मुक्त कमलरीको धर्ना दोस्रो दिन पनि जारी

mukta kamlari-2उपेन्द्र लामिछाने, काठमाडौं- रत्‍नपार्कको शान्ति वाटिकामा मंगलबारदेखि सुरु मुक्त कमलरी धर्ना दोस्रो दिन पनि जारी राखेका छन्। कमलरीलाई स्वतन्त्रपूर्वक बाँच्ने वातावरण तयार पार्न सरकारले सहयोग गर्नुपर्ने उनीहरूको माग छ। विभिन्न संघ–संस्थाको पहलमा दशकअघि कमलरी ‘मालिक’बाट मुक्त भए पनि राज्यले ध्यान नदिँदा अझै बन्धकझैं जिउन बाध्य भएको उनीहरूले सुनाए। ‘मालिकको सानो घेराबाट मुक्त भयौं,’ मुक्त कमलरी विकास मञ्चकी अध्यक्ष उर्मिला चौधरीले भनिन्, ‘अहिले ‘जेल’मा बसेजस्तो अवस्थामा छौं।’
१२ वर्षसम्म कमलरीको कष्टकर जीवन बताएर २०६४ सालमा मुक्त भएकी चौधरीले अहिले पनि जीवन सहज नभएको सुनाइन्। ‘कमलरीको मुक्ति अभियानमा संघ–संस्था मात्र लागे,’ उनले थपिन्, ‘राज्यले चासो नदिँदा कमलरी बस्ने प्रथा रोकिएको छैन।’ राज्यले आफ्नो समस्या सम्बोधन गरोस् भन्ने माग राख्दै दाङ, बाँके, बर्दिया, कञ्चनपुर, कैलालीलगायत जिल्लाका कमलरी धर्ना बसेको उनले बताइन्। ‘यो हाम्रो अन्तिम लडाइँ हो,’ उनले भनिन्, ‘धर्नाबाट माग सम्बोधन नभए आमरण अनसन बस्नेछौं।’ कमलरीबाट मुक्त भए पनि सीप र रोजगारीको अवसर नपाउँदा जीवन झनै कष्टकर भएको
बर्दिया पशुपतीनगरकी दीना चौधरीले बताइन्। उनले भनिन्, ‘त्यस बेला खान नपुगेर अभिभावकले पठाएका थिए, अहिले खान नपाएर आफैं मालिककहाँ जानुपर्ने अवस्था छ।’mukta kamlari-1
पूर्वकमलरीको पुनर्स्थापना हुन नसक्दा यो प्रथा अन्त्य नभएको उनीहरूको बुझाइ छ। ‘कमलरीमाथि भएका यौन शोषणका घटनासमेत सार्वजिनक भएका छन्,’ धर्ना कार्यक्रममा संयोजक तथा कानुन व्यवसायी फकला थारुले भने, ‘दोषीलाई कडा कारबाही नगरेसम्म यो क्रम रोकिने छैन।’
राजधानीलगायत मुलुकका विभिन्न सहरमा कमलरी बसेका बालिकामाथि विभिन्नखाले शोषण हुने गरेको उनले सुनाए। ‘मालिकसँगको अवैध यौन सम्पर्कबाट जन्मेका ११ कमलरी सडकमा छन्,’ उनले भने, ‘२७ भन्दा बढी कमलरी बेपत्ता छन्।’ दाङ, लालमटियाकी १२ वर्षीया सिर्जना चौधरीको २०६९ चैत १४ मा कमलरी बसेकै घरमा शंकास्पद मृत्यु भए पनि दोषीलाई कानुनी दायरामा ल्याउन नसकेको गुनासो गरे।
यसैबीच कमलरी प्रथा उन्मूलन संयुक्त संघर्ष समितिले मंगलबार धर्नास्थलमै पत्रकार सम्मेलन गरी सातबुँदे माग सार्वजनिक गरेको छ। कमलरी मुक्ति घोषणा गरी पुनर्स्थापनाका लागि छुट्टै ऐन व्यवस्था हुनुपर्ने, मुक्त कमलरीलाई परिचयपत्र दिनुपर्ने, उनीहरूको शिक्षादीक्षा तथा सीपमूलक तालिमका लागि सरकारले सहयोग गर्नुपर्ने, कमलरी मृत्यु प्रकरणका दोषीलाई कारबाही गर्नुपर्ने र कमलरी बसेका बालिकाको तत्काल उद्धार गरी कमलरी राख्नेलाई कारबाही गर्नुपर्ने मागमा छ। आफ्ना माग सम्बोधन नभए जेठ २१ देखि तराईका सबै जिल्लामा अनिश्चितकालीन बन्द र आमहडताल गर्ने उनीहरूले बताएका छन्। धर्नामा सहभागी पूर्वसभासद् एवं मुक्त कमलरी शान्ति चौधरीले आफूले कमलरीको पक्षमा आवाज उठाए पनि राज्यबाट त्यसको सुनुवाइ नभएको बताइन्।

हत्याराको कारबाही माग गर्दै कमलरीद्वारा राजधानीमा धर्ना (फोटो फिचर)

Kamlari Dharna-9मदन चौधरी, काठमाडौं- कमलरी राखेर हत्या तथा यौनजन्य क्रियाकलाप गर्नेमाथि कारबाही माग गर्दै कमलरी प्रथा उन्मुलन संघर्ष समितिले राजधानीमा धर्ना सुरु गरेको छ। राज्यले कमलरी प्रथालाई अवैध घोषणा गरेपनि कानुन कार्यान्वयन नहुँदा यो प्रथा कायमै रहेको र त्यसबाट बालिका र किशोरीहरु मारिने, बलात्कृत हुने क्रम नरोकिएको भन्दै उनीहरुले रत्‍नपार्कको शान्तिवाटिकामा धर्ना दिएका हुन्। Continue reading “हत्याराको कारबाही माग गर्दै कमलरीद्वारा राजधानीमा धर्ना (फोटो फिचर)”

चार दिनभित्र चुनावको मिति : गच्छदार

Bijay kumar Gachhadarकावासोती- मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले  संविधानसभाको निर्वाचन गराउन चार राजनीतिक दलहरु सहमतिमा पुगेको बताएका छन्। आइतबार आयोजित थारु कल्याणकारिणी सभा नवलपरासीको पाँचौं जिल्ला अधिवेशनको उद्‍घाटनपछि उनले पार्टीको आ–आफ्नै अडानका कारण चुनावको मिति तोक्न नसकिएको बताउँदै केही दिनभित्र सहमतिमा पुग्ने जानकारी दिए। Continue reading “चार दिनभित्र चुनावको मिति : गच्छदार”

सुदूरपश्चिम पर्यटन महोत्सवका आकर्षण (फोटो फिचर)

farwest Tourism in ktm-6काठमाडौं–राजधानीको राष्ट्रिय सभागृहमा शुक्रबारदेखि ‘मध्य तथा सुदूरपश्चिम पर्यटन महोत्सव २०७०’ सुरु भएको छ। पश्चिम महिला जागरण समूहको आयोजनामा भएको महोत्सव पर्यटन मन्त्री रामकुमार श्रेष्ठले उद्घाटन गरे। काठमाडौंमा बस्नेहरुलाई सुन्दर पश्चिमका पर्यटकीय गन्तव्य, संस्कृति र पश्चिमेली खानाको स्वाद चखाउन महोत्सव गरिएको आयोजकले जनाएका छन्। महोत्सव उद्घाटन सुरु हुनु अघि ठमेल चोकबाट हुड्के, पुतला, झुमरा, स्टिक, दमाहा बाजा र नाचसहित र्‍याली निस्केको थियो। Continue reading “सुदूरपश्चिम पर्यटन महोत्सवका आकर्षण (फोटो फिचर)”

रेकर्ड ब्रेकर केशरी

keshari chaudharyसंगीता- दौडको अभ्यासमा व्यस्त छिन्, केशरी चौधरी। बिहानै ६ बजे उनी रंगशाला मैदानमा पुगिसकेकी हुन्छिन्। दैनिक तीनदेखि चार घण्टा अभ्यास गर्छिन्। ‘गाह्रो हुन्छ, कहिलकाहीँ थाकेर चूर भइन्छ। तैपनि नखेली मनले मान्दैमान्दैन,’ उनी भन्छिन्। खेल उनको नशा हो, बानी हो र जीवन हो। भन्छिन्, ‘खेलविनाको जीवन पनि के जीवन?’ Continue reading “रेकर्ड ब्रेकर केशरी”

द्वन्द्वकालीन चलचित्र उमा प्रदर्शन

umaकाठमाडौं- विगतमा नेपालमा भएको सशस्त्र द्वन्द्वले नेपाली समाजमा परेको असरलाई कथानक विषयवस्तुको आधार बनाएर निर्माण गरिएको नेपाली चलचित्र ‘उमा’ आजदेखि देशभर प्रदर्शन सुरु भएको छ। मिला प्रोडक्सनले द्वन्द्वकालमा आधारित नेपाली चलचित्र ‘उमा’  चाहविलको गोपीकृष्ण हल, कमलपोखरीको बिग सिनेमा हल लगायतका ३६ वटा सिनेमा हलमा प्रदर्शनमा ल्याएको छ। Continue reading “द्वन्द्वकालीन चलचित्र उमा प्रदर्शन”

पूर्व सभासद् हकको अन्त्येष्टि, चार दिनदेखि बन्द राजमार्ग खोलियो

मनोहर पोखरेल/राजेश झाक्क, राजविराज- पूर्व सभासद् सदरुल मियाँ हकको आज दाहसंस्कार गरिएको छ। उहाँको हत्याका कारण चार दिनदेखि बन्द रहेको पूर्व–पश्चिम राजमार्ग पनि आजैदेखि सञ्चालनमा आएको छ। गृहमन्त्री माधवप्रसाद घिमिरेले पूर्व सभासद् सदरुल मियाँ हकका हत्यारालाई कारवाही गर्ने प्रतिबद्धता जनाएपछि आज मात्र हकको मुस्लिम परम्परा अनुसार अन्त्येष्टि गरिएको हो। हत्याको निष्पक्ष छानबिन गर्न माग गर्दै चार दिनदेखि बाटो अबरुद्ध गरी आन्दोलनमा उत्रिएका आफन्त र छिमेकीहरूको माग पूरा गर्न सरकार सहमत भएपछि कल्याणपुर–२ स्थित उनको घरदेखि ५०० मिटर पूर्व–दक्षिण अन्त्येष्टि गरिएको छ। Continue reading “पूर्व सभासद् हकको अन्त्येष्टि, चार दिनदेखि बन्द राजमार्ग खोलियो”

मन्त्रिपरिषद् बैठकले के के निर्णय गर्‍यो?

काठमाडौं- मन्त्रिपरिषद्को आजको बैठकले गत जेठ ६ गते सप्तरीमा हत्या गरिएका पूर्व सभासद् सदरुल मियाँ हकको हत्याबारे छानविन गर्न सर्वोच्च अदालतका पूर्व न्यायाधीश ताहिर अलि अन्सारीको संयोजकत्वमा न्यायिक छानविन आयोग गठन गरेको छ। आयोगको सदस्यहरुमा नायव महान्यायाधिवक्ता सूर्यप्रसाद कोइराला र अतिरिक्त प्रहरी महानिरीक्षक दिनकर शम्शेर राणा रहनुभएको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री माधव प्रसाद पौडेलले जानकारी दिए। Continue reading “मन्त्रिपरिषद् बैठकले के के निर्णय गर्‍यो?”