सरिता उत्कृष्ट थारू चित्रकार (थारु भाषा)

saritaनेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, लोककला विभाग असार १२ गतेसे २६ सम नाफा हल नक्सालमे बृहत चित्रकला प्रदर्शनी कर्ले रहे, जेम्ने थारू चित्रकला अष्टिम्की पहिला फेरा राष्ट्रिय प्रदर्शनीमे सहभागिता जनाइल। डेढ दर्जन थारू चित्रकारलोग अष्टिमकक् अवसरमा बनाजैना अष्टिम्की चित्रकलाके प्रदर्शनी कर्ला। हेकुली–३ रावत गाउँक् सरिता चौधरी ऊ चित्रकलामे उत्कृष्ट हुइली ओ १० हजार नगद ओ प्रमाणपत्र हाँठ पर्ली। Continue reading “सरिता उत्कृष्ट थारू चित्रकार (थारु भाषा)”

तीन थारू स्रष्टा पुरस्कृत (थारु भाषा)

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयसे हरेक बरस डे जैना राष्ट्रिय ओ क्षेत्रीय प्रतिभा पुरस्कारसे तीन थारू स्रष्टा पुरस्कृत हुइल बटाँ। क्षेत्रीय प्रतिभा पुरस्कारसे पुरस्कृत हुउइयनमे संस्कृति विधामे फनिश्याम थारू (अमाही बेल्हा–२, सुनसरी) ओ बमबहादुर थारू (गजेडी–२, बकुलगाढ, रुपन्देही) बटाँ। ओस्टक नाट्य ओ संगीत विधामे रेशमलाल चौधरी (दुर्गौली–९, जगतपुर, कैलाली) पुरस्कृत हुइल बटाँ। भानु जयन्तीके अवसरमे असार २९ गते मन्त्री परिषदके अध्यक्ष खिलराज रेग्मी स्रष्टालोगन पुरस्कार डेलाँ। पुरस्कार राशी ५० हजार ओ प्रमाणपत्र बा। Continue reading “तीन थारू स्रष्टा पुरस्कृत (थारु भाषा)”

निजामति कर्मचारीको तलब १८ प्रतिशतले वृद्धि

काठमाडौं- सरकारले आइतबार प्रस्तुत गरेको बजेटमा निजामती कर्मचारी, सैनिक, प्रहरी, शिक्षकलगायत सबै कर्मचारीको तलबमानमा १८ प्रतिशत वृद्धि गरेको छ भने सबै कर्मचारीका लागि समान रु एक हजार भत्ता दिने निर्णय गरेको छ। अर्थमन्त्री शङ्कर कोइरालाले आज प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष २०७०/७१ को बजेटमा सो वृद्धि गरेको जनाइएको छ। कर्मचारीको स्वाथ्य बिमा रु पाँच लाख गर्नुका साथै कर्मचारीका पति वा पत्नी, १८ वर्षसम्मका छोराछोरी दुर्घटनामा परेमा वा तीन दिनभन्दा बढी बिरामी भई अस्पताल भर्ना भएमा बिमा मार्फत उनीहरूको उपचार खर्च व्यहोर्ने बजेटमा उल्लेख छ।

कर्मचारीको अन्य सुविधाका सन्दर्भमा अध्ययन गर्न विज्ञहरू सम्मिलित कार्यटोली बनाइने पनि बजेट भाषणको क्रममा अर्थमन्त्री कोइरालाले बताए। रासस Talab

राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार दिइने

budjetकाठमाडौँ- सरकारले आज प्रस्तुत गरेको बजेटमा आगामी आवका लागि कृषि उत्पादन र उपात्दकत्व वृद्धि गर्न बीसवर्षे कृषि विकास रणनीति र दस वर्षे खाद्य तथा पोषण सुरक्षा योजना आगामी वर्षदेखि कार्यान्वयनमा ल्याउने भएको छ। प्राङ्गरिक र रासायनिक मल, बीउ, प्रविधि र यान्त्रिकीकरणका लागि अनुदान दिन रु छ अर्ब सात करोड विनियोजन गरिएको छ। प्राङ्गारिक मल र कारखाना स्थापना गर्न ५० प्रतिशत अनुदान दिने बजेटले व्यवस्था गरेको छ। रासायनिक मल कारखाना स्थापना गर्न विस्तृत सम्भाव्यता अध्ययन गरिने छ।  Continue reading “राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार दिइने”

खेलकुदका लागि २१ करोड

budjetकाठमाडौं- आव २०७०/७१ को बजेटमा खेलकुदको पूर्वाधार निर्माणका लागि रु २१ करोड बजेट छुट्याइएको छ। आइतबार सार्वजनिक गरिएको नयाँ बजेटमा काठमाडौंको मूलपानी गाविसमा निर्माण हुँदै गरेको अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला र भैरहवामा निर्माणाधीन क्रिकेट मैदानका लागि रु पाँच करोड बजेट बिनियोजन गरिएको छ। त्यसैगरी आगामी वर्ष नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का लागि रु ३० करोड विनियोजन गरिएको छ। Continue reading “खेलकुदका लागि २१ करोड”

पाँच खर्ब १७ अर्ब २४ करोडको बजेट

budjetकाठमाडौं- सरकारले आगामी आवका लागि रु पाँच खर्ब १७ अर्ब २४ करोडको बजेट प्रस्तुत गरेको छ. मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी तथा मन्त्रिपरिषद्का सदस्यको उपस्थितिमा आज साँझ आव २०७०/७१ को आयव्यय (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री शङ्करप्रसाद कोइरालाले विनियोजित रकममध्ये चालु खर्च रु तीन खर्ब ५३ अर्ब ४२ करोड छुट्याइएको बताउनुभयो। Continue reading “पाँच खर्ब १७ अर्ब २४ करोडको बजेट”

कञ्चनपुरमा हरदहुवाको चहलपहल

लखन चौधरी, धनगढी- धान रोपाईको कार्य सिद्धिएलगत्तै कैलाली–कञ्चलपुरस्थित थारु समुदायमा यतिबेला हरदहुवा पर्वको चहलपहल निकै बढेको छ। महिनौ दिनसम्मको रोपाईको क्रममा भएका दुःख पीडालाई बिर्सने माध्यमको रुपमा लिइ थारु समुदायमा उत्सवको रुपमा मनाइने हरदहुवा पर्वको चहलपहल यतिबेला बढेको हो।  Continue reading “कञ्चनपुरमा हरदहुवाको चहलपहल”

ज्येष्ठ नागरिकको खाद्य अधिकार!

Lucky Chaudharyलक्की चौधरी- काभ्रे–८ सापिङका मिनबहादुर बानियाँ (७९) ०६९ माघ २ गते माइला छोरा हेमबहादुर बानियाँ कहाँ बस्न आए। श्रीमतीको निधनपछि एक्लो भएका बानियाँ भक्तपुरको काँडाघारीस्थित छोराको चारतले घरमा केही दिन रमाए। हेमबहादुर पेन्सन पकाएका पूर्व नेपाली सेना हुन्। ‘गाउँको उराठलाग्दो एक्लो जीवन देखेर छोराको मन पग्लिएछ क्यारे। दया लागेर आफूकहाँ बस्न बोलायो होला’ बुवा बानियाँ खुशीले फुरुङ्ग थिए। तर उनको त्यो खुशी दुई महिना पनि कायम रहेन। कारण– गाउँको जग्गा बेचेर आएको दुईलाख रुपियाको लोभमा छोराले बुवालाई आफूकहाँ बस्न बोलाएका रहेछन्। पैसा सकिएपछि उनीप्रतिको व्यवहारमा परिवर्तन शुरुभयो। Continue reading “ज्येष्ठ नागरिकको खाद्य अधिकार!”

सबै पराई भएपछि

शान्ता चौधरी- माइतीघरमा मलाई आमाबाहेक कसैले राम्रो मान्दैनथे। गाउँ त पराई भएकै थियो, घर पनि पराईझैं भयो। पति पनि पराईझैं हुनुभयो। आन्दोलनबाट फर्केर आउँदा सबैले मलाई गिज्याउँथे। टाढैबाट गाली गर्थे। मेरो पतिलाई जाँड खुवाएर टिल्ल पार्थे। अनि मलाई पिट्न उक्साउँथे। घरमा कोही लोग्ने मानिस आएको देखेपछि ‘ऊसँग मिलेकी छ’ भनी आरोप लगाउँथे। Continue reading “सबै पराई भएपछि”

सृजना र मेघीका परिवारले राहत पाए

cheering with happy-2असार- मृतक कमलरी सृजना चौधरी र मेघी चौधरीका परिवारले राहत रकम पाएका छन्। जेठ २४ नेपाल सरकार र कमलरी प्रथा उन्मुलनका लागि संयुक्त संघर्ष समितिबीच भएको सम्झौताअनुसार मृतक सृजना चौधरीरको परिवारलाई पाँच लाख र मृतक मेघी चौधरीको परिवारलाई एक लाख पचास हजारको चेक बुझेको कमलरी प्रथा उन्मुलनका लागि संयुक्त संघर्ष समितिका प्रवक्ता सन्तोष दहितले बताए। उनका अनुसार मृतक सृजना चौधरीकी आमा द्रोपती चौधरी र मृतक मेघी चौधरीकी आमा सीता थरुनीले बालबालिका तथा महिला समाजकल्याण मन्त्रालयमा गएर चेक बुझेका थिइन्।  Continue reading “सृजना र मेघीका परिवारले राहत पाए”