आदिवासी महिला महासङ्घको अध्यक्षमा जिरेल

santi_jhiralकाठमाडौं- राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घको अध्यक्षमा शान्ति जिरेल निर्वाचित भएकी छन्। महिला महासङघको शुक्रबार यहाँ आयोजिते छैटौं महाधिवेशनबाट पूर्व सभासद् जिरेल अध्यक्ष पदमा विजयी भएकी हुन्। अध्यक्ष पदका लागि जिरेल र थारु कल्याणकारिणी सभाकी फुलमती चौधरीबीच प्रतिष्पर्धा भएको थियो।  Continue reading “आदिवासी महिला महासङ्घको अध्यक्षमा जिरेल”

सुदूरपश्चिममा राजनीतिक चर्चा

dil bdr chaudharyदिलबहादुर चौधरी- यतिबेला नेपालको राजनीतिक बृत्तमा संविधान सभाको चुनाव हुने र नहुनेबारे ब्यापक चर्चा भइरहेको छ। यसबाट नेपालको कुनै पनि भूभाग अछुतो छैन। पश्चिम तराई अलग हुने कुरै भएन। त्यसमा पनि सुदूरपश्चिमको तराई झन अखण्ड सुदूरपश्चिमर थरुहट/थारुवान पक्षधरबीच भएको प्रादेशिक बहस र विवादले उत्पन्न भएको अशोभनीय ब्यवहारको सम्झनाले अहिले पनि धेरैको मानसपटललाई रिंगाउन पुग्छ। Continue reading “सुदूरपश्चिममा राजनीतिक चर्चा”

खुर्सिद दिनभरि भेटघाटमा ब्यस्त, भारतले ७ सय ६४ वटा गाडी दिने

khursidकाठमाडौं- भारत सरकारले आगामी संविधान सभा निर्वाचनका लागि ७६४ वटा सवारी साधन उपलब्ध गराउन सहमति जनाएको छ। अन्तरिम निर्वाचन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी र भारतीय विदेशमन्त्री सलमान खुर्सिदको उपस्थितिमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित विशेष समारोहमा आयोग र मन्त्रालयलाई सवारी साधन प्रदान गर्नेसम्बन्धी दुई बेग्लाबेग्लै सम्झौतामा हस्ताक्षर भयो। Continue reading “खुर्सिद दिनभरि भेटघाटमा ब्यस्त, भारतले ७ सय ६४ वटा गाडी दिने”

राजनीतिक दल सबैभन्दा बढी भ्रष्ट

corruptionकाठमाडौं- विभिन्न १२ वटा क्षेत्रमा कुन हदसम्म भ्रष्टाचारले प्रभाव पारेको छ? भन्ने प्रश्नमा सबैभन्दा बढी राजनीतिक दल अति भ्रष्टको सूचीमा परेको छ। राजनीतिक दलहरु, सार्वजनिक अधिकारी/निजामति कर्मचारी, प्रहरी, संसद/व्यवस्थापिका, न्यायपालिका, व्यापार/निजीक्षेत्र, सैनिक, शैक्षिक प्रणाली, गैरसरकारी संस्था, चिकित्सा तथा स्वास्थ्य सेवा, धार्मिक सङ्घसंस्था र सञ्चारमाध्यममध्ये सबैभन्दा भ्रष्टाचारको सूचीमा राजनीतिक दल रहेको एक प्रतिवेदनले देखाएको छ।  Continue reading “राजनीतिक दल सबैभन्दा बढी भ्रष्ट”

बबई सोतामा आएको बाढीले चार घर भत्कायो

flood in dangतुलसीपुर- लगातार रूपमा परेको पानीका कारण गए राति देउखुरी क्षेत्रमा रहेको बबईसोतामा आएको बाढी पस्दा चलाही गाविस– २ कोलहीका चार सुकुम्बासीका भत्किएका छन्। Continue reading “बबई सोतामा आएको बाढीले चार घर भत्कायो”

फेसबुकले पुर्‍याउला खोरमा!

Facebook-Crimeहामी नेपालीको ठूलो संख्या फेसबुकमा छ। फेसबुक चलाउनेले आफ्ना गतिविधिमा खासै ध्यान दिने गरेका छैनन्। मान्छे मरेको समाचारमा समेत लाइक गर्नेहरूको उपस्थिति थुप्रै रहेको हामीले अनुभव गरेकै हौँ। स्ट्याटस वा कमेन्टमा जथाभावी लेख्नेहरू अथवा अरूले पोस्ट गरेका स्ट्याटस वा फोटाहरूलाई ध्यानै नदिई आफ्नो वालमा सेयर गर्नेहरू पनि हामीले देखेकै हौँ। तर खबरदार, यदि तपाईंको त्यस्तो गतिविधिलाई कसैले उजुरी गरिदियो भने तपाईं सीधै खोरमा पुग्न सक्नुहुनेछ। त्यो पनि हत्कडीसहित।  Continue reading “फेसबुकले पुर्‍याउला खोरमा!”

विज्ञापनसहितका अश्लील साइट हट्ने

pornतपाईंले फेसबुकतिर कहिलेकाहीँ लिंक देख्नुभएको होला– बिहेको भोलिपल्टै देवरसँग सेक्स, भिडियो हेर्नुस्। तपाईंले त्यो लिंकमा क्लिक गर्दा ब्लगस्पटको पेज खुल्छ। त्यहाँ के–के जाति लेखिएको हुन्छ तर भिडियो हुँदैन। भिडियोजस्तो देखिने गरी विज्ञापन राखिएको हुन्छ। यस्तो प्रवृत्ति बढेपछि गुगलले आफ्नो ब्लगर सर्भिसमा विज्ञापनसहित वयस्क सामग्री राख्ने ब्लग साइटहरूलाई डिलिट गर्ने नयाँ नीति ल्याएको छ। Continue reading “विज्ञापनसहितका अश्लील साइट हट्ने”

गच्छदार ट्विटरमा

bijaya-kumar-gachchhadarकाठमाडौं- मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार ट्विटरमा आएका छन्। उनी @BijayGachhadar ह्यान्डलबाट ट्विटर प्रवेश गरेका हुन्। साढे दुई महिनाअघि खोलिएको एकाउन्टमा उनले अहिलेसम्म पाँच ट्विट गरेका छन्। पहिलो ट्विटमार्फत् उनले महात्मा गान्धीलाई अझै सम्झिरहेको लेखेका छन्। ‘असहिष्णुता आफैंमा हिंसा भएको र यसले लोकतान्त्रिक भावनाको विकासलाई बाधा पुर्‍याउने’ उनले लेखेका छन्।  Continue reading “गच्छदार ट्विटरमा”

गच्छदारले भने- दस वर्षपछि म राष्ट्रपति

tharuhat tarei loktantrik parisadकाठमाडौं– मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले अबको दस वर्षपछि आफू राष्ट्रपति वा प्रधानमन्त्री हुने बताएका छन्। उनले दस वर्षपछि आफ्नो पार्टी नेपालकै पहिलो हुनेसमते बताए। ‘अबको दस वर्षपछि म राष्ट्रपति वा प्रधानमन्त्री हुन्छु,’ थरुहट तराई लोकतान्त्रिक परिषदको प्रथम उपत्यका भेलालाई सम्बोधन गर्दै उनले भने, ‘फोरम लोकतान्त्रिक अबको दस वर्ष नेपालको पहिलो पार्टी पनि बन्नेछ।’ Continue reading “गच्छदारले भने- दस वर्षपछि म राष्ट्रपति”