कस्तो होला आइवाच?

iwatchसमय हेर्न घडीमै भर पर्ने जमाना अब रहेन। अब त टक्क स्मार्टफोन निकाल्यो, त्यसैमा समय हेर्न सजिलो। स्मार्टफोनै चाहिन्छ भन्ने पनि केही छैन, बजारमा पाइने सस्तोभन्दा सस्तो मोबाइलमा पनि समय सूचक भइहाल्छ। त्यसैले नाडी हेर्ने पुरानो पुस्तालाई  गोजी छाम्ने अहिलेको पुस्ताले गिज्याइसक्यो। तर, नाडी पुस्तालाई नै पछ्याउनु पर्ने गरी स्मार्ट घडीहरूको विकास हुँदै छ अहिले। Continue reading “कस्तो होला आइवाच?”

पूर्व सभासद् हत्याराको नजिक पुगेको प्रहरीको दाबी

जविराज- जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक सञ्जयसिंह बस्नेतले प्रहरी विघटित संविधान सभाका पूर्व सभासद् सदरुल मियाँ हकको हत्याराको नजिक पुगेको दाबी गरेका छन्। अनुसन्धानका क्रममा प्रहरीले हालसम्म कसैलाई नियन्त्रणमा नलिए पनि महत्वपूर्र्ण सुराक हात पारेको भन्दै उनले दुई/तीन दिनभित्रै हत्यारा नियन्त्रणमा आउने विश्वास व्यक्त गरे। हत्या घटनाको छानबिन गर्न सरकारद्वारा गठित छानबिन समितिले हिजोदेखि काम सुरु गरेपनि प्रगतिबारे भने कुनै जानकारी दिएको छैन। Continue reading “पूर्व सभासद् हत्याराको नजिक पुगेको प्रहरीको दाबी”

कमलरी प्रथा उन्मुलन संघर्ष समितिले सिंहदरवार घेर्ने

सन्तोष दहित, नेपालगञ्ज- कमलरी प्रथा उन्मुलन संयुक्त संघर्ष समितिले दोस्र चरणको आन्दोलन गर्ने भएको छ। समितिका सहसंयोजक उर्मिला चौधरीको अध्यक्षतामा बसेको बैठकले विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको छ। बैठकपछि प्रेस विज्ञप्ती जारी गर्दै संघर्ष समितिले सिंहदरवारको पश्चिम गेटमा धर्ना दिने जनाएको छ। धर्ना दिएको ३ दिनपछि पनि माग सम्बोधन नभए जेठ १७ गतेदेखि पश्चिम तराईका पाँच जिल्लाका प्रशासनिक कार्यालय अगाडि धर्ना सुरु गर्ने, त्यति गर्दा पनि माग सम्बोधन नगरिए जेठ २१ गतेदेखि तराईका २२ जिल्लामा अनिश्चितकालीन बन्द गर्ने लगायत चेतावनी संघर्ष समितिले दिएको छ। Continue reading “कमलरी प्रथा उन्मुलन संघर्ष समितिले सिंहदरवार घेर्ने”

आदिवासी जनजाति महासङ्घको नेतृत्व हस्तान्तरण

काठमाडौं- आदिवासी जनजाति महासङ्घको चितवनमा सम्पन्न आठौँ महाधिवेशनद्वारा निर्वाचित नयाँ नेतृत्वलाई आज निवर्तमान नेतृत्वले पदीय जिम्मेवारी हस्तान्तरण गरेको छ। महासङ्घद्वारा आज यहाँ आयोजित एक समारोहमा निर्वतमान नेतृत्वले नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गरेको हो। महासङ्घका निवर्तमान अध्यक्ष राजकुमार लेखीले जातीयरुपमा मुलुकलाई विखण्डनतर्फ लैजान खोजेको आरोप महासङ्घलाई लाग्ने गरेको बताउँदै नयाँ नेतृत्वले सो आरोपलाई चिर्न सक्नुपर्ने बताए। Continue reading “आदिवासी जनजाति महासङ्घको नेतृत्व हस्तान्तरण”

बलात्कार आरोपी फोरम लोकतान्त्रिकका नेता फरार

मोरङ- एघार वर्षीया बालिकालाई बलात्कार गर्न खोजेको आरोपमा उजुरी परेपछि मधेसी जनअधिकार फोरम नेपालका एक स्थानीय नेता पक्राउ पर्ने डरले फरार भएका छन्। फोरम लोकतान्त्रिक पार्टीका रङ्गेली गाउँ कमिटी अध्यक्ष रहेका रङ्गेली– ९ बस्ने ४० वर्षीय राजेश शाहले गाउँमा बिहेबाट फर्कदै गरेकी स्थानीय बालिकालाई वैशाख २८ गते राति १० बजे बलात्कार गर्न खोजेको इलाका प्रहरी कार्यालय रङ्गेलीमा उजुरी परेको छ। Continue reading “बलात्कार आरोपी फोरम लोकतान्त्रिकका नेता फरार”

सुनसरीमा थारु फिल्म महोत्सव

Tharu actressकाठमाडौं– नेपालमा पहिलोपटक राष्ट्रिय थारु चलचित्र महोत्सव हुने भएको छ। तराई आदिवासी कला सांस्कृतिक प्रतिष्ठानले गर्न लागेको महोत्सव असार ३ र ४ मा सुनसरीमा हुनेछ। सोमबार प्रेस विज्ञप्तिमार्फत् संस्थाका अध्यक्ष परशुराम चौधरीले निर्माता–निर्देशकलाई हालसम्मका थारु फिल्म उपलब्ध गराउन आह्वान गरेका छन्। Continue reading “सुनसरीमा थारु फिल्म महोत्सव”

साहित्यलाई कैलालीको सलाम

दिलबहादुर चौधरी- कैलाली दक्षिण टेंढीका गजलकार भाइ सागर कुश्मीले २०७० वैशाख ४ गतेका दिन फोन गरे, सर, कहाँ हो? म सागर कुश्मी बोल्दैछु। म त्यतिबेला भारतको ग्वारीमा बसमा चढिरहेको थिएँ। चैते दशैं, राम नवमीको अवसर पारी म मेरी श्रीमति जीको आग्रहमा श्रीमति र छोरीलाई लिएर हिन्दूहरुको महान तीर्थस्थलमध्येको एक तीर्थस्थल हरिद्वार जाँदै थिएँ। Continue reading “साहित्यलाई कैलालीको सलाम”

बुद्ध जयन्ती

budhaबुद्धसेन चौधरी- विश्वमे मानव समुदायके शान्ति पूर्वक जियैके लेल एकटा पेरा देखाईबला महा मानव गौतम बुद्धके सम्मान, आदर, सद्भाव, भक्तिभाव, समर्पण या ज्ञान प्राप्तिके खातिर बुद्ध जयन्ती मनावल जाईछै । शान्तिको अग्रदुत यि महा मानवके जनम ई.पू.५६३ मे नेपालमे कपिलबस्तुके तिलौराटमे बैशाख पुर्णीमाके दिन भेल रहै । Continue reading “बुद्ध जयन्ती”