमा कम्तीमा २० हजारको सहभागिता रहेको आयोजकले जनाएको छ। सम्मेलनका कैलाली संयोजक माधव थारुका अनुसार १५ हजार पास दिउँसो १ बजे सकिएको थियो। सहिद परिवारबाट उद्‍घाटन गराइएको सम्मेलनमा प्रमुख वक्ताका रुपमा बाबुराम भट्टराई, लक्ष्मणलाल कर्ण, खगेन्द्र संग्रौला, लक्ष्मण थारुलगायत थिए। सबैले थारु अधिकार प्राप्तिका लागि विद्रोहको विकल्प नरहेको बताएका थिए। बाबुराम भट्टराईले पनि थारुहरुलाई विद्रोह नरोक्न सुझाएका थिए। त्यस्तै थरुहट नेता लक्ष्मण थारुले यो सम्मेलनले आन्दोलनको पुनर्जीवन गरेको बताए। Continue reading “बीस हजारको सहभागिता रहेको टीकापुर सम्मेलनको फोटो फिचर”

थरुहट विद्रोह दिवसको रुपमा अन्तरक्रिया

कारी महतो/चितवन।

थारु कल्याणकारिणी सभा (थाकस) चितवन शाखाले विद्रोह दिवसको रुपमा आज रत्ननगर नगरपालिका, डेबोलीमा रहेको क्षेत्र नं. ८ को भवनमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा सहभागीहरुले मिश्रित प्रतिक्रिया दिएका छन् । आजकै दिन कैलालीको टिकापुरमा थरुहट थारुवान राष्ट्रिय सम्मेलन भैरहेको अवस्थामा टिकापुरमै केन्द्रीत हुनुपर्नेमा विभिन्न जिल्लाहरुमा भएको विद्रोह कार्र्यक्रमप्रति केहि सहभागीहरुले असन्तुष्टि व्यक्त गरेका थिए । तर केहि सहभागीहरुले भने टिकापुरको थरुहट थारुवान राष्ट्रिय सम्मेलनले थारुहरुको मागमुद्दालाई निकास दिन नसक्ने बताए ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा आमन्त्रित थाकसका महामन्त्री प्रेमीलाल चौधरीले चितवनकै सौराहामा गत असारमा भएको राष्ट्रिय भेलाको निर्णय अनुसार नै थाकसले जिल्ला जिल्लामा थरुहट विद्रोह दिवस मनाएको बताए । विगत चार वर्ष अगाडि भदौ ७ गतेका दिन थरुहट थारुवान आन्दोलनको क्रममा कैलालीको टिकापुरमा आठ जनाको ज्यान गएको थियो । आन्दोलनको त्यसै दिनलाई स्मरण गर्दै थाकसले विद्रोह दिवसको रुपमा मनाएको हो । त्यसदिनको भएको घटनामा सुरक्षाकर्मीकै बन्दुकबाट निस्केको गोली लागी बालकको मृत्यु भएको थाकस महामन्त्री प्रेमीलाल चौधरीले बताए । घटना भए लगत्तै तत्कालीन गृृहमन्त्री बामदेव गौतमले संसदमा बोलेको कुरा स्मरण गर्दै भने– “त्यो घटना थारुहरुले घटाएको नभई दक्षिणबाट गाडीमा आएका एक हुल मानिसले घटाएका हुन् भनेर बामदेव गौतमले बताएका थिए । तर रेशम चौधरी लगायत निर्दोष थारुहरुलाई राज्यले जेलमा थुन्नुको तात्पर्य के हो ?”

कार्यक्रममा थाकसका पूर्व सचिव संजय चौधरीले अवधारणा पत्र प्रस्तुत गरेका थिए । अवधारण पत्र प्रस्तुत गर्दै उनले थारुहरुलाई राज्यले राजनैतिक, भौगोलिक, सामाजिक, भाषिक, साँस्कृतिक, लैङ्गिक अधिकारबाट वञ्चित गरेकोले गोलबद्ध भई सशक्त ढंगले आवाज उठाउनुपर्ने बताए ।

कार्यक्रममा थाकसका केन्द्रीय सदस्य राजेन्द्र प्रसाद चौधरी, केन्द्रीय पार्सद हेमराज महतो, केन्द्रीय पार्सद लक्ष्मी चौधरी, सल्लाहकार जयचन्द्र चौधरी, निवर्तमान सभपति विश्राम महतो, थारु महिला सभा चितवनका अध्यक्ष धन्जु महतो, क्षेत्रीय सभापति भिम महतो, रामेश्वर चौधरी, क्षेत्रीय सचिव नारायण चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा ९० बढी कार्यकर्ता एवम् सर्वसाधारणको उपस्थिति रहेको आयोजकले बताए । कार्यक्रम थाकस चितवनका सभापति ललित कुमार चौधरीको अध्यक्षतामा सम्पन्न भएको हो ।

थारु पत्रकार संघ पश्चिम नवलपरासीको अध्यक्षमा रेनुका

थारु पत्रकार संघ नेपाल पश्चिम नवलपरासी शाखाको प्रथम अधिवेशनबाट रेनुका चौधरीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसहमातीबाट चयन भएको छ । Continue reading “थारु पत्रकार संघ पश्चिम नवलपरासीको अध्यक्षमा रेनुका”

इन्दु थारुको किताब ‘निलम्बित निवन्ध’ बिमोचन

थारु अभियन्ता इन्दु थारुद्वारा लिखित ‘निलम्बित निबन्ध’ किताब बिमोचन गरिएको छ। टीकापुरमा आयोजित थरुहट थारुवान राष्ट्रिय सम्मेलनमा उक्त किताब बिमोचन गरिएको हो। Continue reading “इन्दु थारुको किताब ‘निलम्बित निवन्ध’ बिमोचन”

टीकापुर सम्मेलनमा बाबुरामले भने- ‘तपाइँहरु विद्रोह नरोक्नुस्, हामी साथ दिन्छौं’

घाँटीमा गम्छा अनि निधारमा ‘थरुहट/थारुवान जिन्दावान’ लेखिएको सेतो फेटा बाँधेका बाबुराम भट्टराई।

टीकापुरमा शनिबार सुरु थरुहट/थारुवान राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्न आएका उनी तीन घण्टासम्म मञ्चमा बसेर थारु अनि गैरथारु नेताहरूको भाषण सुने। Continue reading “टीकापुर सम्मेलनमा बाबुरामले भने- ‘तपाइँहरु विद्रोह नरोक्नुस्, हामी साथ दिन्छौं’”

टीकापुरमा थारुको शक्ति प्रदर्शन, फेरि उठ्ला थारु आन्दोलन ?

मदन चौधरी/टीकापुर।
टीकापुर घटनाको चार वर्षपछि थारुहरुले शक्ति प्रदर्शन गर्दैछ । त्यो पनि टीकापुर नगरीमै । भलै यो प्रदर्शनलाई थरुहट थारुवान राष्ट्रिय सम्मेलन नाम दिइएको छ । थारुहरुले यही सम्मेलनमार्फत् विगत चार वर्षदेखिको कुन्ठा र वेदनालाई आत्मसमीक्षा गर्दैछ । Continue reading “टीकापुरमा थारुको शक्ति प्रदर्शन, फेरि उठ्ला थारु आन्दोलन ?”

टीकापुर सम्मेलनको तयारी पूरा, बाबुरामसहित नेताहरुको आगमन हुँदै

शनिबारदेखि हुन गइरहेको तीन दिने थरुहट थारुवान राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको छ। शनिबार बिहान १२ बजेदेखि उद्‍घाटन सत्र सुरु हुने आयोजकले जनाएको छ। कार्यक्रम टीकापुरस्थित सिटी हलको प्रांगनमा हुनेछ। Continue reading “टीकापुर सम्मेलनको तयारी पूरा, बाबुरामसहित नेताहरुको आगमन हुँदै”